कोरियामा “नेपाल राइनो”काे शान


कोरियन A डिभिजन क्रिकेट लिगको फाइनलमा कोरिया क्रिकेट एसोसिएसन द्वारा आयोजित 2023 KOREA CUP T20 LEAGUE (2023 코리아컵 T20 리그)मा नेपालको क्रिकेट टिम NEPAL RHINO ‘A’ डिभिजन अन्तर्गतको फाइनलमा पुगेकाे छ  ।

NEPAL RHINO बिगत ८ वर्ष देखि केारियामा केारिया क्रिकेट एसेासियसन (KCA) ले आयोजना गर्ने बिभिन्न प्रतियेागितामा सहभागी भईरहेको छ । सुरुको ६ वर्ष B डिभिजनमा रहेकाे राइनाे गत वर्ष B डिभिजनको उपबिजेता भए संगै A डिभिजनमा बढुवा भएको थियो । नेपालका बिभिन्न जिल्लाका क्रिकेट प्रेमी खेलाडीहरुको टिम Nepal Rhino का अधिकांश खेलाडी पेशाले श्रमिक नै हुन । आफ्नो काम गरेर बाकिं रहेकाे छुट्टिका दिनहरुमा अभ्यास गर्दै एउटा बलियो नेपाली क्रिकेट टिम तयार बनाउन सफल भएको टिम म्यानेजर राज श्रेष्ठ बताउंछन । पूर्वि एशियाका पावर हाउस ईन्डिया,पाकिस्तान,श्रीलंका,बंगलादेशका क्रिकेट टिम संग खेल्दै आएको Nepal Rhino याे पटक A डिभिजनको फाईनलमा पुगेको हो।

फाईनलमा पाकिस्तानको GIMPO QALANDAR क्रिकेट टिमसँग यहि २७ तारिख आइतबार सामना गर्ने निश्चित गरिएकोमा कोरिया क्रिकेट एसोसिएसन को पछिल्लो सुचना अनुसार खेल हुने दिन भारि वर्षाका कारण खेलमैदान को अवस्था नराम्रो हुने हुनाले खेल सेप्टेम्बर ३ तारिख आइतबारका लागि सारिएको जनाएको छ। आफुहरुको तयारी ट्रफि उचाल्ने रहेको क्याटेन शिव श्रेष्ठ बताउंदै दक्षिण कोरियामा रहने सम्पुर्ण नेपाली खेलप्रेमीलाइ इन्छन् स्थित 연희 크리켓 경기장 स्टेडियममा हुने फाईनल खेल हेर्न र खेलाडी हरुको मनोबल बढाउन खेलमैदान मा प्रत्यक्ष उपस्थिति हुन आग्रह समेत गरेका छन् ।

연희 크리켓 경기장 मा नेपालकाे राष्ट्रिय टेालीले समेत सन् २०१४ मा एसियन गेम खेलेकेा थियो । खेलमैदान ईन्छन २ नम्बर ट्रेन लाईनको서구청역 बाट हिडेर १० मिनेटमा पुग्न सकिन्छ ।हाल केारियामा टेनिस बल खेल्ने थुप्रै क्रिकेट टिम रहे पनि डिउस बल खेल्ने एकमात्र क्रिकेट टिम भने नेपाल राईनो

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...