तमू धीं कोरियाको “विल्लियर्डस स्नुकर प्रतियोगिता” सम्पन्न, प्रथम पुरस्कर कृष्ण क्षेत्रीलाई


तमू धीं कोरियाले आयोजना गरेको “विल्लियर्डस स्नुकर प्रतियोगिता” सम्पन्न भएको छ । सउलको दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको स्नुकर हाउसमा आईतवार भएको प्रथम पुरस्कर कृष्ण क्षेत्रीले हात पारेको छ ।

प्रतियोगितामा ३४ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेताले २०,००,००० (बीस लाख वोन) सहित कप, मेडल र प्रमाणपत्र र दोस्रो बिजेता होम बिस्टले १०,००,००० (दस लाख वोन) कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उच्च अंक समे जोड्न सफल कृष्ण क्षेत्रीलाई थप २,००,००० (दुई लाख वोन) कप, मेडल र प्रमाणपत्र प्रदान गरेको छ।

“शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई आत्मसात गर्दै स्वस्थ, स्वच्छ र पारदर्शी खेल मार्फत मनोरन्जन संगै नेपालीहरुमा भ्रातृत्व र मैतृभाव बिकास गर्ने उद्देश्यले खेलकुद विभागको बिशेष सकृयतामा खेलकुद संयोजक कृष्ण गुरुङ(ब्रो) को संयोजनमा “बिल्लियर्ड्स स्नुकर प्रतियोगिता” अयोजना गरिएको थियो ।

तमू धीं दक्षिणको आयोजना, शाखा संस्थाहरुको सह आयोजना, GKS KOREA, MOBILE SHOP र JB BANK, SUWON को स्पोन्सर रहेको प्रतियोगितामा मिडिया पार्टनरको रूपमा फोनिज कोरिया, रेडियो गोर्खाली १०६ MHZ र बिशाल आवज, न्युज पोर्टल साथै सपोर्टरमा ख्वाङ्गेवोन पुल क्लब र नेपाल स्नूकर एसोसेसन, दक्षिण कोरिया रहेको थियो।

प्रतियोगितालाई सभ्य र भव्य रुपमा सफल बनाउन आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णलाई तमू धीं कोरियाले धन्यवाद  व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...