भुँईचालो डायरी


काठमाडौको धुलो, धुँवा र कोलाहल । मान्छेले बनाएका कंक्रीटको जंगल । उराठ लाग्दो दिनचर्या । कहिले कही यसो घुम्न जाने कि ? दाजुभाइले सल्लाह गर्यौ । काभ्रेपलान्चोकको कोसी पारी जाने । डेस्टिनेसन फिक्स भो । आइतबार पनि अफिस विदा लिएर शनिबारको दिन बिहानै ‘हामीले गीद्दै गीद्धको सहर’ छाड्यो ।

अरनिको राजमार्गको धुलिखेल, बनेपा र पाँचखाल हुँदै दोलालघाट । त्यस पछिको हाम्रो यात्रा कच्ची मोटर बाटो हुँदै कात्तिके देउराली सम्म पुग्नु थियो । दोलालघाटमा पुग्दा करिव साँढे नौ बजेको हुदो हो । त्यहाँबाट एक स्टेप पर डुम्रेमा भन्ने ठाउँमा पुग्यो । लोकल माछासँग ढिंडो खाने धोको थियो तर समय धेरै पो लाग्छ रे ? गर्नु के । टाढा जानु पर्ने मान्छे । रहर रहरैमै भयो । हामीले रेडिमेड खाना खाइसक्दा घडीको सुईले १० कटिसकेको थियो ।

दोलालघाट आइपुगेर ठाडो उकालो र केही तेर्सो हुँदै कात्तिके देउराली सम्मको कच्ची मोटरबाटोमा हिड्न थाल्यो । कच्ची बाटो त्यसमाथि दुई तीन दिन अगाडि मात्र पानी परेकोले धेरै ठाउँमा जमेको पानी सहितको खाल्डा खुल्डी रहेछ । करिब २ घण्टाको गज्यक गज्यकको कुदाई पछि गन्तव्यमा आइपुग्नै लागेका थियौ । हामी हिडेको दौबाटोमा आइपुग्यौं । जाने कता ? छेउको पसलमा सोध्यौ ।

गाउँको पसलेको विशेषता नै चर्को । उसले कता जाने ? कसलाई भेट्ने । आदि इत्यादी सोध्यो । हामीले पनि सबै भन्यो । उसले बाटो देखायो । हामीले बाइक स्टार्ट गरेर अलिकति मात्रै अघि बढेका थियौ ।

गाउँ भरिका कुकुरहरू भुके । लगतै गाउँ भरिका मान्छे कराए । हामी पनि के भएको बुझ्नलाई बाईक स्लो गर्न थालेको बाईकको एक्कसी टाएर पञ्चर भएको जसरी लिन्ठिङ लिन्ठिङ हल्लिन थाल्यो । सम्हालिन खोज्दा खोज्दै लडिहाल्यो । के भएको केही पत्तो थिएन । बाइक उठाउन खोजेको जमिन नै हल्लिन्छ । रिंगाटा लागे जस्तो । आफैले टेकेको जमिनको भर नभएको । बाटो छेउछाउ रहेको रुखहरु अहिले नै ढल्ला झै गरेर हल्लिरहेका छन् । त्यति बेलासम्म अघिको पसल अगाडिको खाली ठाउँमा मान्छेहरू जम्मा भैसकेका रहेछन् । हामी पनि बाईक त्यही छोडेर मान्छेहरू भएको ठाउँ तिरै लाग्यौं । बल्ल पो थहा भो भुँइचालो रहेछ ।

कोहि गुहार गुहार भन्दै थिए । कोही “लौन नि के हुने भयो यस्तो ? भन्दै थिए । अगि मात्र म भित्र छिरेर बाटो सोधेको पसल त बाटो भन्दा करिब एकहात पर पुगेछ । त्यसैको अगाडि पट्टीको घर जगै देखी गर्ल्यामगुर्ल्युम लड्यो । धन्न त्यहाँ कोही मान्छे रहेनछ । त्यहीँबाट देखिने करिब १५ वटा घरहरु कुनै पनि सद्दे थिएनन् । कुनैको एकापट्टीको पुरै भाग लडेको छ त कुनैको छाना नै छैन ।

