फोनिज कोरियाको तेश्रो अधिबेशन सम्पन्न


नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ। ”संचारमा समावेशी आवाज ” भन्ने मुल नाराका साथ फोनिज कोरियाको तेश्रो अधिबेशन शनिवार बेलुको ८ बजे भर्चुअल जुम मार्फत सम्पन्न भएको हो ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) का केन्द्रीय अध्यक्ष गजुरधान राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिवेशनमा  बिशेष अतिथिको रुपमा आदिवासी जनजाती महसंघका कार्यबाहक अध्यक्ष विसन राई, गैर अावासिय नेपाली संघ दक्षिण काेरियाका अध्यक्ष दीपक पुन, नेपाल घेदुङ दक्षिण कोरियाका अध्यक्ष रवि योञ्जन , महासचिव शुभराज बोम्जन, तमू धीं दक्षिण कोरियाका अध्यक्ष लेसन गुरुङ , शेर्पा संघ दक्षिण कारियाका अध्यक्ष थुतुङ गेल्जी शेर्पा, थारू कल्याणकारी सभा दक्षिण काेरियाका अध्यक्ष शिबशंकर महताे थारू, चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङ्तान, , बाग्मती प्रदेश सम्पर्क सामाजका अध्यक्ष रवि प्रताव घिसिङ, वुमन फर वुमनकी अध्यक्ष पार्वती माेक्तान, अादिवासी जनजाति साहित्यकार लेखक महासंघ दक्षिण काेरियाका अध्यक्ष खेम पुन, पुर्वाञ्चल सराेकार समाजका वरिष्ठ उपाध्यक्ष गजेन्द्र शेर्मा, काभ्रे सम्पर्क समिती द. कोरियाका निबर्तमान अध्यक्ष सानु लामा वाइवा ,नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका (Fnj) उपाध्यक्ष विक्रम बज्यू र कोरियाका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो।

अधिबेशनले फोनिज कोरियाको अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका पत्रकार गोकुल थोकरलाई पुनः सर्वसम्मत चयन गरेको छ । अध्यक्ष थोकरको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति  चयन भएका छन्  । फोनिज कोरियाको वरिष्ठ उपाध्यक्षमा उत्तम खाजुम , उपाध्यक्षमा विशाल श्रेष्ठ,  सचिवमा विमल सिं लामा , सह-सचिवमा रोशन राई र कोषाध्यक्षमा अमिर योन्जन  रहेका छन्। त्यसैगरी  सदस्यहरुमा क्रमशः बिक्रम बज्यु, राम बहादुर तामाङ, निश्चल काउछा, गेल्छिरी शेर्पा, उदय लामा, लक्ष्मण थोकर, राम बहादुर थोकर र एडिन छन्त्याल रहेका छन्।

हरेक तीन वर्षमा हुनु पर्ने अधिवेशन विभिन्न कारणले हुन सकेको थिएन, अनलाइनबाट भएपनि अधिबेशन सफल भएकोमा खुशी व्यक्त गर्दै वर्तमान अध्यक्ष थोकरले फोनिज कोरियालाई सबैको साथ र माया चाहिने बताउदै अब संचारमा समावेशी आवाजले गति लिनेमा आफु विश्वसत राहेको बताए । उनले थपदै भने, ‘विभिन्न अनलाईनमा काम गरिरहनु भएको जनजाति पत्रकारहरु सबैलाइ समेटेर कोरियामा रहेका विभिन्न जतिय संघसंस्थाहरु र नेपाल पत्रकार महासंघ (fnj) संग पनि सहकार्य गरी अगाडी बढ्नु पर्छ ।’ कोरियामा फोनिजले आफ्नै अनलाइन फोनिज कोरिया न्यूज पोर्टल fonijkorea.net संचालन गरिरहेको छ भने पत्रकारितासँगै आदिवासी जनजातिका मागहरुलाई समेत समेटेर विभिन्न कार्यक्रमहरु पनि गर्दै आईरहेको छ ।  कार्यक्रमको संयोजन तथा सन्चालन सक्रिय पत्रकार एंवम सामाजिक अभियान्ता विमल सिं लामाले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...