इन्वाङ्सानबाट सौल सहरलाई एक नजर


यो बर्षको छुसकको बिदा अघिल्लो बर्ष भन्दा फरक तरिकाले बिताउने मन थियो । सधै दोङ्देमुनमा गयो संस्थाहरुले विभिन्न बहानामा गरिने सांगितिक कार्यक्रमहरुमा दौडियो । कति हेर्नु कन्सर्ट कति सुन्नु गीत ? मनमा कुनै अग्लो डाँडामा गएर सौल शहरलाई राम्ररी नियाल्ने मन थियो । मानौ म प्रेममा छु । अनि प्रेमिकाको अनुहार नियाल्न चाहन्छु ।

छुसकको दोश्रो दिन दोङ्देमुन नै पुगियो । काठमाडौको असन बजारमा बरु अली सहज होला तर यो समयमा यहाँ भिड छिचोल्न त्यति सजिलो हुँदैन । कोरोना काल पछि फेरी सुरु भएको हो । केही बर्ष अघि सिमा लामाले लेखेको दोङदेमुन गेट नंम्बर तीन जस्तै ।
गोकुल दाजु र अमिर जी सँग भेट भयो । इन्वाङ् पहाड चढ्ने कुरो भयो । संगै मिसियो सुरेस र राजीव आस्याङहरु (तामाङहरु कुटुम्बलाई आस्याङ भन्छन् । शाब्दिक अर्थ मामा, फुपाजु ) ।

इन्वाङ् पहाडको बारे हेर्दा गूगलले जम्मा ३ सय ३८ मिटर उचाई देखायो । नेपालको राजधानी काठमन्डौ समुन्द्री सतहबाट १३ सय १४ मिटरको रहेछ । म जन्म गाउँ तेमाल करिब २१ सय मिटरमा छ । त्यसैले हाम्रो लागि ३ सय ३८ मिटरको उचाइ भनेको सामान्य हो । मैले सोचेको जस्तो पुरा सौल त देख्न पाइएला जस्तो लागेन । तैपनि दोङ्देमुनको त्यो भिडमा बस्नु भन्दा त्यतै जानु ठीक । हिडियो ।
हाम्रो टोली दोङ्देमुनबाट ७२० नम्बरको बस चढेर मुआग्जे स्टेसनमा ओर्लियो । सबै पहिलो पटक जाँदै थियौ । कताबाट जाने कता । केही समय म्याप हेर्दै वित्यो । एउटा अपाटमेन्टको बीचैबाट जाने रहेछ । हिड्यौ उकालो । कोरियामा जता हाईकिङ जाँदा पनि कुन बाटोे कति किलो मिटर छ भनेर लेखिएको हुन्छ । हामी पनि यति सानो पहाड चढ्न निस्केका । जति लामो बाटो छ त्यतै लाग्यौं ।

हरियाली छ वनमा, हिड्दा सित्तल छ । खोल्साहरु र त्यही खोलसाहरुमा सलल बगिरहेको पानी छ । हेर्दै रमाइलो ।

धेरै दिनपछि ताजा र स्वच्छ अक्सिजनको स्वाद फुप्फुसले पाएको अनुभूती मस्तिष्क हुँदै मेरो हृदय सम्म पुग्यो । सायद संगैको साथीहरुले पनि यस्तै अनुभूती गरेको हुनुपर्छ । अगाडि बढ्दै जाँदा पुरानो गुम्बा रहेछ । सबैले ढोगे । बुद्धको प्रतिमा पनि नेपालकै जस्तै । रमाइलो लाग्यो । जंगलको बाटो हिड्दै गर्दा आफ्नै गाउँको पाखा जस्तै । बाख्रा चराएको त्यो जङ्गल, गाँस दाउरा गरेको त्यो पाखा पखेराहरु । एक छिन लाई त कतै त्यही आफ्नै ठाउँ पो आइपुग्यो कि जस्तो लाग्यो ।

कोरिया आउनु अघि मलाई लाग्थ्यो अरु धेरै कुरा संगै माटो, जंगल, पाखा पखेरा सबै देश अनुसार फरक हुन्छ होला । सानै देखि नेपालको विकास नहुनुको मुख्य कारण भौगोलिक कठिनाई हो भनेर सुन्दै र पढ्दै आएको हो । यहाँ आएपछि हाम्रो जस्तै भौगोलिक परीवेश भएको कोरियाको विकास कसरी भयो ? हाम्रो किन भएन भन्ने कुराले नराम्ररी चिमोटेको थियो । वास्तवमा विकास र अविकासको मुख्य कारण इमान्दारीता रहेछ । इमान्दारिता कुनै नेता वा नेतृत्व सँंग मात्र होइन प्रत्येक नारिकमा पनि त्यतिकै हुनु पर्दो रहेछ भन्ने कुरा कोरियाले सिकायो ।

