क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ


नेपाल हिमालयको काखमा अवस्थित सुन्दर देश हो । यो देश मनोरम दृष्य र जीवन्त संस्कृतिको लागि सुप्रसिद्ध छ । यति हुँदाहुँदै पनि नेपालीहरुमा लुकेको धेरै समस्या र बेथाहरु छन् । यस मध्ये एउटा जटिल र गम्भिर समस्या हो “क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्य” । एक अध्ययनले क्यान्सर बिरामीहरूमा आत्महत्याबाट मृत्यु हुने दर सामान्य जनसंख्याको तुलनामा ८५ प्रतिशतले बढी रहेको देखाएको छ । यसै कुरालाई मध्यनजर गर्दै विगत लामो समयदखी क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यलाई सहयोग गर्ने प्रयासमा छु म  र मेरो धैर्य क्यान्सर फाउन्डेसन ।अनेकौ व्यवधानलाई तोड्दै यसै क्षेत्रको परिवर्तनको उत्प्रेरक बन्ने कोसिसमा छु ।  

एकजना मृगौलाको क्यान्सरले ग्रस्त किशोर बारेको समाचारले 

मेरो मनमा नराम्ररी हलचल ल्यायो । यसैले यो परिवर्तनकारी यात्राको शुरुवात गर्न प्रेरणा मिलेको हो । दुर्भाग्यवश, उक्त किशोरको मानसिक अस्वास्थ्यता र निराशाले उसको ज्यान लिने अवस्था सम्म पुर्यायो । त्यसपछि मैले संकल्प गरे कि ‘यही क्षेत्रमा केही गर्छु ।’  यो युवाको छोटो जीवन र क्यान्सर रोगीहरूले सामना गरेको भयानक मानसिक स्वास्थ्य सम्बन्धि सङ्घर्षले मेरो हृदयमा एउटा अमिट छाप छोडेको छ । यस्तो दर्दनाक अवस्थामा सुधार ल्याउन म आफ्नो सङ्कल्पमा सदा दृढ छु ।

म सङ्कल्प गर्छु कि कोही पनि क्यान्सर पिडितले मानसिक स्वास्थ्य जटिलताको कारणले आफ्नो जीवनको आहुति दिन नपरोस् ।

नेपालमा क्यान्सर रोगीहरूका लागि विशेष परामर्श केन्द्र र उचित सेवाहरूको अभावले एउटा चुनौतीपूर्ण अवरोध खडा गरिरहेको थियो । यसै विच सन् २०१७ मा वेलायत यात्रा गर्ने अवसर पाए । त्यहाँका अस्पतालहरूले क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यलाई कसरी प्राथमिकता दिएका थिए भन्ने कुरा प्रत्यक्ष देख्न पाएकी थिए । यसले मेरो दृष्टिकोण परिवर्तन गर्यो। बेलायतका अस्पतालहरूले क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यलाई कसरी प्राथमिकता दिएका थिए भन्ने कुरालाई साक्षीको रुपमा लिदै धैर्य क्यान्सर फाउन्डेसन स्थापना गर्ने नयाँ संकल्पका साथ नेपाल फर्किए ।

तर यो सजिलो यात्रा थिएन । मनोसामाजिक सहायताको महत्त्वलाई खारेज गर्ने स्वास्थ्यकर्मी र शिक्षित व्यक्तिहरूलाई भावनात्मक सहयोगको महत्त्व बुझाउन कठिनाइ सहित थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको थियो मैले । कसै-कसैले चिकित्सा उपचारका लागि बचत गर्न सक्ने हुँदा परामर्शमा पैसा किन खर्च गर्ने भन्ने प्रश्न पनि उठाए । थप अध्ययनका लागि विदेश जाने अभिभावकको दबाबका बाबजुद म नेपालभित्र सकारात्मक प्रभाव पार्ने आफ्नो प्रतिबद्धतामा अडिग रहे ।

क्यान्सर र मानसिक स्वास्थ्यको क्षेत्रमा नेपालमा आफ्नै खाले चुनौतिहरू थिए । देशमा विशेष परामर्श केन्द्रहरूको अभाव थियो र स्वास्थ्य सेवामा भावनात्मक सहयोगको महत्वलाई मानिसहरूले शङ्काको दृष्टिले हेर्ने गर्थे । औषधोपचारको पद्धति नै संभव भएको अवस्थामा स्रोत साधनलाई किन परामर्शतर्फ विमूख गराउनू भनेर कतिले प्रश्न खडा गरे । तर अविचलित भई म आफ्नो अभियानमा डटी रहेँ । मैले ठम्याएँ कि यस्तो अवस्थामा खास गरी गलत सामाजिक अफवाहबाट त्रस्त क्यान्सर रोगीहरू बिच परामर्शको धारणा बदल्नु निर्णायक कदम थियो । परामर्श खोज्नु भनेको ‟पागलˮ हुनु बराबर हो भन्ने प्रचलित गलत मान्यतालाई भत्काउनु जरुरी थियो र म त्यही गर्न दृढ रहेँ ।

