सधैका नेपाली एकपटक एनआरएन किन ?


मनोजकुमार डाँगी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले आफ्नो पाँचौ राष्ट्रिय महाधिवेशन सेप्टेम्बर ६ तारिक गर्ने निधो गरेको छ । कोरियाको गर्मी बिदासँगै पाँचौ अधिवेसन र चुनाबि सरगर्मी ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ । एनआरएन कोरियाको स्थापना के को लागि हो ? नेपाली नागरिकता त्यागेका वास्तविक एनआरएनहरुले कमाएको धनलाई अथवा कोरियामा सिकेका सिप र ज्ञानलाई नेपालमै प्रयोग गरि जन्मभूमीको विकासको लागि हो त ? यदि कुनै प्रलोभनमा नपरि जन्मभूमीको मायाँले देश विकासमा स्वच्छ भावनाले लाग्ने जो कोहि वास्तविक एनआरएनहरुलाई कोरियामा रहेका तीस हजार भन्दा बढी नेपालीहरुले काँधमा काँध मिलाउने नै छन् ।

 

 

बन्दै गरेको नयाँ संविधानको मस्यौदामा एनआरएनहरुले नागरिकता पाउँने समाचारले विश्वभरि छरिएका वास्तविक एनआरएनहरुको लागि पक्कै पनि खुसिको कुरा हुन सक्दछ । एक पटकको नेपाली सधैको नेपाली नारामा मात्र सिमित नराखी ब्यावहारमा देखाउनुहोस हाम्रो सदासयता र शुभकामना निरन्तर रहिरहने छ । ईपियस प्रणालीबाट ४ बर्ष १० महिनाको लागि कोरियामा आएका ३० हजार नेपालीहरु कामदार भिषाका छन् । उनीहरुलाई एक पटकको नेपाली संधैको नेपाली भन्ने एनआरएनको नारा कागलाई बेल पाके जस्तै छ । किनकि उउनीहरु एकपटकको नेपाली नभई सधैका नेपाली हुन् । उनीहरुले सिकेको सिप र ज्ञान ४ बर्ष पछि स्वत नेपाल भित्रिनेनै छ र आँफूले आर्जन गरेको धनलाई प्रत्येक महिना नेपाल पठाईरहनु भएको छ । तर कोरिया प्रवेश गरेका सम्पूर्ण नेपालीहरुलाई एनआरएन कोरियाले पंजिकृत सदस्यता बितरणको लागि सूचना प्रकाशीत गरेको छ । पंजिकृत सदस्यता बापतको २० हजार वन् र नविकरणको १० हजार वन् मातृभूमीको विकाशमा खर्च भएको छ कि छैन ? संस्थाको आयव्याय विवरण पारदर्शी तरिकाले हुन्छ की हुन्न? यो त एनआरएन कोरियालेनै जान्ने र अरुलाई बुझाउने कुरा हो । तर मेरो आसय के हो भने एक पटकको नेपाली सधैको नेपाली हो भने सधैका नेपालीहरु जो ईपियस प्रणालीबाट कोरिया आएका छन उनीहरुलाई २ बर्ष १० महिनाको लागि एनआरएनको पंजिकृत सदस्य किन बितरण गर्ने ?

 

 

 

नेपाली पासपोर्ट बोकेका हिजो, आज र भोली अझ भनौं सधैका नेपालीहरुलाई दुई वर्ष दश महिना एनआरएनको सदस्य बनाउँदा देशलाई के कति फाईदा हुन्छ एनआरएनहरुनै जानुन् । तर एक पटकको नेपाली सधैको नेपाली हो भने सधैका नेपालीहरु एक पटक एनआरएन बन्न हुन्न भन्ने मेरो बुझाई मात्र हो । पाँचौ अधिवेसनको संघारमा आधा दर्जन व्याक्तिहरु नेतृत्वको लागि एनआरएन कोरियाको चुनावी मैदानमा उत्रिएका विभिन्न अनलाईन समाचारमा पढ्न सकिन्छ । तर जन्मभूमीको विकाशमा कोरियाबाट एउटा सिन्को सम्म भित्राउने उनिहरुका कुनै योजना छैनन् । आफ्ना कुनै योजना नभएका व्याक्तिहरु एनआरएको नेतृत्वामा आउन हतारिनु भनेको विदेशी पासपोर्ट बोक्ने वास्तविक एनआरएनहरुले सधैका नेपाली अथवा नेपाली पासपोर्ट बोक्ने ३० हजार नेपालीहरुलाई २० हजार वोनको सदस्यता भिडाएर आथिक चलखेल मात्र गर्न खोजेको देखिन्छ ।