मान्छेहरु थपिदै थिए । सबैका आआफ्ना भोगाई थिए । कोहि चोटामा सुतिरहेको कुरा गर्दै थिए । कोही हल्लिउन्जेल त उठ्न पनि सकिन, रोकिए पछि आएको भन्दै थिए । डरले थर थर कामेर केहि बोल्न सकिरहेका थिएनन् । आउने सबैजना खाली खुट्टा नै थिए । मान्छेको आवाजससँगै गाइ भैंसीको आवाज पनि ठूलो ठूलो आइरहेको थियो । त्यहीँ जम्मा हुन थालेको करीब पच्चिस मिनेट जत्ती भयो होला । त्यतिन्जेल सम्म कतिपटक हल्लियो गन्नै सकिन । कहिले काहीं त नहल्ले पनि त्यत्तिकै हल्ल्यो हल्ल्यो भनेर सबैजना कराउँथे । धेरैलाई सामान्य चोटपटक लागेको थियो ।

एकजना टाउकोमा रगतै रगत लिएर आयो । चोट ठुलै लागेको जस्तो थियो । रुदै कराउदै थियो । हस्पिटल अलि टाढै रहेछ । त्यहाँ अरु साधन पनि थिएन । हस्पिटल पनि नलगी भएन । सबैजना मिलेर बाईकमा राखेर त्यही गाउँकै एकजना भाइलाई पठाइदियौं ।

एकछिन त मलाई लागेको थियो यस्तो त अहिले हामी भएको ठाउँमा मात्र भएको हो । तर त्याहाँ भएको एकजना बरबराउँदै मोबाइल थिच्दै थिए । भक्तपुर त सबै सखाप भयो रे मेरो छोराछोरी के भयो होला ? भन्दै थियो । बल्ल मलाई पनि होस अएको जस्तो भएछ । अनि हातमा भएको मोबाइलबाट परिवारको सबैको नम्बर थिच्न थाले तर कसैलाई लागे पो ।
भाइ पनि त्यसै गर्दै थियो तर करिव एक घण्टा सम्म पनि कसैलाई सम्पर्क गर्नै सकेन । त्यहीँ अघिको पसलको तार रहित टेलिफोनमा सबैजना झुम्मी रहेका थिए । मोबाइलबाट नलागे पछि फोनबाट लाग्लाकी भनेर मैले पनि कोसिस गरे । ७–८ चोटिमा बल्ल बल्ल फोन लाग्यो । सबैजना सुरक्षीत ठाउँमा पुगिसकेको रहेछन् । दाइ भाउजू बाहिर जानुभएकोले अझै सम्पर्क हुन सकेन । केही समय पछि दाइको म्यासेज अयो । “हामी सुरक्षीत छौ तिमीहरु कहाँ हो सुरक्षित बस्नु । हामी पनि ठिक छ भन्ने सबैलाई जानकारी दियौं र परिवारको सबै ठिक छ भन्ने खबर पाएपछि बल्ल लामो सास फेर्न सक्यौं ।

