Advertisement
SKIP THIS

मकवानपुर म्युजिकल सो–२ को टिकट जिमनि ट्रान्सको एपमा पाइने


मकवानपुर म्युजिकल सो–२ को टिकट अब अनलाइनमा ‘जिमनि ट्रान्स’ को मोबाइल एपमा पाउने भएको छ । कोरियाबाट नेपाल लगायत धेरै देशहरूमा रेमिट्यान्स पठाउने कम्पनी जिमनि ट्रान्सको एपबाट अब सजिलै टिकट काट्न सक्ने भएको हो । शुक्रवार दोङ्देमुन प्रधान कार्यालयमा आयोजक संस्था मकवानपुर कोरिया मञ्चका अध्यक्ष सूर्य रुम्बा, महासचिव शुभराज भोम्जन र जिमनिका सिईओ किम जोङ मु, नेपाली प्रतिनिधि सन्जोक चौहान, आइटी इन्जिनियर भेस क्षेत्री र शुशिल खनालसँगको छलफलबाट सम्झौता भएको महासचिव भोम्जनले बताए । जिमनि ट्रान्स मकवानपुर म्युजिकल सो–२ को प्रायोजक पनि हो । प्रायोजक जिमनि ट्रान्सले कार्यक्रमको लागि सम्पर्क कार्यालय दोङ्देमुनमा उपलब्ध गराएको छ ।

त्यस्तै कार्यक्रमको सयममा यातायातको समेत व्यवस्था गराइने सम्झौता भएको महासचिव शुभराज भोम्जनले जानकारी दिए । दोङ्देमुनबाट कन्सर्ट स्थल ‘चिल्ड्रेन ग्रान्ड पार्क’ रेल स्टेसनसम्म पुग्नका लागि निःशुल्क बसको व्यवस्था हुने छ । मकवानपुर कोरिया मञ्चले कोरियन चाड ‘छुसक’को अवसरमा यही सेप्टेम्बर २९ गते कोरियामा ‘सेल्टर’ स्थापना गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रम गर्दै छ । प्रचारप्रसारको लागि सुजन चापागाईँको ब्यान्डको भिडियो फुटेज राखेर भिडियो प्रोमो पनि सामाजिक सन्जालमा सार्वजनिक गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...