 

 

 

उमेरद्धारको पृष्टभूमी, उसको व्याक्तित्व तथा समाज र देशको लागि उसले आज सम्म गरेका पहल कदमीलाई मतदातासमक्ष प्रष्ट पार्ने दृष्टिकोणहरु कसैका देखिंदैनन् । साम, दाम, दण्डभेदलाई विसर्जन गरी नीति र विचारको लाडाईंबाट नेतृत्व चुन्ने प्रक्रियाको नयाँ थालनी यो पाँचौ अधिवेशनबाट शुरुहुनु जरुरी छ । मतदाताहरुको अभिमतको कदर गर्ने हो भने राती बत्ति बालेर हैन मध्यान्नको उज्यालोमा मत हाल्न पाउनु पर्दछ । अर्थात उनीहरुका भावी योजनाका बारे मतदाताहरुले सौदावाजी गर्न पाउनु पर्दछ । गएको चौथो अधिवेशनमा अध्यक्षका प्रत्यासिहरुलाई उमेरद्धार हुनुको कारण, उसका योजना र कार्यनोयन गर्न सक्ने आधार र चुनौतीलाई प्रस्तुत गर्न दिइने कार्यसुचि नहुनु अनि संस्थाको आर्थिक प्रतिवेदन आयव्याय अधिवेसन हलमा प्रतिनिधिहरुलाई चित्त नबुझ्दा अर्थात पारित हुँन नसक्दा आर्थिक प्रतिबेदन छानविन समिती आँफै सेलाएर समाप्ति हुनु एनआरएन कोरियाको सबैभन्दा लाजमर्दो गाईजात्रे अवस्थामा छानविन समिति रह्यो । तर कोरियाली समाजमा कहिं कतै यसको समिक्षा नहुनु एउटा दु:खद पक्ष थियो । मुख्य विषय-वस्तु भनेको यो आउँदै गरेको पाँचौ अधिवेसनलाई सफल र भब्य बनाउँन एनआरएन कोरियाले बिगतमा जस्तो कमि-कमजोरी नदोहोर्याउन सुझबुझकासाथ अगि बढ्नु आवश्यक देखिन्छ ।

 

 

 

कोरियामा भएका दर्जनौं संघसंस्थाहरु भन्दा माथि उठेर जन्मभूमी प्रति समर्पित देश प्रेमको भावना जगाउँन सक्ने कोरियाको कृषी तथा औधोगिक क्रान्तिबाट भएको विकाश र प्रगतिका आधारहरु तयार गरेर नेपालमा दुई चार जनालाई रोजगारीको सिर्जना गर्न नसक्नेले एनआरएनको बखान गरेर आफ्नो आँगन ढलान गर्न अघि सर्नु उचित हुँदैन् । आफ्ना भावी योजना बेगार एनआरएन कोरियाको आसन्न पाँचौ अधिवेसनको चुनावी प्रतिस्पर्दामा आउन हतारिने मित्रहरुलाई तपसिलको बुंदाहरुमा ध्यान केन्द्रित गराउन चाहान्छु ।

 

 

 

१. कोरियामा भित्रिएका नेपाली मध्ये तपाईको नजरमा एनआरएन कति छन र किन?

२. कोरियामा दिन प्रतिदिन बढ्दो औधोगिक दुर्घटना तथा आत्महत्याको बारे कहिल्यै सोच्नु भएको छ? यस्ता दुर्घटनाबाट नेपालीहरुलाई बचाउन नेपाली समुदायसँग कहिल्यै सौदावाजी तथा अन्तरक्रिया किन गर्नु भएन ?

