कोरियाको “नुन” मा नेपाली “नून” छर्दा …


एउटा ठूलो बोरामा नुन थियो, फन्जाङ्निम(टिम क्याप्टेन)ले छिकेछा (सामान लोडअन्लोड गर्ने मेसिन)ले बोरा उठायो अनि मलाई एउटा साबेल दियो । हातको इसाराले नै बोरासंगै बस्न भन्यो । त्यो बोरामा भएको नून बाटोभरी र कम्पनीको जहाँ जहाँ गाडी र फोरक्लिफ्ट हिड्नु पर्ने हो त्यता त्यता छर्नु रे ।

आकाशबाट सेतो कपासको भुवाजस्तै हिउँ झरेको छ झरेको छ । भुइँमा सेताम्मे भएर घुँडा मुनितिर हिउँ आउने भैसक्यो । झन्डै दुई घण्टा भुुवासरिको हिउँसँग नून छर्दै बित्यो । भुइँ त सेतम्मे थियो नै आफु पनि त्यस्तै भएछु । हो त्यही मेरो जिन्दगीको पहिलो भेट थियो हिउँसँगको । यसो भनौ पहिलो लुकामारी थियो ।

कम्पनीमा चिसो बढ्न थालेपछि १५ वटा जति ठूलो ठूलो बोराहरु ल्याएर गोदाममा राखेका थिए । त्यो बेला खासै वास्ता गरेको थिइन तर एकदिन ओभरटाइमको काम त्यही बोरामा भएको सामान प्लास्टिकको अर्को स–साना झोलामा प्याक गर्नु पर्ने भयो । त्यही बेला चाल पाएँ त्यो त अरु केही नभएर नूनको बोरा पो रहेछ । प्याकेटको नून आउनु अघि हामी नेपालीले ढिको नून खाएकै हो । अहिले पनि गाउँघरमा गाई बस्तुलाई खुवाउने त्यस्तै नून हो । मलाई थाहा थिएन हिउँ पगाल्न यसरी नून छर्कन्छ भनेर । सुरुमा अनौठो लाग्यो । हामीले दुइटा बोरा जतिको नुन प्लाष्टिकमा हालेर बाटोको छेउछाउमा चाङ बनाएर राखेका थियौं । त्यही नुन हिउँ पर्दा यसरी छरेपछी एकैछिनमा पग्लेर पानी बन्दो रहेछ ।

हिउँलाई कोरियन भाषामा नुन भनिन्छ भनेर नेपालमै हुँदा कोरियन भाषाको बेसिक कक्षामा नै थाहा पाएको मलाई कोरियन “नुन“ मा यसरी नेपाली “नून” छर्नु पर्दा झन अनौंठो लाग्यो ।

नेपालमा हुँदा काठमाडौं आसपासको नगरकोट तथा पुल्चोकी डाँडा लगायतका ठाँउमा हिउँ परेको समाचार आएपछि मानिसहरू लस्कर लागेर खेल्न जान्थे । अहिले पनि जान्छन् । आफुलाई पनि रहर नभएको काहाँ हाे र, तर जान पाइएपो ? कारण धेरै थिए । कहिले अफिसको काम, कहिले घरको । आफु व्यस्त भएको बेलामै हिउँ पर्ने । कसरी जानु ? मन हुँदा हुँदै पनि कहिल्यै जान सकिएन ।
बर्ष त मैले भुँले । काठमाडौ धुम्म थियो । चिसो मौसम । साथीहरुले हिउँ पर्छ खेल्न जाउँ भने । जिन्दगीमा पहिलो पटक हिउँ खेल्न पाइने भयो भनेर खुशी हुँदै पुलचोकी डाँडालार्इ गन्तव्य बनाइयाे । हिउँ त अलि अलि मात्रै परेछ क्यारे नपुग्दै हिउँ पग्लि सकेको जानकारी फर्कनेहरुबाट पाएपछि बिच बाटो बाटै फर्कियौं । त्यसपछि मनमा रहर भएपनि जान पाइएन । सकिएन ।

यही हप्ता काठमाडौं उपत्यकामै हिउँ परेको र त्यसमा रमाएको फोटोहरु सामाजिक सन्जालमा यत्रतत्र देखियो । सायद नेपालमै भएको भए आफु पनि त्यसरी नै रमाइन्थ्यो होला । तर आफू त यहाँ दिन दिनै र महिनौ सम्म त्यही हिउँमा खेलेको पनि तीनबर्ष भैसकेछ । पहिले पहिले कोरियामा भएका साथीभाइले हालेको हिउँसँगको फोटोहरुले बिदेश जान उक्साउँथ्यो तर यता आएपछि मेरालागि हिउँसँग खेल्नु त रहर नभएर बाध्यता भएकाे छ ।