यही पहाडकै कुरा गरौ । यस्तो पहाडी जंगलमा हिंड्न सक्ने सानो बालक देखी लठ्ठी टेक्नु पर्ने बुढा बुढीहरु पनि हिडेर डाँडाको टुप्पोसम्म पुग्न सक्ने गरी बाटो बनाएको छ । खुल्ला ठाउँमा शारीरिक व्यायम गर्ने सामानहरु राखिएका छन् । मन लाग्यो जिम गर्नुस् । पुसअप गर्नुस् । फ्रि हो फ्रि । न चोरिने डर न भत्काउने र फुटाउनेको डर । के यस्तो नेपालमा सम्भव होला त ? अलिकति नेतृत्व अलिकति जनतामा इमान्दारिता भयो भने देश विकस हुन धेरै समय लाग्दैन ।

खासै लामो बाटो नहोला भनेर हामीले खाने पानी पनि बोकेका थिएनौ । तर सोचेको भन्दा फरक अनुभूती संगै आत सुक्दै गयो । त्यस्तैमा बाटोकै छेउमा पहाडको भित्तामा भिटियो नेपालकै झल्को दिने कुवा । संगै राखिएको थियो पानी पिउनको लागि भाँडो पनि । बाहिरबाट ठ्याकै पंधेरो नै हो । वारीपरी ढुङ्गाको पर्खाल लगाएको छ । सुरेश अस्याङ अगाडि बढि हाल्नु भो । पर्खल भित्र पानी देखिएन तर बन्द गरेको सानो इनारको ढकनी जस्तो देखियो । उघार्दा भित्र पानी रहेछ । सुरेश आस्याङले सबैलाई पालै पालो पानी निकालेर दिनु भयो । आहा कति मिठो पानी । सबैले तिर्खा मेट्ने गरी पियौं ।

समय अलि बढी नै लाग्यो तर पुगियो डाँडामा । सोचेको भन्दा सुन्दर द्दृश्य देख्न पाइयो । अज भनौ अनुभूत गर्न पाइयो ।
सौल सहरको उत्तरी भेगमा सानासाना थुक्का छन् । ठ्याक्कै त्यसको मुनि जोसोन राजवंशको ऐतिहासिक दरबार र राष्ट्रपती भवन ब्लु हाउस छ । नामसान बगैचा माथिको नामसान सौल टावर पनि आँखै अगाडी छ । तल गाडीको लस्कार छ । कतै निस्केका होलान् छुसकमा । प्रेमिकालाई बोकेर हिडेका पनि होलान् । आफन्तलाई बोक्ने पनि होलान् । जाममा परेछन् खुच्चिङ् ।

हामी उक्लिदै गर्दा खासै मान्छे थिएनन् । डाँडामा पुगेपछि थाहा भो ती त पहिल्यै पुगेर डाँडा भरि छन् । फोटो खिचेका छन् । सेल्फी खिचेका छन् । जोडी हुनेहरु आँगालोमा बाँधिएर सुटुक्क कानमा केही भन्छन् । फेरी खित्खिताउँछन् ।

साँझ पर्न लाग्यो । हामी ओर्लिन्छौं । उक्लिने मान्छेका लस्कर छन् । नाक ठोक्किने उकालोमा हस्याङ फस्याङ छ । खासमा सौल सहरको रात्रिकालीन दृश्य हेर्न आएका होलान् । ३८ मिटरको उचाइमा रहेको कोरियाको राजधानी सौलमा हुने कोरियालीका लागि ३ सय ३८ मिटरको उचाइ पनि ठूलै लाग्दो हो । त्यसैले होला स्पोर्ट जुत्ता, त्यस्तै खाले कपडा लगाएर ट्रेकिङ झोला बोकेर दुइटा लट्ठी टेक्दै पुरै तयारीका साथ चढ्दै छन् । हाम्रो ताल देखेर हामीलाई हाँस उठ्दो छ । राजिबले डक्टर मार्टिनको जुता लगाएका छन् । गोकुल दाजु अमिर, सुरेशले अनि मैले जिन्सको पान्ट लगाएका छौं ।

होस् जे सुकै । पेटमा मुसा दगुर्न थाल्यो । बस्ने मोटेल/होटेल पनि लिएको छैन । सुन्दर दृश्यलाई मनमा सजाएर ओर्लियौं ओरालो ।

कोरियाको “नुन” मा नेपाली “नून” छर्दा …

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...