कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने


दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ।

सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए।

‘कहिले नवीकरण हुने भनेर ठ्याक्कै मिति तोकिएको छैन। तर इपिएस प्रणालीअन्तर्गत अरू १६ देशसँगको सम्झौता पनि एकैपटक नवीकरण गर्ने भएकाले ढिलाइ भएको जानकारी आएको छ,’ उनले  भने।

कोरियाले नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, फिलिपिन्स लगायत विभिन्न १६ मुलुकहरूबाट इपिएस प्रणालीमार्फत् कामदार लैजाने गरेको छ।

नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा इपिएस प्रणालीअनुसार श्रमिक लैजाने समझदारी भएको थियो। समझदारीपछि कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली श्रमिक लैजाँदै आएको छ। पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको उक्त द्विपक्षीय समझदारी सन् २०२० देखि नवीकरणको प्रक्रियामा छ।

समझदारी प्रत्येक दुई/दुई वर्षको अन्तरमा गरिन्छ। अब हुने पाचौं नवीकरण हो।
निर्देशक कटुवालका अनुसार अब हुने नवीकरणमा ‘कमिटेड’ (करार अवधिभर एउटै कम्पनीमा कार्यरत श्रमिकलाई थप अर्को अवधिका लागि सम्झौता गरिएका) नेपाली श्रमिकहरू नेपाल फर्किएको एक महिनामै पुनः कोरिया फर्किन पाउने व्यवस्था गरिनेछ। यसअघि तीन महिनापछि मात्रै फर्कन पाउने व्यवस्था थियो।

नेपाल फर्केपछि तीन महिना बस्नैपर्ने व्यवस्थाका कारण कतिपयलाई समस्या परेको गुनासो थियो। त्यस्तै विभिन्न प्रक्रियाहरूमा सुधार गरिने व्यवस्था नयाँ समझदारीमा हुने उनले बताए।

‘अहिले धेरै सुधार भइसकेको छ। कम्प्युटरमा आधारित परीक्षा हुँदा नक्कली परीक्षार्थीको समस्या सुल्झिएको छ। जसले गर्दा इपिएस परीक्षा व्यवस्थित भएको छ,’ कटुवालले भने।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भाषा परीक्षा उत्तीर्ण गरेका सबै नेपालीहरू कोरिया रोजगारीमा जान पाउने व्यवस्था सम्झौता नवीकरणका क्रममा मिलाउन लबिङ गरिरहेको थियो। तर मन्त्रालयले भनेजस्तो व्यवस्था नवीकरण पछि हुने अवस्था देखिँदैन।

इपिएस प्रणालीमार्फत् कोरिया रोजगारीमा प्रवेश गर्न परीक्षा उत्तीर्ण गरेर मात्रै हुँदैन। उत्तीर्ण भएका श्रमिकहरूलाई पनि रोजगारदाताले कामदारको उमेर, लिंग तथा राष्ट्रियताका आधारमा छनोट गर्छन्। त्यसमा पनि कुन वर्ष, कुन देशबाट, कुन उमेर समूहका कुन लिंगका कति कामदार लिने भनेर रोजगारदाताले रोष्टर तयार पार्छन्। सोही रोष्टरअनुसार कामदार आपूर्ति गरिन्छ। जसकारण भाषा उत्तीर्ण गरेपछि सबै श्रमिक कोरिया जान पाउने ग्यारेन्टी हुँदैन।

इपिएस भाषा परीक्षाका लागि वार्षिक ८० हजारभन्दा बढी नेपाली युवाहरू सामेल हुने गरेका छन्। जसमध्ये १० हजारभन्दा बढीले भाषा परीक्षा उत्तीर्ण गर्छन्। तीमध्ये कोरियाले कति लैजान्छ भन्ने यकिन जानकारी हुँदैन।

इपिएस शाखाका अनुसार आर्थिक अवस्था मजबुत भए कोरियाले सोहीअनुसार कामदारको माग गर्छ। आर्थिक अवस्था खस्किएको अवस्थामा थोरै संख्यामा विदेशी कामदार माग गर्छन्। अझ कोरियाली भाषा परीक्षा उत्तीर्ण भएको दुई वर्षसम्म त्यसको मान्यता रहन्छ। भाषा पास गरेको दुई वर्ष अवधिमा पनि जाने अनुमति प्राप्त नभएमा उनीहरू कोरिया जान पाउँदैनन्।

यो व्यवस्थाले गर्दा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया प्रवेश गर्न नपाउनेहरूको संख्या बढ्दो छ। परीक्षा उत्तीर्ण भएर पनि कोरिया रोजगारीमा प्रवेश गर्न नपाउँदा युवाहरूमा चिन्ता थपिँदो छ। कतिपयलाई त यही कारण मानसिक समस्या समेत भएका घटना पनि बाहिरिएका छन्।

यही समस्यालाई मध्यनजर गर्दै सरकारले कोरियाली रोजगारीमा प्रवेश गर्न पाउने ग्यारेन्टी गरेर मात्रै परीक्षामा पास गर्नुपर्ने प्रस्ताव राखेको मन्त्रालयले बताएको थियो। तर यो प्रस्तावमा कोरिया सरकार सकारात्मक हुने अवस्था नरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

पछिल्लो समय कोरियाले नेपाली श्रमिकहरूको कोटा भने वृद्धि गरेको शाखाले जनाएको छ। शाखाका अनुसार यसअघि ६ देखि ८ हजारको संख्यामा नेपाली श्रमिकहरू लैजाँदै आएको कोरियाले कोटा बढाएर हाल १५ हजार पुर्‍याएको हो।

नेपाली श्रमिकहरू मेहनती र इमानदार भएका कारण कोरियाली रोजगारदाताहरूले रूचाएको शाखाका निर्देशक कटुवालको भनाइ छ।

सेताेपाटीबाट सभार गरिएकाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...