२०२२ मार्चमा नेचर मेडिसिन अन्तर्गत प्रकाशित एक लेखको अनुसार क्यान्सर बिरामीहरूमा आत्महत्याबाट मृत्यु हुने दर सामान्य जनसंख्याको तुलनामा ८५ प्रतिशतले बढी पाइयो । कलेजो, पेट, टाउको, घाँटी र प्याँक्रियाज सम्बन्धि क्यान्सरको उपचार गर्न गाह्रो भएका बिरामीहरूमा आत्महत्याबाट हुने मृत्युदर बढी पाइयो । मैले काम गर्दा, महिला क्यान्सर रोगी र पुरुष समकक्षीबिच एउटा महत्वपूर्ण फरकपन पहिचान गरेँ । प्रायः परिवारका प्राथमिक हेरचाहकर्ता र भावनात्मक स्तम्भका रुपमा रहेका महिलाहरू क्यान्सरको शारीरिक दर्दसँग मात्र लड्दैनन् बरु ठूला सामाजिक समस्याहरु समेत वहन गर्दा रहेछन् । तीनै महिलाहरूलाई परिवारका सदस्यहरूले समेत बेवास्ता गर्ने, बिसन्चो हुँदा पनि घरपरिवारको जिम्मेवारीले थिच्ने र पतिको भावनात्मक बेवास्ताको शिकार बन्ने रहेछन् ।

यस्ता बेथितिको सच्चाइको लागि म र मरो धैर्य क्यान्सर फाउण्डेसनको टिम एउटा प्रेरणादायी यात्रामा छ । मेरो सङ्कल्प छ, यो यात्रा नेपालको सबै क्षेत्रमा फैलिने छ । क्यान्सर रोगी र तिनका परिवारका अद्वितीय आवश्यकतालाई सम्बोधन गर्न मानसिक स्वास्थ्य कार्यक्रमलाई देशभरिका विद्यालय, अस्पतालहरूमा फैलाउने परिकल्पनामा काम गर्दै छु । क्यान्सरबाट प्रताडित व्यक्तिलाई आशा, भरोसा, सहनशीलता प्रदान गर्दै सशक्तिकरण गर्ने कार्यमा म दृढ सङ्कल्पित छु ।

यद्यपि, यो ध्यान दिन जरुरी छ कि, विकासशील देशहरू भित्रै पनि अवस्थाहरू फरक पर्न सक्छन् । यी क्षेत्रहरूमा क्यान्सर रोगीको हेरचाह र मानसिक स्वास्थ्य सहयोगलाई सुधार गर्ने प्रयासहरू भइरहेका छन् । विकासशील देशहरूमा पनि क्यान्सरको मानसिक स्वास्थ्य प्रभावबारेको सचेतना बढ्दै गएको छ । क्यान्सर रोगीको हेरचाहको कार्यक्रममा मनोसामाजिक सहयोग गर्ने पहलहरू भइरहेका छन् । विकासशील देशहरूले क्यान्सर रोगीको रोग निदान गर्न उसको मानसिक स्वास्थ्यमा उचित ध्यान दिन जरुरी छ । सेवाका कार्यक्रमहरूको बृद्धि विकासको लागि हामीले प्रभावकारी बहस, अनुसन्धान, नीति तथा कार्यक्रमहरूको निर्माण एवम् कार्यन्वयन गर्नु पर्ने हुन्छ ।

