कोरियामा सुदिपको हत्या यसरि भएको रहेछ ( फोटो फिचर सहित )


लीलु डुम्रे
सोल-शंखु ४ काभ्रेका सुदिप राउत परिवारका जेठो छोरो । स्वाभाविक हो जेठो सन्तानको परिवारमा दायित्व बढी हुन्छ । आर्थिक हैसियत कमजोर भएपछि अध्ययनलाइ निरन्तरता दिन सकेनन । परिवारलाई आर्थिक समस्याबाट मुक्त गर्न व्यापार व्यवसाय सुरु गरे । व्यवसायले उनलाई धोका दियो । व्यापारमा घाटा लाग्यो । लिएको ऋण तिर्न सकेनन् , ब्याज बढ्दै गयो ।

 

ऋण चुलिदै गएपछि ऋणमुक्त हुने उपाय खोजे र व्यापार छोडे । गाउ घरमा कोरिया पुगेका साथीहरुको आर्थिक हैसियतले उनलाई लोभ्याउने नै भयो । रोजगार अनुमति प्रणालीको फर्म भरे । नाम निस्कियो । आफूसंगै परिक्षा दिएका साथीहरु कोरिया पुगे तर उनको लेबर कन्ट्याक आएन । साथी भाइसंग निराशा पोखे । धेरै समय कुरेपछि लेबर कन्ट्याक आयो । केहि दिन पछी सिसिभिआइ (भिसा अनुमति पत्र) मा हस्ताक्षर गरे ,फ्लाईट डेट आयो । फ्लाईट डेटले उनिमा खुसि लिएर आयो ।

 

सुदिप बस्ने कन्टेनर

सुदिप बस्ने कन्टेनर

 

दुइ छोरी र एक छोराका अभिभावक बनेका राउतले छोरा छोरीलाई उच्च शिक्षा दिलाउन बाटो खुलेको प्रति प्रसन्न भए । साहुको ऋणबाट मुक्तिका लागी पनि उनि खुसी हुने नै भए । १७ दिन अघि कोरिया इन्छन एयरपोर्ट उत्रिए । ट्रेनिंग सेन्टर पुगे । अभिमुखीकरण कक्षा सकेर कम्पनि साहुसंगै ख्यंगीदो ग्वाङजुमा रहेको फर्निचर डेकुरेसन गर्ने वोनबाइन कम्पनीमा उनको प्रवेश भयो ।

 

 

घटनाबारे सोधपुछ गर्दै सोल स्थित नेपाली दूताबासका श्रम सहचारी अनिल गुरुङ

घटनाबारे सोधपुछ गर्दै सोल स्थित नेपाली दूताबासका श्रम सहचारी अनिल गुरुङ

दस जोड दुइ सकेकी अध्ययन सकेकी पहिलो सन्तान र उनि भन्दा मुनि दुई छोरा छोरीको भविष्य उज्यालो पार्न काममा खटे । कम्पनीम एक्लो नेपाली रहेका उनिले गाउकै भाइपर्ने हरिकृष्ण अधिकारीलाइ फोन गरि न्यास्रो हटाउने प्रयास गरे ।स म्ंपर्क माध्यमका लागि हरिकृष्णले मोबाइल किनेर उनलाई पठाईदिए । दुइ जनाबीच पारिवारिक गफगाफ र कोरियाको कामका बारेमा कुराहरु भै राखे ।

 

 

उनि आएको एक हप्तामा अर्का नेपाली भोजपुरका पर्शुराम राई कम्पनिमा प्रवेश गरे । साथी भाइसंग नेपाली साथी आएको खुसि बाडे । तर त्यहि नेपाली साथि उनको मृत्यु बोकेर आएको रहेछ ।

 

 

बिहिबार कम्पनीमा काम सके । कोठामा सुदिपले नै खाना तयार गरे । दुवै जनाले संगै खाना खाई सुते । यौनजन्य रोगबाट पिडित राईले औसधि सेवन गरिरहेका थिए । खाना पछि राईले पेट दुखेको कुरा गरे । अर्को दिन उपचार गर्न जाने कुरा गर्दै दुवै सुते । तर राईले खानामा बिष मिसाइदिएको गलत शंका गर्न थाले र निदाएका राउतमाथि चिर्पट प्रहार गरे । निदाएको व्यक्तिले प्रतिरक्षा गर्न सकेनन , राउतको मृत्यु भयो ।

सुदिपका शोकाकुल साथीहरु

सुदिपका शोकाकुल साथीहरु

 

सुक्रबार बिहान पाँच बजे घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गर्यो । सहकर्मी नेपाली साथी पर्शुराम राईलाइ नियन्त्रणमा लियो । राईले हत्या गरेको स्वीकारे । दुतावासलाइ प्राप्त अनुसन्धान रिपोर्ट भन्छ चिर्पट प्रहारले कन्चटमा रगत जमेर राउतको निधन भयो । र एक नेपालीले अर्का नेपालीको जीवनसंगै उनमा आश्रित परिवारको आशाको अन्त्य गरे । राउत सधैका लागि निदाए तर राईको जीवनमा अब निद्रा आउने छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...