कोरिया आएर कम्पनी आइपुगेको पहिलो दिन पनि हिउँले स्वागत गरेको सम्झन्छु । ट्रेनिङ सेन्टरबाट कम्पनी पुगेर गाडीबाट ओर्लिदा टाउकोमा फुर्फुर हल्का हिउँ झर्यो जस्ले केहि बर्ष अगाडि १४ फेब्रुअरीका दिन काठमाडौमा परेको हिउँको सम्झना मात्र दिलायो । तर भोलिपल्ट उठेर बाहिर निस्किदा पुरै सेताम्मे देखे । होस्टेल अगाडिको रुखहरुको हाँगा हाँगहरुमा हिउँका डल्लाहरु अड्किएर बसेका थिए । रुखका पात नभएकोले होला ती हिउँका डल्लाहरुनै पात झै लाग्यो । तर त्यो दिन न खेल्न सके न रम्न सके ।

एकदिन अगाडि कम्पनी आइपुग्न ट्रेनिङ सेन्टरबाट करिब ४ घन्टा लागेको थियो । आइपुग्दा लागेको थियो यो कोरिया हुँदै हैन । पात बिना उभिएका रुखहरुले भरिएको ठूलो जंगलको फेदमा थियौ हामी । वरिपरि हेर्दा हरियो कहिँ देखिएन । जताततै सुख्खा र उजाड थियो । मानौ त्यो कुनै मरुभूमिको अनकन्टार ठाउँ हो । बस्तीको नाममा ९/१० वटा टिनको छाना भएको एक पाखे स–साना झुपडीहरु थिए । हेर्दा भुकम्प पछि गाउँ सहर जताततै बनेका जस्ताको अस्थायी टहरा जस्तै लाग्थ्यो । त्यो पनि सुनसान । तर एकछिन पछि गुढुङ्ढुङ गर्दै ठूलो आवाज सुने । पछि थाहा पाएँ कम्पनीकै सुरुङ भित्र माइन पड्काएर ढुङ्गा निकालिदो रहेछ । त्यो बेला लाग्यो हामी त कोरिया हैन भारत र पाकिस्तानको बोडर(LOC) तिर पो आइपुगिएको हो की ? त्यसै त नेपालको माटो छाडेर जहाजको पाइला परेदेखी बढ्न थालेको मुटुको धड्कनको रफ्तार कति पुग्यो होला । अहिले संझिदा पनि अत्यास लागेर आउँछ । सबै दृश्य देखेपछि संगै आएको साथीतिर आँखा सोझाउदै सोधे “हैन यार हामी कहाँ आइपुग्यौ यस्तो ? यो कोरिया नै हो त ?“ ।“ “खै…?“ बाहेक उसले पनि केही जबाफ दिन सकेन । हेर्दा उसको पनि अनुहार निन्यागरो देखे अनि आँखाको भाव पनि अर्कै देखेँ । सायद उसले पनि मलाई त्यस्तै देख्याे होला ।

मेरो त सबै कुरा नौलो थियो । जहाज देखि परदेश सबै नयाँ र नौलो । पहिलो पटक भोग्दै थिएँ । संगैको साथीले भने दुनियाँ भोगिसकेको कुरा नेपालको ट्रेनिङ सेन्टरमा भेटेपछि थाहा पाएको थिए । पाकिस्तान र इन्डियाको बोडरमा इन्डियन आर्मी र हिउँ सङ्गको अनुभव र ४/५ बर्षको अन्तै वैदेशिक रोजगारीको उसको अनुभवले मलाई अलि ढुक्क पारेको थियो । जहाजमा पनि उसैको पछि पछि लागेकोले मलाई खासै गाह्रो अनुभव गर्नु परेको थिएन । उसो त इपिएसको अन्य साथीहरू पनि नभएका हैनन । तर कोरिया पुगेर पनि ऊ संगै हुने भएकाले अरुसँग हाइ हेल्लो मै रह्यो । तर यहाँ आइपुगेर स्थिति हेरेर ऊ पनि नाजवाफ भएको देख्दा मन अमिलो भयो ।

दिउँसो करिब २ बजेतिर आइपुगेका हामीलाई खाना खाने ठाउँ (सिक्ताङ) देखाएर त्यसैको छेउमा अलि पर अघि देखेको जस्तै झुपडीमा लेगेर यहि हो बस्ने ठाउँ भनेर देखायो । बाहिर जस्तो देखेपनि भित्र भने खासै नराम्रो लागेन । तर सामान जम्मा २ वटा दराज बाहेक केही थिएन । बोइलर (कोठा न्यानो बनाउने सिस्टम) चलाउन सिकाएर गएको कोरियनले एकछिन पछि एउटा एउटा ब्लाङ्केट, डसना र सिरानी ल्याइ दियो ।
नेपालमा चार खुट्टे नै भएपनि खाटमा सुत्ने हामी यहाँ भुइँमै चित्त बुझाउनु पर्ने भयो । हुन त कोरियनहरु पातालो तन्ना ओछ्याएर भुइँमा नै सुत्छन । त्यसरी सुत्दा दिउसो काम गरेर दुखेको ढाड पनि निको हुन्छ भनेर भाषा पढ्दा टिचरहरुले भन्थे । नबुझेको चित्त बुझाएँ ।
कम्पनी के को हो ? कस्तो काम ? के गर्नुपर्ने हो ? जस्ता नेपाल बाटै बोकेर आएको अनेकौ प्रश्नहरुको उत्तर अझै पाएका थिएनाैं । त्यस्तै चिन्ता लिएर सुतेका हामी बिहान उठ्दा जीवनकै पहिलो पटक नजिकबाट देख्न पाएको हिउँको दृश्यमा कसरी रमाउन सकिन्थ्यो र ?

