मेरो पत्रकारिता र गोकुल दाइ


सन् २०१६ मा छुसकको लामो बिदा थियो । छुसक र सलनालको विदामा नै हो कोरियामा रहेका विभिन्न संघ संस्थाहरुले कार्यक्रमहरु गर्ने । विभिन्न कार्यक्रमहरु मध्ये नेपथ्य ब्याण्डको चर्चा व्यापक थियो । म आएको एक बर्ष पनि पुगेको थिएन । त्यसैले चिने जानेका साथीहरु खासै थिएनन् । संगै आएका एउटै कम्पनीमा काम गर्ने साथी अर्जुन र नेपालमा कोरियन भाषा पढ्दा भेटेका सन्तलाल(यामदास) थियो चिनजानको । दुबैजना अहिले मेरा घनिष्ठ मित्र भएका छन् । तिनै जना भएर नेपथ्यको कन्सर्ट हेर्न जाने भयौं । तत्कालिन तामाङ संघ दक्षिण कोरिया (अहिले नेपाल तामाङ घेदुङ भएको छ) कार्यक्रम राजधानी सउलको यओइदो स्थित के बि एस् एरिना (KBS Arena) हलमा गरेको थियो । नेपालीहरुका लागि कोरियाको असन बजार भनेर चिनिने दोङदेमुनमा थियौं हामी । १ नम्बर लाइनको ट्रेनको बाटो हुँदै हामी त्यतै लाग्यौ ।

स्टेसन झरेर बाहिर निस्किदा नेपालीहरुको लस्कर हल सम्मै थियो । हल कता भनेर कसैलाई सोध्नै परेन । मान्छेको त्यही लाईनलाई पछ्याउदै हल तर्फ लाग्यौँ । हलमा पुग्नै लाग्दा झम्काभेट भयो गोकुल थोकर दाइसँग । त्यतिखेर उहाँ हतारमा हुनुहुन्थ्यो । सामान्य कुराकानी र फोन नम्बर साटासाट पछि उहाँ आफ्नो बाटो लाग्नु भयो । म कन्सर्ट हल तिर ।

कोरियामा पहिलोचोटि भेट भएपनि गोकुल दाइलाई मैले चिनेको नेपालमै हो । खासमा मेरो दाइकाे साथी हुन । त्यसैले दाइ नै भनेर सम्बोधन गर्छु । उक्त भेट पछि यहाँ रहँदा मलाई आड र भरोसा दिने एक अभिभावक तथा मार्गदर्शनकको रुपमा उहाँको साथ र सपोट पाउँदै आएको छु ।

म पत्रकारिताको विद्यार्थी हुँ । हुँ पनि के भन्नु ? थिएँ भन्नु पर्ला । किन कि पत्रकारितामा स्नातक सकेको दशक कटिसक्यो । पत्रकार बन्छु भनेर प्लस टुमा भर्ना हुँदै गर्दा जोस धेरै थियो । त्यो बेला लक्ष्य पनि ठुलै र कुरा पनि ठुलै गरिन्थ्यो । एक ताका दैनिक पत्रिका निकाल्छु भनेर डौड्धुप पनि गरेको थिएँ । त्यो बेला पनि चलेको दैनिक पत्रिका कान्तिपुर दैनिक नै थियो । कलेजको प्रक्टिकल भन्दै कान्तिपुर ग्रुपको मार्केटिङ डिपार्टमा छिरेर बिज्ञापनको दर रेट पनि संकलन गरेको सम्झना छ ।

उक्त समय गोकुल दाइ पत्रकारितामा स्नातक गर्दै हुनुहुन्थ्यो । म उहाँहरु संगै फोटोग्राफी र भिडियो ग्राफि पनि सिक्दै थिएँ । उहाँलाई पनि हाम्रो योजना सुनाएँ । उहाँले हौसला दिनु भएको थियो । सकेको साथ र सहयोग गर्ने पनि भन्नु भएको थियो । यो कुरो कृष्ण ज्वालाले अहिलेको नयाँ पत्रिका दैनिक सुरु गर्नु भन्दा अगाडिको हो ।

