Advertisement
SKIP THIS

दक्षिण कोरियाको मानार्थ नागरिकताद्वारा धर्मगुरू कुन्साङ दोर्जे सम्मानित


सउल नेपाल गुम्बाका बैद्ध धर्मगुरू लामा कुन्साङ दोर्जेलाई सियोल महानगरले मानार्थ नागरिकताद्वारा सम्मान गरेको छ । धर्मगुरूले बौद्ध धर्म, सांस्कृति तथा सामाजिक सेवा मुलक कार्यक्रममार्फत कोरिया र नेपालबीच भाइचार सद्भाव कायम गर्न टेवा पुर्याइ काम गरेको योगदानलाई कदर गर्दै महानगरले शुत्रबार दिउँसो सम्मान गरेको हो ।

महानगरको सिटी हलमा रहेको हलमा धर्मगुरूलाई नागरिकताको प्रमाणपत्र र खादा तथा फूलको गच्छाले सम्मान गरेको छ । धर्मगुरू लामा सन् १९९९ मा कोरिया पहिलो प्रवेश गरेको थियो । उहाँको कोरियाली बौद्ध धार्मिक नाम गुण-ओ सिनीम् हो । उनी सियोलमा सउल नेपाल गुम्वा दक्षिण कोरियाका प्रमुख लामा हुन् । धर्मगुरू लामाले गुम्बा तथा व्यक्तिगत रूपमा कोरिया र नेपालीबीचको बौद्धधर्म प्रतिको मित्रता कायम, कला र सांस्कृति एकअपासमा अदानप्रदान, सामाजिक सेवा, कोरियन नागरिकप्रति माया-सम्मानका साथै बैदेशिक रोजगारीको लागि यहाँ आइपुगेका नेपाली नागरिकप्रति सर-सहयोग तथा सम्मान र विविध विरामीहरूको लागि उपचार सहयोग गर्दै आइरहेको छ ।

उहाँले नेपाली बौद्ध धर्मर कोरियाली बौद्ध धर्म दर्शन सम्बन्धी अध्ययन गर्नुभएका बौध्दिक व्यक्तित्व, समाजसेवी, बुद्दिजिवी तथा धर्मगुरू सउल नेपाल गुम्वा दक्षिण कोरियाका प्रमुख लामा एक परिचित नाम हो ।

सन् २००४ देखि उहाँलाई कोरियाली बौद्ध धर्म संघ जोगेको निमन्त्रणामा धार्मिक भिसा D-6 उपलब्धीका साथै नामयाङजु नगर मासोक वस्तीको बोग्वाङ्सा गुम्वामा १५ वर्ष अध्ययनमा कोरियाली बौद्ध धर्म, संस्कृति र कोरियाली जनजिवीका सम्बन्धी सिक्दै आइरहेको थियो । त्यसक्रममा कोरियामा नेपाली मजदुरहरूको बढ्दो प्रवेशसँग आप्रवासीहरूमा देखिदै अएको समस्यारहरूलाई समाधान र सहायोगका लागि सउल गङ्नाम ईर्वनदोङ स्थित ८ जनवरी २०१७ मा सउल नेपाल गुम्बा नामले स्थापना गरेका हुन् । गुम्वा स्थापनाको ६ वर्षको दौरानमा नेपाली जनसमुदायप्रति धेरै सहयोग पुगेको महासुस गरेको धर्मगुरू कुन्साङ दोर्जे लामाले बताउनुभयो ।

धर्मगुरू लामाले भन्नुभयो, `अब यो मानार्थ सम्मानपछि सउलमा नेपालीहरू लागी सामुदायीक आश्राम (सेल्टरघर)को स्थापना गर्ने पहिलो योजना छ । दोस्रोमा नेपाली गुम्बा अफ्नै भवन र जग्गामा स्थापना गर्ने सापना हो ।´ बाँकी समय समाजसेवामा अझ सशक्त भएर लागि पर्ने र नेपालको नामका साथै विश्वमा अग्लो हिमाल र बुद्ध जन्मेका लुम्बिनीको नाम राखेर चिनाउने कार्यलाई अझै अगाडी लैजाने लामाले बताउनुभयो ।

नेपालको संघीय राजधानी नजिकको जिल्ला ललितपुरमा जन्मिएको धर्मगुरू लामा हाल दक्षिण कोरियाको राजधानी सउलको १९ बर्षको बसोबासको दैरानमा छन् । `सियोल-ललितपुर दाँजेर हेर्दा ललितपूर कलामा धेरै नै कलात्मक छन् तर आधुनिक बिकास  हुन नसकेकोमा दुखिद छु,  किनकी सउलमा हरेक किसिम्को व्यवस्थित छ, विश्वका बस्न लायक एउटा नमुना सहर हो । जस्तै यातायातमा भनौ रेलवे नै धेरै किसिमको छ, सार्वजानिक यातायत सेवा राम्रो र व्यवस्थित छ । बाग्लो जनसंख्यालाई पनि व्यवस्थित तरिकाले  सेवा-सुविधा प्रदान गरेको छ´, धर्मगुरू लामाले भन्नुभयो, यस्तै किसिमको व्यवस्थापन पनि नेपालमा कहिले हुन्छ होला, मेरो चिन्ता हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...