चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले आयोजना गरेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३”को उपाधि फारान एफसिले चुम्न सफल भएको छ। बुद्ध नेपालमा जन्मेको भने मूल नाराका साथ महिला आवास गृह (नाना आङा धिम)को सहयोगार्थ आइतवार फुटसल कप सम्पन्न भएको हो ।
ख्याङनाम किमेमा भएको उक्त फुटसल कपको फाइनलमा फारन एफसीले सुवन एफसी लाई ३-१ गोल अन्तरले पराजित गर्दै बिजेता बनेको थियो। घेदुङ शाखाले पवित्र उद्देश्यका साथ आयोजना गरेको उक्त फुटसल कपमा ३८ टिमको सहभागिता रहेको थियो । विजेता टिम फारन एफसीले मेडल र प्रमाण पत्रका साथ तिस लाख वोन हात पारेको छ । त्यस्तै उपविजेता टिम सुवन एफसीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित १५ लाख वोन हात पार्न सफल गरेको छ ।
अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी फारान एफसिका सुवास खाति, टप गोल स्कोरर फारान एफसिकै लुकास गोले, बेस्ट मेनेजर पनि फारान एफसिकै मदन दुलाल र बेस्ट किपर सुवन एफसीका रुपक नेपाली लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यक्रम पश्चात बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका बरिष्ठ उपाध्यक्ष राम तामाङ, बिशेष अथितिहरु फुटबल महासंघ कोरिया अध्यक्ष ब्रो तमु , NRNA कोरिया बरिष्ठ उपाध्यक्ष सन्जिब राई लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित रहेका थिए ।