Advertisement
SKIP THIS

दक्षिण कोरियाले नेपाललाई दियो असी करोड अनुदान


काठमाडौं – दक्षिण कोरियाले दिगो कृषि विकास तथा समुदायस्तरमा कृषि क्षमता अभिवृद्धि गरी ग्रामीण भेगका बासिन्दाको आय बढाउने समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न करिब रु ८० करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ।

 

नवलपरासी जिल्लामा कार्यान्वयन गरिने उक्त परियोजनाअन्तर्गत जिल्लाका कुडिया, भुजाहवा, सनाही, तम्सरिया, गुठिपरासनी गाविस र सुनवल नगरपालिकामा कार्यक्रम सञ्चालन हुनेछन्। परियोजना स्थानीय विकास मन्त्रालय र कोरियाली सहयोग नियोग (कोइका)ले कार्यान्वयन गर्नेछन्।

 

 

अनुदान सहयोगसम्बन्धी समझदारी पत्रमा शुक्रबार अर्थमन्त्रालयमा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि कोरियाका राजदूत चो योङ जिनले हस्ताक्षर गरे।

 

 

त्यस अवसरमा राजदूत चोले भूकम्पपछिको पुनःनिर्माणमा कोरियाली सहायताको प्रतिबद्धता दोहो¥याउँदै दिगो कृषि विकास र आयआर्जनका कार्यक्रम कार्यान्वयन गर्न निरन्तर सहयोग गर्ने बताए।

 

 

नेपालको आर्थिक उन्नयनको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रको विकासलाई कोरियाले महत्व दिएको बताउँदै उनले सामाजिक एवम् आर्थिक चुनौती सामना गर्न पनि कृषि उद्यम फलदायी देखिएको उल्लेख गरे।

 

 

सचिव शर्माले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको आर्थिक सामाजिक समृद्धिका लागि प्राप्त कोरियाली सहयोगप्रति आभार व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...