Advertisement
SKIP THIS

याङसान रनिङ भलिबल प्रतियोगीताको उपाधी किम्हे माइग्रेण्ट हाउस ए को पोल्टामा


अशोक पोख्रेल,

दक्षिण कोरियाको याङसान शहरमा गठित ” याङसान नेपाली परिवार ” ले आयोजना गरेको प्रथम याङसान रनिङ्ग भलिबल कपको उपाधी किम्हे माइग्रेण्ट हाउस ए ले हात पारेको छ । कोरियाको सुन्दर शहर भनेर चिनिएको याङसान शहरमा गठित याङसान नेपाली परिवारले यस क्षेत्रमा नेपाल र नेपालीको पहिचान झल्कने किसीमका साँस्कृतिक कार्यक्रमहरूमा सक्रिय रहदै आएको छ। आफ्ना गतिबिधी विस्तार गर्ने क्रममा यसपालबाट प्रथम याङसान रनिङ्ग भलिबल प्रतियोगीताको शुरूवात गरेको अध्यक्ष नवराज वाग्लेले वताएका छन् ।

यही जुलाइ २६ तारिक गत आइतबार, याङसानमा अबस्थित याङजु छोदोङ हाक्योको कवर्डहलमा सम्पन्न भएको उक्त प्रतियोगितामा समुह “ए” अन्तर्गत किम्हे माइग्रेण्ट हाउस ए, थेगु एन आर एन, याङसान ए, बुसान एन आर एन, साथै समुह “वि” अन्ततर्गत गजेदो, किम्हे माइग्रेण्ट हाउस वि, याङसान वि र किम्हे मगर संघ गरी जम्मा ८ वटा टिमको प्रतिस्प्रधा भएको थियो ।
footbal
निर्धारीत समय अनुसार विहानको ११ बजेबाट शुरू भएको उक्त प्रतियोगितामा दर्शक र समर्थकहरूको बाक्लो उपस्थिती रहेको थियो । यस रोमाञ्चक प्रतिस्प्रधामा समुह “ए” बाट थेगु एन आर एनलाइ हराउँदै किम्हे माइग्रेण्ट हाउस ए र बुसान एन आर एन लाइ हराउँदै याङसान नेपाली परिवार ए, त्यस्तै गरेर समुह “वि” बाट किम्हे माइग्रेण्ट हाउस विलाइ हराउँदै गजेदो र याङसान नेपाली परिवार वि लाइ हराउँदै किम्हे मगर संघ अन्तिम चारमा पुगेका थिए ।

अति नै प्रतिस्प्रधात्मक भएको उक्त प्रतियोगितामा किम्हे माइग्रेण्ट हाउस ए ले समुह ” ए” बाट याङसान नेपाली परिवार ए लाइ हराउँदै फाइनलको यात्रा तय गर्यो भने समुह “वि” बाट मगर संघ किम्हेलाइ हराउँदै गजेदो फाइनलमा पुग्यो। समुह “ए” को विजेता किम्हे माइग्रेण्ट हाउस र समुह “वि” को विजेता गजेदो वीच भएको रोमाञ्चक फाइनल खेलमा किम्हे माइग्रेण्ट हाउस ए ले गजेदोलाइ हराउँदै उपाधी आफ्नो पोलाटामा पार्यो भने गजेदोले दोस्रोमा चित्त बुझायो।
fotb
प्रतियोगितामा प्रथम टिम किम्हे माइग्रेण्ट हाउस ए ले प्रमाणपत्र, कप सहित ५ लाख वनको प्रथम पुरस्कार हातापार्यो भने दोस्रो गजेदो टिमले प्रमाण पत्र सहित ३लाख वन दोस्रो पुरस्कार लिन सफल भयो। यस प्रतियोगिता कै उत्कृस्ट खेलाडी को उपाधी भने,प्रमाण पत्र,सहित १ लाख वन, याङसान नेपाली परिवारका सुजन गुरूङले लिन सफल भए।

पहिलो पटकको यो प्रथम याङसान रनिङ्ग भलिबल प्रतियोगिता सोचे भन्दा पनी बढी सफल भएको भन्दै खेलाडी,समर्थक लगायत सबैलाई आयोजकले धन्यवाद समेत दिएको थियो।
fott

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...