Advertisement
SKIP THIS

सिन्धुपाल्चोक समाजको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा राज लोप्चन


सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा राज लोप्चन तामाङ चयन भएका छन् । फेब्रुअरी ९ तारिख शुक्रबारको दिन कोरियाको राजधानी सौलस्थित दोङ्देमुनमा सम्पन्न संस्थाको पाँचौँ अधिवेशनबाट लोप्चनको अध्यक्षतामा  २१ सदस्यीय नयाँ कार्यसमिती चयन भएको हो ।  

निर्वाचित कार्यसमितीमा वरिष्ठ उपाध्यक्षमा विशाल श्रेष्ठ, उपाध्यक्षहरुमा प्रवन पराजुली, तारा चन्द्र आचार्य र सन्जीव खतिवडा रहेका छन् । त्यसैगरी महासचिवमा उद्धव नेपाल, सचिवहरुमा बसन्त थापा, निर योन्जन तामाङ र नवराज पाण्डे तथा कोषाध्यक्ष सुरज श्रेष्ठ र सह कोषाध्यक्षमा सरोज तामाङ रहेका छन् ।  

  

सदस्यहरूमा रमेश बन्जारा, सोनाम शेर्पा, भक्तबहादुर  खड्का, सन्तोष लुइटेल, लक्ष्मी तामाङ, लोकेन्द्र खड्का, ज्योती तामाङ, जानुका ढकाल, भुवन दाहाल, शोभा  थापा रहेका छन् ।  

अधिवेशनमा उपस्थित भएका प्रमुख अतिथि, अतिथिका रुपमा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायत उपस्थित भएर अधिवेशन भव्यताका साथ सफल पार्नको लागि सहयोग गरेका सम्पूर्णमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले हार्दिक आभार प्रकट गरेको छ । साथै आगामी दिनमा सिन्धुपाल्चोक समाज दक्षिण कोरिया सबै सँग सहकार्य गर्दै हातमा हात मिलाउँदै अगाडि बढ्ने बाचा समेत गरेको छ ।  

“आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासीको मिलनको आधार” भन्ने नाराका साथ सन् २०१४ मा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको स्थापना भएको हो ।  साथै स्थापना काल देखी नै विभिन्न सामाजिक कार्यक्रमहरुमा सकृय सहभगि हुँदै आएको छ ।  

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...