Advertisement
SKIP THIS

कोरियामा फेकआईडी नेपालीले नेपालीको ३ लाख २० हजार रूपैया ठगी


फेसबुक मेसेन्जरमा आफ्नै लागि कामको बारे त्यति धेरै कुरा गरिरहेको नजिकिएको साथी सम्झेर भनेर विश्वास गरि साथीलाई ईमर्जेन्सी आपत पर्यो, बेलुकी नै फिर्ता गरिदिन्छु नेपालको बैङकमा पैसा हाल्न लगाउछ, ३ लाख २० हजार रूपैया हात परेपछि ब्लक गर्दा पो नियत ठग फेक आईडी ठग पो रहेको थाहा हुदां चितवनका हरि कुमार (परिवर्तित नाम ठेगना) ले छाँगबाट खसे झै हुन्छन् ।  फेक आईडी सगंको साथीहरू सबैलाई मेसेज गरेर सोधपुछ गर्दा झनै घटनाले अर्को रूप लियो र खराब सम्बन्ध स्थापित हुदाँ दुःख थप्न पुग्यो ।

फेसबुकमा कोरियामा कामको अवसर भनेर पेजमा र एउटा फेक आईडीबाट कामको बिज्ञापनहरू निरन्तर हालिरहन्छन् र सोझा नेपालीहरू नजिक पारेर काम मिलाईदिने प्रलोभन देखाउदा फसिने फसाउने क्रम बढ्दो छ ।

कोरियामा बेसिक तलब २० लाख वोन कमाउने नेपालीले के खान नेपालीलाई नै त्यस्तो गरेको ?

कहाँबाट कसले ठगेको कानुनी प्रकृयामा जादाँ सजिलै थाहा पाउने विषय हो । नेपालको कानुनी प्रकृयाले व्यक्तिगत आर्थिक कारोबार मुद्दा सकभर दुई पक्षबीच आफै मिल्नु मिलाउनु भन्छ तर अन्तिम बिकल्पमा कानुनी प्रकृया नै हो । कोरियामा ठगेको केसमा प्रहरी कार्यलयमा गई यो नामको व्यक्तिले यो मितिमा यसरी कारोबार भएको प्रमाणको आधारमा खोजी कारबाही गरि पाउँ भनी कानुनी प्रकृयामा जान सकिन्छ ।

सकभर सम्पूर्ण कारोबार बैङकिङ माध्यममार्फत गरौं । नगद कारोबारमा लिने दिनेको साक्षी राख्नु जरूरी हुन्छ । थोरै रकमको पनि प्रलोभनमा पर्ने (हुण्डी कारोबारी) जोकोही कानुनी कारबाहीको भागेदार हुनैपर्छ ।

आर्थिक कारोबार गर्दा साथी आफन्तको जसको पनि परिचय खुल्ने परिचय पत्र अनिवार्य लिने राख्ने बानी बसालौं । नियत नै ठगले जसले आफ्नो पैसा फिर्ता नगर्दा कानुनी प्रकृयामा जान प्रमाण जुटाउन सजिलो हुन्छ ।

म त फसिहाले सबैजना सतर्क रहनुहो अब म सकभर पैसा हालेको खातावाला सम्पर्कमा आउन आग्रह गरेर समस्या समाधानको प्रकृया जान्छु, अन्तिम बिपल्प कानुनी प्रकृयामा जाने हरिले फोनिज कोरियालाई बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...