Advertisement
SKIP THIS

समाजसेवी पद्माका तीन कृति विमोचित ( भिडियो सहित)


काठमाडौं – अमेरिकामा बसेर नेपाली साहित्य र संगीत क्षेत्र मार्फत गाउ बिकासको निम्ति पद्मा लिंखा मगरले एकै चोटी तीनवटा कृति बजारमा ल्याएकी छिन | गत शनिबार काठमाडौंमा बिन्ध्यवासिनी म्युजिकले आयोजना गरेको कृति बिमोचन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, गीतकार किरण खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रवण मुकारुङ, संगीतकार राजु सिंह र रेडियोकर्मी रमेश पौडेलले गीति एल्बम ‘नजर २’, गीति संग्रह ‘इन्द्रेणी’ र गजल संग्रह ‘उज्यालोको खोजी’ एकसाथ तीनवटै कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए |

नजर २’ एल्बममा ऋतु हेर्ने यो नजरको, मनको दैलो, एक्लो पारी गयौ तिमी, नियतिको छालमा बग्दै, चोखो मन र सिन्दुरमा र लिँदै छु बिदा बोलका छ वटा गीतमा राजेशपायल राई, अञ्जु पन्त, स्वरूपराज आचार्य, बानिका प्रधान, रजिना रिमाल, कृष्णभक्त राई र दीपक लिम्बूको स्वर भरेका छन् भने राजेश थापा, राजकुमार बगर, बीबी अनुरागी, सन्तोष श्रेष्ठ र महेश खड्काको संगीत रहेको छ |

पहिलो एल्बम नजर बिक्रीबाट प्राप्त ७ लाख १३ हजार रकम झुम्लावाङ गाउँ संस्थापना (जेभीएफ) लाई प्रदान गरेकी थिइन् | दोस्रो एल्बम नजर -२ , गीति संग्रह ‘इन्द्रेणी’ र गजल संग्रह ‘उज्यालोको खोजी’ को बिक्रिवाट प्राप्त सम्पूर्ण रकम झुम्लाबाङको बिकास निर्माणको लागि प्रदान गरिने मगरले जानकारी दिईन |

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...