Advertisement
SKIP THIS

मकवानपुर म्युजिकल शो–२ मा सुजन चापागाँईको ब्यान्डसँगै प्रिति आले र प्रकाश तितुङको प्रस्तुति हुने


कोरियाको लामो बिदा हुने समय छुसकको दोस्रो दिन मकवानपुर म्युजिकल शो–२ हुने भएको छ । म्युजिकल शोमा चर्चित गायक सुजन चापागाँईको ब्यान्डको प्रस्तुति हुने भएको छ । कार्यक्रममा लोकदोहोरी गायिका प्रिती आले र सेलो गायक प्रकाश तितुङको पनि प्रस्तुति हुनेछ । मकवानपुर सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रम सेप्टेम्बर २९ मा हुनेछ ।
पहिलो पटक नेपालीले खुल्ला ठाउँमा साँगीतिक कार्यक्रम गर्न लागेको आयोजकले बताएका छन् । आठ हजारसम्म दर्शकले कार्यक्रममा सहभागि हुन सक्ने सौलको ‘चिल्डेन ग्रेण्ड पार्क’को खुल्ला स्टेजमा कार्यक्रम गर्ने मकवानपुर कोरिया मञ्चको महासचिव शुभराज भोम्जनले बताए । महासचिव भोम्जनले कार्यक्रम सफल पार्नका लागि लगभग ८ करोड कोरियन वन लाग्ने अनुमान गरे । उनले भने त्यसको लागि सम्पुर्ण मकवानपुरका साथीहरु, एनआरएनए, नेपाली सम्पर्क समिति, बागमती प्रदेश एकता समाज लगायत सबै जिल्लाका संघ–संस्थाहरुले सहयोग गनुपर्ने हुन्छ, र गर्नुहुन्छ भन्ने आशा पनि छ ।’
म्युजिकल शोबाट उठेको फाइदाबाट कोरियामा रहेका नेपालीहरुको लागि मकवानपुरले ‘सेल्टर’ स्थापना गर्ने अध्यक्ष गायक सुर्य रुम्बाले बताए । उनले भने, ‘पहिला–पहिला पनि साँगीतिक कार्यक्रमहरु गर्दै आइरहेको हो, त्यो विगतको त्रृटिहरुलाई सच्याउदै नयाँ ढंगले, नयाँ जोस जंगरका साथ कार्यक्रम सफल पार्न लागेको छौं ।’ कार्यक्रममा सुरक्षाको ब्यबस्थामा कुनै पनि कमिकमजोरी नहुने बताए ।
सुजन चापागगाईको ‘घुमी घुमी…’, ‘लजाएर…’, ‘गाला पुक्क…’ र ‘फुलथुङ्गे रानी…’ जस्ता चर्चित गीतहरु रहेका छन् भने प्रिति आलेको सोल्टी राजाको…., जमाना खराव छ, दोहोरी व्याटल जस्ता चर्चित गीतहरु रहेका छन् । लोक सेलो गायक प्रकाश तितुङका सोनाम ल्होछार, स्याउ स्याउ नाना लगाएतका गीत चर्चित छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...