तर यसरी हौसिने मेरो ग्रुपमा वास्तविक पत्रकारिताको पूर्ण ज्ञान भएको शुन्य जस्तै थियो । चार पाँच जना मध्ये एकजना रेडियोमा काम गर्ने साथी थियो । म प्लस टु पढ्दै गरेको । जब कि प्लसटुमा परकारीताको ABC पनि राम्रो सँग पढ्नु पर्दैन । संचार र आम संचारको सैद्धान्तिक बिषयको मात्र पढाई हुन्छ । बाँकी सबैजना अर्कै क्षेत्रको । कुरो चल्दै थियो । यस्तैमा १२ कक्षाको परिक्षा सकेपछि आफ्नै केही कारणले केही समय गाउँ तिरै बसियो । पत्रिकाको कुरा कुरोमै सकियो ।

१२ को रिजेल्ट आयो । पास भइयो । ११ मा लागेको मेजर अंग्रेजीको रिजेल्ट अझै पर्खिनु पर्ने भयो । वास्तवमा म अंग्रेजीमा स्कुल देखी नै कमजोर थिएँ । त्यो बेला आई ए (PCL) खारेज भएर प्लसटु अनिवार्य गरिएको थियो । ललितपुर कुमारी पाटीको ब्लुबर्ड कलेजमा हामी नै प्लसटुको पहिलो ब्याज थियौं । मानविकी संकायमा थोरै विध्यार्थी भए । त्यसैले सबैलाई आम संचार र मेजर अंग्रेजी अनिवार्य गराईयो । म त्यसैको फन्दामा परें भनौं 

रिजेल्ट पछि स्नातकको लागि आरआर क्याम्पस भर्ना भइयो । तर त्यतिन्जेल सम्ममा पत्रकारिताको भूत लगभग सेलाइसकेको थियो । काठमन्डौंको बसाई । मध्यम बर्गिय परिवार । प्लसटु सम्म जसो तसो बुवा र कहिले दाइलाई मागेर चलाएँ । पछि त खर्च माग्न आँफैलाई लाज लाग्न थाल्यो । त्यसैले केही न केही काम त गर्नै पर्‍यो । साधारण पत्रकारिताले पेट पाल्न गाह्रो थियो । त्यसैले सहकारीमा जागिर सुरु गरेँ । पढाई पत्रकारिता जागिर सहकारीमा यस्तै त छ हाम्रो नेपालको शिक्षा । सबैको यस्तो नहुन सक्छ । जसो तसो स्नातक सकाए । पढाईसँग सम्बन्धित काम गर्न नसकेपछि थप के पढ्नु भनेर पढाईलाई यतिमै स्थगित गरियो ।

पारिवारिक जिम्मेवारी बढ्दै गएपछि सहकारीको जागिरले धान्न गाह्रो भयो । साथीहरु सँग मिलेर तरकारी खेती तिर लागियो । यसमा पनि अनेक दुःख झेलियो । १० रुपैयाँ किलोमा पनि गोलभेडा बिक्री गर्न नसकेपछि कालिमाटीको सडकमा खन्याउने काम पनि गरियो । समर्थन मूल्य तोक्न माग गर्दै कृषि मन्त्रालयमा डेलिकेसन गइयो । यसबाट पनि केही पार नलाग्ने देखेपछि परदेशीनुको विकल्प देखिएन मैले ।

गोकुल दाइसँग उक्त भेट पछि निरन्तर संपर्कमा रह्यो । नेपालमा उहाँसंगै फोटोग्राफी र भिडियोग्राफी सिकेको म अन्तै रुमलिए । मैले र उहँकै समकालिन साथीहरुले बाइक चढे तर उहँले DSLR क्यामेरा लिनु भयो । स्नातकोत्तर सकाउनु भयो । पत्रकारिताको तीन वटै विधाहरु रेडियो, पत्रिका र टेलिभिनजमा राम्रै अनुभव बटुल्नु भयो । मलाई सहकारीको जागिर र कृषि कर्मले पुगेन उहाँलाई पत्रकारिताले । त्यसैले फेरी झम्काभेट भयो परदेशी भूमिमा ।