त्यतिन्जेल करिव दिउँसो २ बजिसकेको होला । अब हामी के गर्ने दोधारमा पर्यौ । पुग्नुपर्ने ठाउँ पनि त्यहाँ बाट धेरै टाढा थिएन । खासमा बेलुका साईली फुपुको घारमा बास बस्ने योजना थियो हाम्रो । फुपुको घर कात्तिके देउरालीकै मादन कुडारीमा थियो । हुन त माईली फूपू पनि त्यहीँ ठाउँमा पुग्नु भएको हो तर छ महिना अगाडी मात्र स्वर्गबास हुनु भयो । अनि फुपुको छोरा बुहारी सबै परिवार काठमाडौं मै बस्नु भएको धेरै बर्ष भैसक्यो । अब काठमाडौं तिरै फर्किने निर्णयमा हामी पुग्यौ तर यत्रो घटना भयो अनि यत्ति नजिक आइपुगेर पनि फुपुलाई नभेटी फर्कन मनले मानेन । त्यसैले एकचोटि भेटेर आजै फर्किने भनेर फुपुको घर तिर लाग्यौं । त्यहाँ पुग्दा घरमा कोहि देखिएन । घर बाहिर बाट हेर्दा सलक्कै थियो तर भित्ता धेरै ठाउँमा चिरिएको रहेछ । घर भन्दा अलि पर खाली ठाउँमा फुपू र फुपाजु बसिरहनु भएको रहेछ । एकछिन त फुपूले पनि हामीलाई ठम्याउन सक्नु भएन । ७० कटिसक्नु भएको फुपूले बोल्न थाले पछि आवाजले ठम्म्याउनु भयो । तर ८० कट्नु भएको फुपाजुलाई फलाना फलाना भनेर चिनाउनु पर्यो । आधी घन्टा जत्ती त्यहाँ बसेपछि हामी फर्कियौ । सुरुमा त फुपुले मान्नु भएन यस्तो बेलामा हिड्नु हुन्न । खतरा हुन्छ भन्दै हुनुहुन्थ्यो । तर हामी भोलि जन के हुने हो भन्ने डर र चिन्ता थियो । त्यसैले फर्कियौँ त्यहि डरलाग्दो कच्ची बाटो ।

हामी निस्कदा करिब ४ बजेको हुँदो हो । त्यसैले अँध्यारो नहुदै कच्ची बाटो कट्न पाए सजिलो हुने थियो भनेर हतारमा थियौं हामी । बाटोमा धेरै ठाउँमा ठूलो ठूलो ढुंगाहरु खसेर ठूलो गाडीहरु रोकिरहेका थिए । जाने बेलामा त बाटो खासै लामो जस्तो लागेको थिएन । तर त्यही बाटो दिक्क लाग्दो र पट्यार्लाग्दो लाग्दै थियो । बाटोमा चिने जानेको सबै साथीहरूलाई पनि फोन लगाएँ । कसैलाई लाग्यो कसैलाई लागेन । ललितपुर र भक्तपुरको पुरानो घरहरु सबै बाँकी रहेन भन्ने सुन्यौ । अनि अझै पराकम्प र अझ ठूलो भुँइचालो आउँछ भन्ने हल्ला पनि सुने । अब मनको बेचैनी जन बढ्न थाल्यो । काठमाडौ उपत्यकाको तीन सहरमा रहेको त्यो पुरानो बस्ती र घरहरुको हालत के भएको होला ? मेरो आखामा त्यहाँ हुन सक्ने बिबत्स दुर्घटनाको बारेमा झल्झल्ती नाच्न थाले । अघि फुपाजुले पारीको सैलुङ भेगको पहिरो देखाएर सुनाउदै हुनुहुनथ्यो त्यो पहिरो ९० सालको भुकम्पले बनाएको हो भनेर ।

९० सालमा पनि धरहरा ढलेको थियो । त्यो बेला त जन ११ तला थियो रे । भत्केपछि राण प्रधानमन्त्री जुद्ध शमशेरले २ बर्षमा ११ तला बाट घटाएर ९ तला भनाएको रे । काठमाडौको सान धरहरा फेरि ढल्यो रे । काठमाडौ के देशकै शान भन्दा पनि होला नि ? आज ४ बर्ष पछि पनि ठडिन सकेको छैन । अब लाग्दै थियो त्यस्तो पहिरो कति बन्ने हो । कतै काठमाडौं फर्किनै नसक्ने गरि पहिरो नै त गैसकेको छैन ? भन्ने डर पनि मनमा बस्यो ।

