Advertisement
SKIP THIS

त्रिभुवन एयरपोर्टका प्रहरी,कर्मचारी नै चोर


काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुई प्रहरीले यात्रुको सामान चोरी गरेका छन् । हङकङको ड्रागन एयरबाट कार्गो भई आएको ल्यापटपलगायत सामान चोरी गर्ने प्रहरी जवानद्वय निर्मल शाह र प्रेमप्रसाद जोशी हुन् । उनीहरूले साउन ३ मध्यराति आएको जहाजबाट डेल कम्पनीको ल्यापटप चोरी गरेका थिए ।

कान्तिपुर दैनिकमा प्रतिमा बाँस्कोटा लेख्छिन – राति सवा १२ बजे कार्गोको एप्रोन एरियामा खटिएका उनीहरूले ल्यापटप भएको कार्टुन च्यातिएको देखेपछि त्यहीँबाटै चोरेका थिए । उनीहरूले सामान चोरी गरेको दृष्य सीसीटीभी फुटेजमा देखिएपछि विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध ड्रागन एयरका एयर सर्भिस व्यवस्थापन सुमन तुलाधरले जाहेरी दिएका छन् । अभियुक्त प्रहरी जवानद्वयलाई चोरी मुद्दा लगाई महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।

विमानस्थलमा चोरी समस्या

विमानस्थलमा यात्रुको सामान चोरी भई नै रहन्छ । तर, प्रहरीबाटै भएको चाहिँ यो पहिलो घटना हो । ‘लोडर वा सरसफाइ गर्नेहरूले त चोरी गरेको भेटिन्थ्यो,’ विमानस्थलका एक प्रहरी अधिकारीले भने, ‘हाम्रै प्रहरीले नै चोरी गरेको घटना पहिलो हो । केही समयअघि इन्डिगो एयरबाट भारतको दिल्लीतर्फ उडेका एक यात्रुको लगेजबाट ३५ हजार भारतीय रुपैयाँ चोरी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थानद्वारको पहिलो विन्दुदेखि नै मानिस र उनीहरूका गतिविधिको निगरानी हुन्छ । भारतीय विमानबाट जाने सामानहरू नेपाली सुरक्षा निकायबाट पास भएपछि भारतीय सुरक्षा निकायको एक्सरे मेसिनबाट अलग्गै जाँच हुन्छ ।

केही समय अघिसम्म पर्याप्त सीसीटीभी नहुँदा वायुसेवा निगम (आरए) का ‘लोडर’ हरूले एक जनाको शरीरले सीसीटीभी छेल्ने र अर्काले यात्रुको झोला खोतल्ने प्रवृत्ति मौलाएको थियो । एयर इन्डिया, थाई एयरवेजबाहेकका सबै एयरलाइन्सका यात्रुको सामानको जिम्मा आरएका कर्मचारीलाई हुन्छ । विमानस्थलमा यात्रुको सामानलाई लिएर हुने यो लापरबाही नौलो होइन । विमानस्थलको चोरी तथा हराएको उजुरी गर्ने शाखामा महिनाको पाँचदेखि ७ वटासम्म उजुरी पर्छन् । सुटकेसभित्र राखिएका मोबाइल, आइप्याड, बच्चाका खेलौनालगायतका सामग्री चोरी भएको उजुरी आउने गर्छ । कतिपय यात्रुले त यस्ता उजुरी दर्तै गर्दैनन् । ‘उजुरी गरे पनि फिर्ता पाउने आशा नदेखेपछि चोरीको उजुरी नै गर्दैनन्,’ एक कर्मचारीले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...