उहाँ व्यावसायिक पत्रकारिता गरेर आउनु भएको मान्छे जहाँ पुगेपनि आफ्नो कला बिर्सने कुरा भएन । त्यसैले फोनिज कोरिया डट नेटमा नियमित लेखन सुरु गरिसक्नु भएको रहेछ । हरेक हप्ता उहाँको लेख प्रकाशित हुन्थ्यो । नछुटाई पढिन्थ्यो । मलाई पनि लु है अब लेख्नु पर्‍यो भन्नु हुन्थ्यो । तर मलाई सैद्धान्तिक ज्ञान भएपनि व्यवहारिक ज्ञान खासै थिएन । मैले यही गुनासो पोख्थे । “बानी परेपछि हुन्छ । कोसिस गर्नुपर्छ कोसिस गरेपछि नसकिने के छ र ?” उहाँ  भन्नु हुन्थ्यो ।

उहाँकै हौसलामा लेख्न सुरु गरे । सुरुमा अग्रेजी समाचार पोर्टलहरुमा प्रकाशित कोरियाली समाचारहरुलाई आफ्नै तरिकाले लेख्न थाले । राम्रो छ भन्दै हौसला दिनुभयो । नमिलेको ठाउँमा मिलाइदिनु भयो । त्यसपछि विस्तारै आत्मविश्वास बढ्दै आयो । केही फिचर लेखन पनि कोसिस गरे । यसमा पनि उहाँको साथ र मार्गदर्शनले केही सफलता मिल्यो ।

उहाँकै सकृयातामा तामाङ पत्रकार संघको पहिलो र एकमात्र प्रवास शाखा दक्षिण कोरियामा स्थापना भयो । मित्रहरु अमिर योञ्जन, दुध लोप्चन, सुरेश थोकर लगायतसँग संगत गर्न पाइयो । उहाँहरु संगै सहकार्य गर्ने अवसर जुर्यो । फोनिज कोरियामा जोडियो । अनी मेरो अन्तरमनमा विलाइसकेको पत्रकारिताको कर्ममा फेरी जोडिने अवसर पाइयो ।

अहिले पनि म पत्रकारिताको विद्यार्थी हुँ पत्रकार हैन । परदेशमा बसेर काम गरेर बचेको केही समय आफ्नो अध्ययनको बिषयलाई व्यवहारिकतामा ढाल्ने जुन अवसर पाएको छु त्यो गोकुल दाइकै कारणले हो । यसमा उहाँप्रति हार्दिक आभारी छु । मैले अहिले लेखनमा जे जति सिकेको छ वा जानेको छु त्यो उहाँकै देन हो । त्यसैले उहाँ मेरा लागि व्यबहारिक परकारीताको गुरु हो । यद्यपि उहाँले जति सिकाउनु भएको छ त्यति गर्न सकिएको छैन ।

उहाँले प्रवासमा रहेर पनि मूलधारको मिडिया मार्फत यहाँ रहेका नेपालीहरुको वास्तविकतालाई उजागर गर्दै आउनु भएको छ । कोरियामा पत्रकारिताको केही थिति बसाल्ने कोसिस गर्नु भएको छ । पत्रकारिता यसरी गर्ने हो भनेर एउटा उदाहरण स्थापित गर्नु भएको छ जस्तो लाग्छ मलाई । यद्यपि उहाँको यो पदचापलाई कोरियामा रहेर पत्रकारितामा पनि लागिरहनु भएका म लगायत अन्य मित्रहरुले पछ्याउन सकिन्छ कि सकिदैन थाहा छैन ।

अहिले उहाँ करिब ७ बर्षको कोरिया बसाइलाई बिट मार्दै स्वदेशको बटो तय गर्दै हुनुहुन्छ । स्वदेश फिर्ती आँफैमा सुखद पक्ष हो । तर मलाई भने परदेशमा हुँदा आड र भरोसा दिने अभिभावक तथा मार्गदर्शकबाट टाढा हुनु पर्दा थोरै दुःख लागेको छ । हुन त अहिलेको दुनियाँ एक क्लिकमै छ । त्यसैले आगामी दिनहरुमा पनि यसरी नै उहाँको साथ र सहयोग पाउने अपेक्षा राखेको छु । उहाँको कोरिया देखी नेपालसम्मको यात्रा आरामदायी रहोस् शुभयात्रा । आगामी यात्राहरु अर्थपूर्ण र सार्थक रहोस् हार्दिक शुभकामना ।

इन्वाङ्सानबाट सौल सहरलाई एक नजर

कोरियाको “नुन” मा नेपाली “नून” छर्दा …

भुँईचालो डायरी

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...