एकजना मनोसामाजिक परामर्शदातृको रुपमा, म खाली भावनात्मक सहयोग मात्र नगरेर मानसिक स्वास्थ्य सहयोगको खाँचो परेका जो कोही बिरामीलाई गहिरो हेरचाह पनि प्रदान गर्दछु । मेरो विशेषज्ञता र करुणा चुनौतिपूर्ण मानसिक स्वास्थ्यको सामना गरेर अघि बढीरहेकाहरूको लागि पथ प्रदर्शक सिद्ध हुँदै आएको छ । प्रतिकुलताको सामना गर्दा मेरो लचिलोपन र अटल प्रतिबद्धतामा निक्खर्ता आएको महसुस भएको छ । नेपाल र नेपाली प्रतिको मेरो समर्पणले मानसिक स्वास्थ्यका बाधाहरूलाई मात्र हटाएको छैन बरु भावनात्मक कल्याणको महत्व बुझ्न समाजलाई प्रेरित पनि गरेको छ जस्तो मलाई लाग्छ ।

टेरिसा तामाङ र धैर्य क्यान्सर फाउण्डेसन, नेपालमा क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्य सेवाका लागि पायनियर हुन् भनेर धेरैले भनेको सुन्दा खुशी लाग्छ । हाम्रो अटल दुढता, करुणा, सिर्जनात्मक पहलहरूले देशको मानसिक स्वास्थ्यको परिदृष्यलाई पुर्न आकार दिईरहेका छन् । मेरो कथा व्यक्तिको रूपान्तरणकारी तृष्णा र दृढ सङ्कल्पित शक्तिको सबुत हो ।  साथै यसले नेपालको चहकिलो र करुणामैत्री भविष्यतर्फको मार्गलाई उजागर गरिरहेको छ ।

धैर्य क्यान्सर फाउन्डेसनको स्थापना कालदेखि नै हामीले क्यान्सर सम्बन्धि जनचेतना बढाउने, आवश्यक मनोसामाजिक सहायता प्रदान गर्ने र मानसिक स्वास्थ्य सम्बद्ध सामाजिक मनोविज्ञानमा गडेको दागलाई मेटाउने महत्वपूर्ण पहलकदमी लिँदै आएका छौँ । सरकारी अस्पतालहरू सँगको सहकार्यमा क्यान्सर पिडित बालबालिकाका लागि आर्ट थेरापी, पियर सपोर्ट प्रोग्राम, मानसिक स्वास्थ्य सचेतना अभियान, विभिन्न क्यान्सर रोग, आशा एवम् सकारात्मक सन्देशको प्रतिनिधित्व गर्ने मोजा बुनाई अभियान लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ । हाम्रो फाउन्डेसनले सञ्चालन गर्दै आएको यो खाले कार्यक्रमले एकताको शक्तिशाली निशान निर्माण गरेको छ भने कयौँ व्यक्तिको जीवनमा गहिरो प्रभाव पार्दै सकारात्मक सन्देशको अमिट छाप छोडेको छ ।

हाम्रो चलिरहेको अभियान अन्तर्गत अझै धेरै काम गर्न बाँकी छन् भनी हामी स्वीकार्छौ र हामी यो पनि दृढ विश्वास गर्छौँ कि हाम्रो सामूहिक प्रयासले नेपालका धेरै क्यान्सर रोगी र तिनका परिवारमा ठोस् र सकारात्मक परिवर्तन ल्याएको छ । हामी असल परिणामको लागि प्रतिबद्ध छौँ । हामी समर्पणमा दृढ छौँ र भविष्यप्रति आशावादी छौँ, जहाँ क्यान्सर रोगीहरूको समग्र हेरचाहमा मानसिक स्वास्थ्य सहयोग अपरिहार्य छ । नेपालका क्यान्सर प्रभावित व्यक्तिहरूको थप करुणामैत्री भोलि एवम् उज्यालो भविष्यको लागि हामी सँगै सधैँ प्रयत्नशील रहनेछौँ ।

तपाईँ सम्पूर्णको सहयोगले यो सोचलाई वास्तविकतामा बदल्न सक्नेछौँ । म सङ्कल्प गर्छु कि कोही पनि क्यान्सर पिडितले मानसिक स्वास्थ्य जटिलताको कारणले आफ्नो जीवनको आहुति दिन नपरोस् । हामी क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यलाई मात्र नभएर ज–जस्ले मानसिक स्वास्थ्य चुनौतिहरू सामना गरिरहनुभएको छ, वहाँहरूको जीवनमा पनि परिवर्तन ल्याउन लागी पर्ने गर्दछौँ । हामी जरुरी परेकाहरूलाई आशा र आवाज प्रदान गर्दछौँ । हामी सहयोगको जरुरी भएका जोकोहीलाई सहयोग प्रदान गर्दछौँ । 

