Advertisement
SKIP THIS

पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन


कोरियामा रहेको सक्रिय संस्थाहरु मध्ये पूर्वाञ्चल सरोकार समाज पनि एक हो। गत अप्रील २१ तारिखदेखि यस संस्थाले आफ्नो सभाहल सञ्चालनमा ल्याएको छ। दोङ्देमून स्टेसनदेखि नजिकै रहेको यस सभाहलमा पूर्वाञ्चलमा आवद्ध रहेका १६ संस्थाहरुको कार्यालयपनि रहने अध्यक्ष गजेन्द्र सेर्माले जानकारी गराएका छन्।

कोरियाका लागि नेपाली दुतावसका उपनियोग प्रमुख सूर्य थापाको प्रमुख आतिथ्यमा सभाहलको समुद्घाटन समारोह गरिएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चलको यो काम निकै सह्रानिय रहेको बताएका थिए भने अन्य वक्ताहरुको जिज्ञासाको जवाफ दिएका थिए। यसका साथै दुतावासबाट आवश्यक कागजपत्र भएको अवस्थामा बिना भिसाका नेपाली नागरिकलाई राहदानी वितरण भैरहेको पनि जानकारी गराएका थिए।

यसैगरी एन आर एन अध्यक्ष वुद्धि गुरुङले कोरियामा रहेका नेपाली बालबालिकाहरुको निम्ति नेपाली विषयमा पठनपाठन गर्नको निम्ति कक्षा सञ्चालन गराउने बारे छलफल भैरहेको बताएका थिए। साथै एनसिसी अध्यक्ष हरी खनालले पूर्वाञ्चलको यो कदममा सहयोग गर्ने प्रतिवद्धता गर्दै आगामी दिनमा सहकार्य गर्दै रचनात्मक कामहरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। आदिवासी जनजाति महासंघका अध्यक्ष विसन राईले कोरियामा सबै संस्था मिलेर एन आर एन अथवा एनसीसीको संयोजकत्वमा राहतकोष स्थापना गर्नुपर्ने विचार राखेका थिए।

पूर्वाञ्चलमा आवद्ध संस्थाका अध्यक्ष लगायत प्रतिनिधीले प्रतिवद्धता मन्तव्य राखेका थिए। कार्यक्रममा प्रादेशिक संस्थाका अध्यक्ष लगायत विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो। वरिष्ठ उपाध्यक्ष चित्र घलेले स्वागत मन्तव्य राखेका थिए भने महासचिव केदार निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...