Advertisement
SKIP THIS

दक्षिण कोरियामा राष्ट्रव्यापी नागरिक रक्षा अभ्यास


उत्तर कोरियासँग बढ्दो तनावको वीचमा दक्षिण कोरियाले बुधबार ६ बर्ष पछि पहिलो राष्ट्रव्यापी नागरिक रक्षा अभ्यास गरेको छ । भारि बर्षाका कारण प्रभावित भएको अभ्यास उत्तर कोरियाले आक्रमण गरे कसरी बच्न सकिन्छ भनेर गर्ने गरिएको छ ।
कोरियाली समय दिउँसो २ बजेको सुरु भएको अभ्यास २० मिनेटको चलेको थियो । अभ्यास मानिसहरुले आपातकालीन समयमा प्रयोग गर्न तोकिएको आश्रय वा भूमिगत सुरक्षित ठाउँहरूमा गएका थिए । कोरियाले देशै भरि १७ हजार ठाउँहरुलाई आपतकालिन प्रयोग गर्ने ठाउँको रुपमा तोकेको छ । कोरियालीहरु माझ चर्चित मोबाइल एपहरु काकाओ, नेभर, टिम्यापमा यस्ता ठाउँहरु कहाँ छन् भनेर हेर्न सकिन्छ ।
नागरिक सुरक्षा अभ्यासको समयमा, चालकहरूले सडकमा गाडी नगुडाउन र रेडियो निर्देशनहरू पालना गर्न भने पनि धेरै ठाउँमा गाडीहरु भने गुडेका थिए । रेलका स्टेशनका ढोकाहरु बन्द गरिएका थिए । यात्रूहरु २० मिनेटसम्म स्टेशनमै बसेका थिए । सोल र अन्य प्रमुख शहरहरूमा धेरै सडकहरू अभ्यासको लागि बन्द गरिएको थियो ।
आपातकालिन आश्रय स्थलमा बस्दा के कसरी जोगिन सकिन्छ भनेर फोन म्यासेज, रेडियो र टिभी मार्फत जनतालाई सुचना दिएको थियो । धेरै मानिसहरुले फोनमा बजेको आपातकालीन अर्लट, रेडियो र टिभीको वास्ता भने गरिएको देखिएन । पैदल यात्रुहरु गन्तब्यका लागि हिडिरहेको देखिन्थ्यो ।
अस्पताल, एयरलाइन्स, रेलवे, सबवे र व्यावसायिक समुद्री यातायात लगायतका अत्यावश्यक सेवाहरू नागरिक सुरक्षा अभ्यास गरिएको थिएन । केही समय अघि भारी वर्षाका कारण प्रकोप क्षेत्रका रूपमा तोकिएका क्षेत्रहरूलाई पनि अभ्यासमा सहभागी हुन नपर्ने कोरियाली गृह मन्त्रालयले जनाएको थियो ।
यो अभ्यास गर्ने निर्णय उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको एक महिनापछि आएको छ, जसले किम जोङ उनको नेतृत्वमा तीव्र रूपमा विकसित मिसाइल कार्यक्रममा महत्वपूर्ण प्रगतिको रुपमा हेरिएको छ । राजधानी सोल, दुई कोरियालाई अलग गर्ने शैन्यगतिविधि शुल्य क्षेत्र डीएमजीबाट ५० किलोमिटर दूरीमा छ । उत्तर कोरियासँग दक्षिण कोरिया मात्र नभएर अमेरिकासम्म नै मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरिसकेको विस्वास गरिन्छ ।
नागरिक रक्षा अभ्यास पहिलो पटक १९७५ मा कम्युनिस्ट विरोधी सैन्य तानाशाहीको अवधिमा शुरू भएको थियो । सन् १९९० को दशकमा दक्षिण कोरिया भएको आर्थिक विकाससँगै उत्तर कोरियाली विरोधका रुपमा मात्रै यस्तो अम्यास हुँदै आएका छ । कोरियाली राष्ट्रपतिको कार्यकाल भरि उत्तर कोरियालाई हेर्ने नीति कस्तो बन्छ भन्ने कुरा पनि यस्ता अभ्यासहरुबाट देखाउँछ ।
आजभोली धेरै दक्षिण कोरियालीहरूले प्योङयाङले आक्रमण गरि हाल्छ भन्नेमा विस्वास गर्दैनन् । दुई देशवीच अहिलेसम्म औपचारिक युद्धविराम भएको छै्रन । सन् १९५० देखि १९५३ सम्म युद्ध भएको थियो । यो युद्धमा दुबै कोरियाका लाखौ मानिसको मृत्यू भएको थियो । अमेरिका, बेलायत, चीन लगाएतका अन्य देशका सैनिक पनि युद्धमा मारिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...