कोरियामा तमू ल्होसार “मुप्री ल्होसार २०८०” मनाइयो


दक्षिण कोरियामा तमू ल्होसार अर्थात “मुप्री ल्होसार २०८०” सफलता पुर्वक सम्पन्न भएको छ । तमू धीं दक्षिण कोरियाको आयोजनामा डिसेम्बर ३१ तारीखका दिन ल्होसार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सौलको दोन्देमुनमा रहेको एस्  डब्लु कन्भेन्सन हलमा भएको थियो ।

तमू धीं कोरियाकी अध्यक्ष रुपा गुरुङ सभाध्यक्षतामा ल्होसारको औपचारिक कार्यक्रम भएको थियो । प्रमुख आतिथि नेपाली राजदूतावास सिओल दक्षिण कोरियाको राजदुत डा. ज्योति प्याकुरेल(भण्डारी) रहेको उक्त समारोहमा संरक्षक परिषदका संयोजक प्रमुख भिम बहादुर गुरुङ्ग(पर्वत), नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको अध्यक्ष विशन राई, NRNA दक्षिण कोरियाको अध्यक्ष श्री बुद्धि गुरुङ, नेपाली सम्पर्क समिति(NCC), दक्षिण कोरियाको प्रतिनिधि उपाध्यक्ष श्री मनोज कुमार सुवेदी, नेपाल बौद्ध परिवार दक्षिण कोरियाको अध्यक्ष श्री कुसाङ्ग शेर्पा लयायत विशेष आतिथि तथा आतिथिहरुको रुपमा सहभागि रहेको थियो । साथै विभिन्न जातिय तथा क्षेत्रिया संस्थाको प्रतिनिधीहरु र कोरिया बासी तमूहरुको उल्लेख्य सहभगितामा भव्य रुपले सम्पन्न भएको हो । 

पहिलो चराणको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य, कार्यक्रम उद्घाटन, पुरानो वर्गलाई बिदाई र नयालाई स्वागत, शुभकामना मन्तव्यका साथै विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएको र शैक्षिक सफलता हासिल गर्नुभएका तमू विद्यार्थीहरुलाई सम्मान र प्रशंसा पत्रका साथमा सम्मान गरिएको थियो।

दोस्रो चरणको सास्कृतिक कार्यक्रम किशान गुरुङले संचालन गरेका थिए । जस्मा सस्कृतिक विभागको समन्वयमा तमू मौलिकता झल्काउने गीतहरुमा बेजोड नृत्य प्रस्तुती र नेपालबाट आमन्त्रित चर्चित गायिका शर्मिला गुरुङ्ग, गायक तथा सङ्गीतकार तेजेन्द्र गुरुङ्ग र मोडेल तथा तमू चलचित्रकि नायिका अस्मी गुरुङ्ग को बेजोड प्रस्तुतिहरु रहेको थियो।

साथै तमू धीं कोरियाको थेगु र बुसान शाखले पनि छुटै कार्यक्रमहरु गरी ल्होसार कार्यक्रम भव्य रुपमा मनाएको छ । 

दक्षिण कोरियामा रहेका तमूहरुलाई आइपर्ने विविध दुख, कष्ट तथा समस्याहरुलाई समाधान गर्ने, तमू भाषा, लिपी, भेष-भूषा, धर्म संस्कार र संस्कृतिको संरक्षण संवर्धन गर्ने, तमूहरुको आपसी एकता, सद्भाव अभिवृद्धि, समग्र तमू समुदायको वृहत्तर हित र तमू समुदायको उत्थान एवं देश विदेशमा रहेका संघ-संस्थाहरूसंग समन्वय गर्ने उदेश्य राखी सन १९९९ मा स्थापित संस्था तमू धीं दक्षिण कोरियाले कोभिड-१९, को बेला छोडेर स्थापना काल देखि निरन्तर रुपमा तमूहरुको प्रमुख पर्व राष्ट्रिय पर्व तमू ल्होसार धुमधामका साथ मनाउदै आइरहेको छ र बिगतका वर्षहरुमा जस्तै यो वर्षको “मुप्री ल्होसार” भव्य र सभ्य रुपमा मनाएको छ।

यस “मुप्री ल्होसार २०८०” कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न प्रत्यक्ष, अप्रत्यक्ष, आर्थिक, नैतिक र भौतिक रुपमा अमुल्य साथ सहयोग साथै कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन उपाथित जनाउनुहुने प्रमुख अतिथी विशेष अतिथि लगायत सम्पूर्णलाई तमू धीं कोरियाले धन्यवाद ज्ञापन गरेको छ ।

फोटो श्रोत – तमू धीं दक्षिण कोरिया

भुँईचालो डायरी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...