Advertisement
SKIP THIS

क्षय रोग लागेपछि तालिम केन्द्रबाटै बेपत्ता


लिलु डुम्रे

सोल-इपिएस मार्फत कामलागि दक्षिण कोरिया आएका एक नेपाली युवा प्रवेश गरेको तेश्रो दिन देखि नै अवैधानिक भएका छन् । ट्रेनिंग सेन्टरमा लिईएको स्वास्थ्य परिक्षणमा क्षयरोग देखिए पछि उनि सेन्टरबाट भागेका थिए । बाग्लुंग घर भएका युवाको नाम भने खुलाइएको छैन ।

 

असार २९ मा अभिमुखीकरणका लागि सेन्टरमा पुगेका ति युवाको असार ३१ मा स्वास्थ्य परिक्षण रिपोर्ट आएको थियो । रिपोर्टमा क्षयरोग देखिएपछि उनि आएका अन्य साथीहरुलाइ पनि जानकारी नदिई सेन्टरबाट बाहिरिएका थिए । उनि आएको कम्पनिले अर्का एक नेपाली युवालाइ पनि कामका लागि ल्याएको थियो । प्राणघातक सरुवा रोग र दुर्व्यसनीमा लागेको पुष्टि भए नेपाल फिर्ता हुनुपर्ने हुन्छ ।

 

उत्पादनमुलुक कार्यमा आएका युवाहरुले साना तथा मझौला उधोगद्वारा संचालित अभिमुखीकरण केन्ऽ आन्संगमा तालिम लिनुपर्ने हुन्छ । केन्ऽले कामका लागि प्रवेश गरेका युवाहरुको स्वास्थ्य परिक्षण गर्ने ,कामको प्रकृति र बस्तुस्थिति बारेमा जानकारी दिने गर्दछ ।

 

स्वास्थ्य परिक्षणमा असफल रहेर यस अघि २००९ मा एक नेपाली युवा यसैगरि केन्ऽबाट भागेका थिए । तालिम केन्ऽबाट भाग्नु अति दुर्लभ घटनाका रुपमा लिईन्छ । बिगतमा दुर्ब्यसनी तथा प्राणघातक सरुवा रोगको पुष्टि भएका   हालसम्म १५ जना भन्दा बढी युवाहरु केन्ऽबाट नै नेपाल फर्किसकेका छन् । केहि युवा भने एयरपोर्टबाट पनि भाग्ने गरेका थिए । उद्योग मन्त्रालय अन्तर्गत अभिमुखीकरण केन्ऽमा कार्यरत वांगङदी लामाले भने हालका बर्षमा स्वास्थ्य परिक्षणमा असफल हुनेहरुको संग्ख्यादर बढेको छ । यो बर्ष मात्रै ५ जनामा स्वास्थ्य खराबी देखिएको लामाले जनाए ।

 

नेपालमा गरिने स्वास्थ्य परिक्षण र कोरिया प्रवेशको समयान्तराल धेरै रहने हुदा पनि स्वास्थ्यका कारण नेपाली फिर्ता तथा भाग्नुपर्ने स्थिती आएको हो । सन् २०१५ मा गरिनुपर्ने श्रम नवीकरणमा नेपालले एक पटक स्वास्थ्य परीक्षण गरी उत्तीर्ण भएका व्यक्तिलाई पुन दोहोर्यारएर परीक्षण गर्ने प्रावधान हटाउन गरेको प्रस्तावमा कोरियाले असहमति जनाएको थियो । हाल स्वास्थ्य परीक्षण गरेको एक वर्ष पूरा भएपछि कामदारले पुन स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ।

 

इपिएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले स्वास्थ्य परिक्षण पश्चात र कोरिया प्रवेशको समयावधि बढी रहने हुनाले केहि युवामा स्वास्थ्य समस्या देखिएर नेपाल फर्कनुपरेको स्वीकारे । नेपालको स्वास्थ्य परिक्षण प्रयोगशाला कमजोर भएर नभई बीचको अन्तरालमा देखिएको स्वास्थ्य समस्याका कारण फिर्ता हुनुपरेको बास्तोलाको ठम्याई छ । कोरियाबाट फिर्ता भएका केहिमा नेपाल फर्कदा कुनै स्वास्थ्य खराबी नदेखिएको बताउदै बास्तोलाले   कुनै शंका लागे जानु अघि परिक्षण गर्न आग्रह गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...