शिक्षा परिवर्तनको कोशेढुङ्गा हो । हाम्रो अभियानको एउटा पाटोको रुपमा हामी बालबालिकाहरूको मानसिक स्वास्थ्य समस्या संबोधनको महत्वलाई अङ्गिकार गर्दै विद्यालयहरूमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यो एक ज्ञात तथ्य हो कि सबै गम्भीर वयस्क मनोवैज्ञानिक समस्याहरू मध्ये आधा १४ वर्षको उमेरमा शुरु हुन्छ तर यस्तो समस्या शुरु भएको ६–२३ वर्ष सम्म पनि यसको उपचार शुरु हुँदैन । चिन्ता र मुड डिस्अर्डर किशोरहरूको तुलनामा किशोरीहरूमा दुई देखि तीन गुणा बढी देखा पर्छ भने त्यही दरमा किशोरीहरूमा भन्दा बढी किशोरहरूमा अटेन्सन डिफिसिट डिस्अर्डर देखा पर्ने गर्दछ । यी तथ्याङ्कहरूले मानिसको जीवनको प्रारम्भिक कालमै हेरचाह र सहयोगको अपरिहार्यता जाहेर गर्दछन् । यो समस्याको संबोधन स्वरुप विद्यार्थीहरूलाई सचेतनाको लागि र संभावित मानसिक स्वास्थ्य समस्याको पहिचान गर्ने कार्यमा सघाउन हामीले विद्यालयहरूमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।

हामीलाई विश्वास छ, यो महत्वपूर्ण चरणमा उपलब्ध गराइने शिक्षा र सहयोगले विद्यार्थीहरूको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्नेछौँ । जटिल मानसिक अवस्थालाई चिर्दै अघि बढ्न सुझबुझ र आवश्यक उपकरणहरू प्रदान गरेर हामीले हजारौँ मानिसको जीवनमा अर्थपूर्ण प्रभाव पारेका छौँ । अवरोधहरूलाई भत्काउन दृढ सङ्कल्पित हुँदै, असिमित सेवा प्रवाह गर्दै मानिसहरूको चहकिलो भविष्यको लागि हामी निरन्तर प्रयास जारी राख्नेछौँ ।  

टेरिसा तामाङ बारे

काठमन्डौमा सामान्य मध्यम बर्गीय परिवारमा जन्मेकी टेरिसाले १५ बर्षको उमेरमा कान्छो वैज्ञानिक नामको सम्मान प्राप्त गरेकी थिइन । सन् २०१५ मा बैंकक, थाइल्याण्डको राष्ट्रिय विज्ञान र प्रविधि विकास एजेन्सीमा आयोजित विज्ञान शिविरद्वारा “जेनेटिकली अमेजिङ अर्गनिज्म”को क्षेत्रमा कांस्य पुरस्कार प्राप्त गरेको हो । उक्त प्रतियोगितामा २९ एसिया-प्यासिफिक देशका विज्ञान विद्यार्थीहरूको सहभागिता थियो र यू प्रसिद्ध पुरस्कार विजेता वैज्ञानिकहरू र नोबेल पुरस्कार विजेताहरूको उपस्थिति थियो।

सन् २०१६ मा, उनले नेपालबाट प्लास्टिकका झोलाहरू हटाउने प्रयासमा योगदान गर्दै हिमालयन क्लाइमेट इनिसिएटिभमा स्वयम्सेवा गरेको अनुभव बटुकेकी छिन् । सोही वर्षमा जापानमा विद्यार्थीहरूको लागि तयार पारिएको संयुक्त राष्ट्र संघको कार्यक्रममा पनि भाग लिएकी थिइन्।

विदेश यात्राको अनुभवले उनमा गहिरो छाप छोड्यो। उनी भन्छिन् “मैले महसुस गरें कि विकसित देशहरूमा थप विकासको लागि कम ठाउँ हुन सक्छ, जबकि विकासशील देशहरूमा अझै धेरै महत्त्वपूर्ण कामहरू पूरा गर्न बाँकी छ । यो चेतनाले मलाई सानैदेखि सकारात्मक परिवर्तनलाई प्रभाव पार्ने गहिरो प्रेरणा दिएको छ।”

यसरी उनले सन्२०१७ मा धैर्य क्यान्सर फाउन्डेसनको स्थापना गरे । यसै मार्फत नेपलमा क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएकी छिन् ।

क्यान्सर रोगीहरूलाई मनोपरामर्श समेत दिदै आएकी टेरिसाले माइक्रोबायोलोजीमा  स्नातक गरेकी छिन् भने हाल मनोविज्ञानको बिद्यार्थी हुन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...