Advertisement
SKIP THIS

पाँचौं प्रवासी मजदुर वक्तृत्वकलामा गुन्जमानको प्रथम स्थानसगै नेपालको जीतमा निरन्तरता


पाँचौं प्रवासी मजदुर कोरियन वक्तृत्वकला प्रतियोगिता–२०२३ मा नेपालको तर्फबाट गुन्जमान लामा विजेता भएको छ । विभिन्न देशका प्रतियोगीहरूमध्ये गुन्जमानले जितेसँगै नेपालले लगातार प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसअघि सङगे तामाङ, सानु शेर्पा, दुध बहादुर लामा र वायु पौडेलले जितेका हुन् ।

अन्तर्राष्ट्रिय धर्म इस्टक्टर एसोसिएसन (IDIA)  जेग्योसा गुम्बाले आयोजना गरेको खुल्ला प्रतियोगितामा १६ जनालाई पछि पार्दै विजेता भएको हो । उनले विजेता भएसँगै प्रमाणपत्र र नगद ५ लाख वन (नेपाली पचास हजार रुपैयाँ) प्राप्त गरेका छन् ।

आइतबार सउल जोङ्गाकको जोगेसा गुम्बाको हलमा भएको कार्यक्रममा दोस्रो क्रमशः. श्रीलङ्का पहन थिहगे अन्जन र इन्डोनेसीकी निङसिह त्रि महरिअन्ती भएका छन् । त्यस्तै तेस्रो नेपालका अर्जुन बहादुर मुक्तान र किर्गिस्तानका असनोभ झनात भएका छन् । उनीहरुले क्रमशः. नगद ३ लाख वन, प्रमाणपत्र र २ लाख वन, प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपालको तर्फबाट गुन्जमान, अर्जुन र डम्बर ध्वाज लिम्बु सहभागी भएका थियो । त्यस्तै भियतनामबाट ३ जना, श्रीलंक, म्यानमार, कम्बोडियाबाट २/२ जना, बंगलदेश, उर्जिस्तान, इन्डोनेसिया, मङ्गोलिया र किर्गिस्तानबाट १/१ जना प्रतियोगितामा सहभागी भएका थियो । सहभागीहरूले प्रमाणपत्रको साथमा प्रत्येकले नगद १ लाख वन प्राप्त गरेका छन् ।

उक्त प्रतियोगितामा सहभागीहरूलाई आयोजकको तर्फबाट प्रतिव्यक्ति १/१ शिक्षक उपलब्ध गराई प्रत्यक्ष तथा अनलाइनमार्फत १/२ महिनादेखि कक्षाहरू दिँदै आइरहेको थियो ।

विजेता काभ्रेका गुन्जमानले नेपालका पर्यटन लगायत विविध विषयमा चर्चा र कोरिया आएपछिको अनुभव बारेमा प्रस्तुति दिएका थिए । त्यस्तै मनोरञ्जन कार्यक्रममा नेपालको तर्फबाट डोमा योञ्जन तामाङले सेलो गीतमा नृत्य प्रस्तुत गरेका थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...