हामी २०१६ को मार्चको तेस्रो हप्तामा कम्पनी आइपुगेका थियौं । त्यो हिउँ नै त्यो सिजनको अन्तिम हिउँ रहेछ । त्यसपछि बिस्तारै मौसम न्यानो हुदै गयो । अर्को हिउँ देख्न गर्मिपछिको अर्को सिजन कुर्नु पर्यो । त्यसपछि हिउँ परेको हरेक दिन पहिलो काम नै हिउँसँग खेल्नुपर्ने भयो । फरक यति मात्र हो कि यसरी हिउँमा खेल्दा न सेल्फी खिच्न पाइन्थ्यो न भिडियो बनाएर फेसबुकमा पोस्ट गर्न नै सकिन्थ्यो । सुरुमा त्यस्तो रहर कम्ती भएको थिएन । तर होस्टेलबाट बिहानै निस्केर फर्किदा बेलुका रात परिसक्थ्यो । अनि राती कसरी फोटो खिच्नु ? अलि पछि भएपछि हिउँ देखेरै वाक्क दिक्क हुन थाल्याे । अहिले त अबसर पाउँदा पनि खासै रुचि लाग्दैन । यहाँ त हिउँ पर्दा पनि हाम्रो नेपालमा साउने झरी जस्तै हप्तौं दिन सम्म लगातार पर्ने अनि त्यही हिउँ सुक्न महिनौं लाग्ने । अगाडि परेको हिउँ सुक्न नपाउदै अर्को पर्न थाल्छ अनि हिउँ माथी हिउँ थपिँदै गएर मैहिनौ सम्म रहदोरहेछ । त्यही हिउँ जमेर बरफ बनेर चट्टान भन्दा साह्रो बन्दाेरहेछ । त्यो सानो बस्तीको छेउमा बगिरहेको खोला ठ्याक्कै रोकिएर बरफ बन्छ । वरिपरि जताततै जमेर बरफ भएको हुन्छ । त्यसपछि तापक्रम लगातार घट्दै गएर माइनस २०/२५ डिग्री सम्म पुग्छ । ज्यानमा ज्याकेट माथी ज्याकेट, थप्दा पनि भित्र ठन्डाराम हुने भएपछि कसरी मन पर्नु हिउँ ?

कोरिया त सिस्टममा चलेको देश भएकोले दिउँसो जति चिसोमा खेल्नु परेपनि बेलुका भने तातो पानीमा नुहाएर न्यानो कोठामा भने सुत्न पाइन्छ । तर हाम्रै देशको हिमाली भेगमा बसोबास गर्नेहरुले कसरी सकेका होलान जस्तो लाग्छ । हुस्सु लाग्दा काठमाडौंमै पनि घर बाहिर निस्कन ठुलै तयारी गर्नु परेको अनुभवले कम्पनीका साथीहरुले जाडोमा त –२०/२५ डिग्री सम्म पुग्छ भन्दा नै निकै डराएको थिएँ । तर के गर्नु जस्तो परिस्थित आए पनि भोग्नै पर्यो ।

हिमालै हिमालको देश नेपालबाट आएको मान्छे हिउँ नदेखेको र नखेलेको भन्दा उल्टो अनौठो मान्छन् कोरियनहरु । सायद सगरमाथाको देश नेपाल भनेर चिनिने हरेक मान्छेले त्यस्तै अनौठो मान्दा हुन् । तर उच्च पहाडी भेगकाले बाहेक मध्य पहाडी र तराईका अधिकांश मानिसले हिउँ प्रत्येक्ष हेर्न र खेल्न पाउनु नौलो अनुभव नै हो ।

हुन त कोरिया लगायत बर्षको अधिकांश समय हिउँ पर्ने देशकाहरुमा हिउँको सदुपयोग गरेर आन्तरिक र बाह्य पर्यटनको प्रवर्धन पनि गरेको पाइन्छ । हिउँमै खेल्ने विभिन्न खेलहरुका पनि आविस्कार गरिसकेका छन् । कोरियामै २०१८ को विइन्टर ओलम्पिक (Winter Olympic 2018) भएको थियो । उक्त समय विश्व भरीक हजारौं पर्यटकहरू आएका थिए । यहाँ अहिले म बसेकै गाङ्वन्दो प्रान्तमा भएको थियो । कोरियाकै चिसो क्षेत्र मानिने यहाँ हिउँमा खेल्ने स्टेडियमहरु छन् । यसरी विकसित देशहरुले जस्तै नेपालमा पनि हिमाली भेगमा हिउँको सदुपयोग गर्न सकियो भने थप पर्यटक भित्र्याउन सकिन्थ्यो कि ?

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...