स्वप्निल क्रीएसनको टाढा भएपनि -२ फिमेल भर्सनको चर्चा चुलिदैँ

पछिल्लो समय म्युजिक भिडियोमा ठुलो लगानी गर्ने कम्पनीहरु उदाउँदै छन् । तीनै कम्पनी मध्ये एक हो स्वप्निल क्रिएशन जसले पछिल्लो म्युजिक भिडियो टाढा भएपनि २ फिमेल भर्सनमा झण्डै १४ लाख लगानी गरेको छ । जसमा भिडियो मा ९ लाख र अडीयोमा 5 लाख लागानी गरिएको छ।
कोरियामा इपिएसमार्फत पुगेका संगीतप्रेमि सर्वजित राई उर्फ राई प्रिन्स यसका संचालक हुन् । उनले ठुलै चुनौती मोलेर म्युजिक भिडियोमा लगानी गर्ने गरेका छन् । स्वप्निल क्रिएशनले यसअघि पनि तिमिले चुमेका हातहरु, सानो चोट लगायत गीतमा पनि लाखौं लगानी गरेको थियो । ‘कोरियामा बसेर कमाएको सबै नेपाली संगीतमा लगानी गर्न चाहान्छु, राम्रो लगानी गर्यो भने प्रतिफल पनि रामै्र हुँदोरहेछ, सर्वजित भन्छन्, अहिलेसम्मका सबै कामहरुलाई दर्शक श्रोताले मन पराएर साथ दिनुभएको छ ।’ आगामी दिनमा नेपाली चलचित्र उद्योगमा पनि लगानी गर्ने स्वप्निल क्रिएशनको योजना छ ।’पैसा धेरै भएर भन्दा पनि जति कमाइएको छ हाम्रै क्षेत्रमा लगानी गर्दा सबैले रोजगारी पनि पाउने, काम राम्रो भए प्रतिफल पनि पाउने भएकाले मैले बिना हिच्कीचाहट लगानी गरेको हो,’ सर्वजित सुनाउँछन् ।
स्वप्निलको पछिल्लो म्युजिक भिडियोले पनि दर्शक श्रोताको राम्रै साथ पाएको छ ।
भिडीयोमा मुना मदनको कथा जस्ताको तेस्तै देखाइएको छ। भिडीयो हेर्नू हुने दर्शक भाबुक भएको देखिन्छ । निर्देसक बिकास प्रसाईं भन्छन ; मुना मदनको कथा मात्र पढ्दा जो कोहि पनि भाबुक हुन्छन र तेति लामो कथा 8 मिनेट भित्र सकाउन चुनौती थियो त्यो पनि सम्बाद बिना म्युजिक भिडेयो भित्र ! साझा प्रकासन सङ अनुमती लिएर करिब 1 महिना नै कथा लाई स्कृप्टमा उत्कृस्ट सैलिमा मर्म र भावना प्रस्ट पार्ने गरि कोर्न समय लागेको बताए । एस भिडीयोमा प्रीएन्का कार्की र आयुसमान जोशी मुना र मदनको जोडि देख्न पाइन्छ । उक्त भिडीयो एति मजाले पर्स्तुत गरिएको छ कि जो कोहि दर्सकको आखा रसाएको देखिन्छ । आफुले बनाउन खोजेको भीजुवलाइजेसन जस्ताको तेस्तै प्रस्तुत गरिदिन साथ दिनु हुने D.o.p जितु तामाङ्गलाई विशेष धन्यबाद दिएका छन । उर्गेन दोङको शब्द,संगीत रहेको गीतमा अस्मिता अधिकारीको स्वर रहेको छ । साथै सहयोगी कलाकारको रुपमा सौभाग्य सिंह राई , सगुन तामाङ , सुदर्शन सिग्देल , देवि पौडेल , र सोयम नुर्देसक बिकास प्रसाईं आफै पनि रहेका छन ।