Advertisement
SKIP THIS

दोस्रो स्याङ्जा कप २०१५’ मा १९ टिमको सहभागिता हुने


नोमराज गुरुङ

सोल -अगामी अगष्ट २ तारिख कोरियाको गर्मी बिदालाई लक्षित गर्दै आयोजना गर्न लागिएको ‘स्याङ्जा कप २०१५’ पुरुष भलिबल प्रतियोगितामा जम्मा १९ टिमले सहभागिता जनाउने भएको छ ।

 

प्रतियोगिताको मिति नजिकिँदै गर्दा आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले जुलाई २६ तारिख आईतबार सोलको दोङ्देमुन शहरमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा सहभागि टिम र सम्बन्धित सबैलाई सहभागि टिमहरु बारे जानकारी गराएको हो ।

 

आयोजकले दिएको जानकारी अनुसार यसपाली ‘तमु धीँ दक्षिण कोरिया’ले भलिबल प्रतियोगितामै पहिलो पटक सहभागिता जनाउने भएका छन् । त्यस्तै केही समयको बिश्रामपछि ‘नमस्ते पाल्पा परिवार’ पनि भलिवल प्रतियोगितामा आफुलाई सहभागिता गराउँदैछन् । त्यस्तै सोल क्षेत्रमा हुने भलिबल प्रतियोगितामा ‘मोक्फो चौतारी’ पनि नयाँ टिम भएको आयोजकले जनाएको छ ।

 

‘सद्भाव र एकताको कामना, स्याङ्जा कपको आयोजना’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको स्याङ्जा कप २०१५ को लागि परिवारले आईतबारै खेल तालिका समेत सार्वजानिक गरेको छ ।

 

सार्वजानिक गरिएको खेल तालिका अनुसार ‘ए’ पोलमा  १० टिम र ‘बी’ पोलमा ९ टिम समावेश गरिएको छ । त्यस्तै प्रतियोगिताको पहिलो खेल तमु धीँ दक्षिण कोरिया र तनहुँ सम्पर्क समिति बीच बिहान ८ः३० हुनेछ र दोस्रो खेल मेचीमहाकाली युनाईटेड र युनिक भिजनबीच हुनेछ ।

 

सोलको गुफाबाल योक नजिकैको उन्फ्योङ्ग खेल केन्द्र (तनहुँ सम्पर्क समितिले भानु कप आयोजना गरेको स्टेडियम) मा सञ्चालन हुने प्रतियोगिताको लागि साँझ ६ बजेसम्म मात्रै हल उपलब्ध भएकाले निर्धारित समयमै खेल सुरु हुने आयोजकले सबै सहभागि टिमहरुलाई सुझाएको छ ।

 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० लाख वनका साथै शिल्ड र प्रमाणपत्र र द्धितीय हुने नगद ७ लाख वन र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै तृतीय स्थानका लागि खेल प्रतिस्पर्धा र चिट्ठा सिस्टम दुबै नगराई दुबै टिमलाई प्रवेश शुल्क २÷२ लाख वन फिर्ता गरिनेछ ।
गर्मी विदाको अवसर परेको हुनाले दर्शकको चाप बढि हुनसक्ने र प्रतिस्पर्धी टिमहरुको सहभागिता पनि बढि हुने अनुमान भएकाले परिवारले करिब १ सय जना भोलिन्टिएरलाई युनिफर्म र परिचयपत्र सहित खटाउने आयोजकले जनाएको छ ।

 

खेलाडीहरु र खेलप्रेमीहरुले ट्रेन लाईन नम्बर ३ बाट गुफाबाल स्टेशनमा झरी गेट नम्बर २ बाट हिँडेर १० मिनेटमा उन्फ्योङ्ग खेल केन्द्र पुग्न सकिने आयोजकले जनाएको छ ।

त्यस्तै सबै खेलप्रेमीहरुको सुबिधाको लागि २ नम्बर गेटबाटै स्टेडियमसम्म बाटो पहिल्याउनका लागि एरो चिन्ह समेत राखिने बताईएको छ ।

 

प्रतियोगिता अवधीमा भाग्यशाली चिट्ठा कार्यक्रम समेत गरिने छ । १० हजार वनको चिट्ठामा  प्रथम पुरस्कार नगद ६ लाख वन, द्धितीय पुरस्कार नगद ४ लाख वन, तृतीय पुरस्का नगद २ लाख वन र सान्त्वना पुरस्कार सोलर लाईट २ जनालाई प्रदान गरिने आयोजकले जनाएको छ ।

 

त्यस्तै प्रतियोगिता अवधिमा खेलाडी र दर्शकको सुविधाको लािग सेल, तरकारी, मासु, भुटुवा, चिउराका साथै विभिन्न प्रकारका पेय पदार्थहरु समेत उपलब्ध गरईने बताईएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...