कोरियामा माघि पर्व अनु चौधरीको साथमा मनाइयो


थारु कल्याणकारी सभा दक्षिण कोरियाले चर्चित गायिका अनु चौधरीको साथमा माघी पर्व मनाएको छ । सोमबार भएको कार्यक्रममा कोरियामा रहेका क्षेत्रिय र जातिय संस्थाका प्रतिनिधिहरुले उल्लेखनिय रुपमा सहभागिता जनाएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष विसन राईले जनजातिमा दोस्रो ठूलो संख्या भएर पनि राज्यको दमनकारी नीतिका कारण धेरै पछि रहेको बताएका थिए । त्यस्तै वाग्मती प्रदेश एकता समाजका रविप्रताप घिसिंङले कोरिया सानो संख्यामा हरेका क्षेत्र र जातिहरुले गर्ने कार्यक्रममा सहयोग गर्नु पर्ने बताए । ‘यहाँ भएका साना जातिय र क्षेत्रीय संस्थाका साथीहरु सबै कार्यक्रममा पुग्छन् । सकेको सहयोग गर्छन तर उनीहरु कोरियामा थोरै मानिस भएकोले ठूला कार्यक्रम गर्न आँट गर्दैनन् । त्यसैले हामी सबैले सकेको सहयोग गरेर राम्रो कार्यक्रम गर्न दिन पर्यो ।’ उनले भने ।
नेपाल तामाङ घेदुङका अध्यक्ष रवि लामा, शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष थुप्तेन जेल्जी शेर्पा, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसन गौतम, तमूधी दक्षिण कोरियाका अध्यक्ष लेशन गुरुङ, दोलखाली समाज दक्षिण कोरियाका निर्मल कार्की, नुवाकोट समाज दक्षिण कोरियाका सुन्दर अधिकारी, धादिङ समाजका अध्यक्ष विपि पौडेल, किराँत राई यायोक्खाका अध्यक्ष पदम राई, फोनिज कोरियाका अध्यक्ष गोकुल थोकर, मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुन, नेपाल तामाङ पत्रकार संघ दक्षिण काेरियाका अध्यक्ष अमिर याेञ्जन लगाएतले शुभकामना दिएका थिए ।
थारु परिकार सहित भएको कार्यक्रममा कोरियामै रहेका थारु कलाकारहरु रेशमा चौधरी, आरती चौधरी, राजेश चौधरी, मसुरलाल चौधरी,चौधरी बाबाको बेजोड प्रस्तुती रहेको थियो । ‘हामीले चर्चित गायिका अनु चौधरीको साथमा माघि मनाउन सकियो । यसमा हामी खुशी छौं । साथै कोरियामा रहेका क्षेत्रीय र जातिय संघसंस्थाका साथीभाइ पनि आउनु भयो । त्यसले हामीलाई थप हौसला दिएको छ ।’थारू कल्याणकारी सभाका अध्यक्ष शिव शंकर महताेले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन
  • हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम
  • सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने
  • धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
  • ताजा अपडेट

    ईपिएस

    जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

    जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी ...

    कोरियामा कामदारलाई वैकल्पिक बिदा

    कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय ...

    कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

    कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...