३. बैवाहिक भिषामा कोरिया आएर आपत-विपतमा परेका नेपालीहरुका समस्यामा तपाईहरुको धारण के छ?

४. गैर कानुनी हुण्डि व्यावसायलाई निरुत्साहित गर्न कुनै पहल नगरि मुखदर्शक हुनुको कारण के हो? ३० हजार नेपालीहरुले कानुनी रुपमा सुलभ र सस्तो तरिकाले उनिहरुको कमाइलाई व्यावस्थित तरिकाले नेपाल पठाई देशमा रिमिट्यान्स भित्राउन सक्ने आधार तपाई सँग के छ?

५. उच्च शिक्षा हाँसिल गर्न कोरियामा रहेका नेपाली विद्यार्थीहरुका समस्या र उच्च शिक्षा पश्चात नेपालमा उनिहरुको ज्ञानलाई सदुपयोग गर्न नेपाल सरकारका सम्बन्धित निकायलाई तपाईले गर्ने सहयोग र सुझाब के?

६. कानुनी रुपमा व्यापार-व्यावसाय गरेर बसेका नेपालीहरुको समस्या समाधान गर्न सक्ने तपाईको हैसियत कति छ ?

 

७. ई ७ भिषामा काम गरिरहेका नेपाली दक्ष कामदारहरु तथा रेष्टुरेन्टमा काम गर्ने नेपालीहरुलाई कानुनले तोकेको तलब सुबिधा नपाएका घटनामा एनआरएनले कस्तो पहल गर्नु पर्छ ? यस्ता आँफै भित्र लुकेका समस्यामा तपाईको धारण के ?

८. कोरियामा आफ्नो भिषा सकिए पछि जीउधनको अशुरक्षका विधिद कारण देखाएर सरणर्थी भिषा(जी १) लिनुको कारण उनीहरुको समस्याको समाधान गर्ने उपाए के हो ? तथा आफ्नो देशप्रति गरिएका लज्जास्पद कार्यको रोकथाममा तपाईंको नैतिक कर्तब्य के ?

९. नेतृत्वमा जानको लागि आज सम्म तपाईंले कोरियाली समाजमा गरेको निस्वार्थ सामाजीक कार्य को नैतिक जिम्मेवारी र आधार के ?

१०. विभिन्न दुर्घटनामा परि अंगभंग भएका, कम्पनीको कारण अथवा कामको प्रकृतीले बिरामी परेका र ज्यानै गुमाएका ब्याक्ति र परिवारका लागी सहयोग पुग्न सक्ने राहात कोषको खडा गर्ने योजना नभए एक पटकको नेपाली संधैको नेपाली भन्ने तपाईंको नैतिक आधार के?

११. देशमा पर्यटनको विकाश र प्रवर्धनमा तपाईले एनआरएनमा खेल्ने भुमिका के ?

१२. कतै तपाई आफ्नो भिषा थप्न गाह्रो मानेर टाउको कन्याउँदै आँफै सहयोग खोज्ने अवस्थामा त हुनुहुन्न ?

 

 

माथिका बुदाहरुको बारेमा ३० हजार नेपालीहरुलाई विश्वास दिलाउने तपाईका भावि योजना र सफताका आधारहरु पेस गरेर मात्र एनआरएन कोरियाको चुनावी दौडमा खुट्टा उचाल्दा राम्रो हुन्छ । साम, दाम, दण्डभेदमा नलागि देश प्रेमको भावना बोकी अगाडी बढ्नुहोस् । नैतिकताको कसिमा ३० हजार नेपालीहरुले तपाईहरुको नाडी छाम्ने नै छन् । घात प्रतिघातको उत्कर्षलाई बिर्सिएर एउटा मात्र हैन दुबै खुट्टा उचालेर स्वच्छ चुनावी प्रतिस्पर्धामा लाग्नुहोस् सबैलाई अग्रिम शुभकामना !

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको सुवनमा भव्यताका साथ ‘साकेला’ मनाइयो
  • गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदै
  • म त्यही अनुहार हूँ
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...