साँझ झिमिक्क परिसकेको बेला बल्ल दोलालघाट आइपुगेपछी मनलाई हल्का भयो । तर बिहान जाँदा सफा बाटो अहिले ठाउँ ठाउँमा बिच बाटोमा ठूलो सनो ढुंगाहरु छरपस्ट देखिन्थ्यो । खासाबाट आउने मालबाहक गाडीहरुको राति अबेरसम्म सधैं ताँती लाग्ने उक्त बाटो शुन्य थियो । कतै माटोको डिस्को खसेर बन्द भएको बाटोलाई खुलाउन सम्म्याएको रहेछ । डर र त्रास पछि बाईक ७० किलो मिटर भन्दा माथि स्पिडमा कुदेन ।

यसरी काठमाडौं आइपुग्दा राति नौ बजिसकेको थियो । पेप्सिकोला टाउन प्लानिङको एउटा खाली जग्गामा परिवारको सबैजना जम्मा भएको रहेछन् । त्यहाँ वरिपरिका घरभेटीहरु देखि भडामा बस्ने सबै एउटै अनुहार लिएर बसिरहेका थिए डर, चिन्ता र अनिश्चितताको । त्यो रात त्यहीँ बस्ने योजना रहेछ । खाना पकाएर खानेको त कुरै भएन । हामी दुई चार जना मिलेर चोकको पसलहरु चह¥याउन थाल्यौ । धेरै जसो त बन्द नै थिए खुलेको एक दुईवटामा पनि खाने चिज सबै सकिसकेको रहेछ । बल्ल बल्ल एउटा पसलमा २ बाक्स चाउचाउ बाँकि रहेछ । त्यहि २ बाक्स चाउचाउ र बच्चाहरुलाई केहि बिस्कुट ल्यायौं । त्यो दिनको स्पेसल खाना त्यहि सुख्खा तयारी चाउचाउ थियो हाम्रो लागि । स्थिति के कस्तो रहेछ भनेर पेप्सिकोलाको एक फन्को लगाउँदा प्लानिङको ठूलो ग्राउन्ड पुरै मान्छेले भरिसकेको थियो र वरिपरि रहेको सानो सानो खाली जग्गामा पनि उस्तै ।

हो यो त्यही दिन थियो वि.सं. २०७२ साल बैशाख १२ गते शनिबारको दिन । जुन दिन मध्यान्न १२ बज्न ४ मिनेट बाँकि हुँदा गोरखाको बार्पाकलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गएको थियो । त्यसपछि दिन रात नभनि महिनौ के बर्ष दिनसम्म पनि साना ठुला कम्पनहरु कति आए गए । अहिले पनि बेला बेला त्यस्ता कम्पनहरु आइ रहेकै छन् ।

भुकम्प त आयो गयो । त्यो ठूलो कुरो रहेन तर त्यसले छोडेर गएको घाउहरुमा अझै मलम लगाउन सकेको छैन । उक्त भुकम्पबाट प्रत्यक्ष रुपमा ३१ जिल्लामा खरबौंको धनको क्षति पुग्यो । ८ हजार ७९० जनाले ज्यान गुमाए भने २२ हजार ३ सय जना घाइते भए । यस्तै ४ लाख ९८ हजार ८५२ निजी घर, २ हजार ६५६ सरकारी भवन र विद्यालयका १९ हजार भन्दा बढी कक्षा कोठा पूर्ण रुपमा क्षति भएको रेकड नेपाल सरकारको आधिकारीक तत्थ्याङ्कमा छ ।

त्यस भित्रको भित्री कथा कस्ले खोज्ने ? काठमान्डौको सान धराहारा कहाँ गयो ? धरहराको मुनिकाे स्पाइसी मःम खाएर धरहारा चढ्ने अनि काठमाडौं सहरलाई नियाल्ने रहर बोकेर गएको प्रेमिल जोडीको कथा कस्ले खोज्ने ? फूलमान बलको कथामा बर्षाै पछि आफ्नो प्रेमी पुष्पलाई भेट्ने आतुरमा रहेको पेमासाङको कथा जस्तै कति कथाहरु त्यहि धरहराको अबशेषहरुमा छटपटिरहेका होलान ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...