थेगुमा सम्पन्न खुल्ला भलिबल प्रतियोगिताको उपाधी बागलुङ समाजको पोल्टामा


स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाको आयोजनामा सम्पन्न दोश्रो खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२ को उपाधी बागलुङ समाज दक्षिण कोरियाले आफ्नो पोल्टामा पारेको छ । थेगु सहरको कुजी खेलमैदानमा भएको उक्त प्रतियोगिताको फाईनलमा नेपाल मगर संघ थेगु शाखा विरुद्ध सोझो सेट (२५/१८, २५/१९) मा अग्रता लिएको बागलुङले नगद पन्ध्र लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो ।

सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल नेपाल मगर संघ थेगु शाखाले दश लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र र प्रतियोगिताभरी उत्कृष्ट खेलाडी घोषित हुँदै नेपाल मगर संघ थेगु शाखाका सेटर हिमशिखर भण्डारीले ट्रफी, प्रमाण पत्र र मेडल सहित एक लाख कोरियन वोन प्राप्त गरे । अन्य विधातर्फको उत्कृष्ट स्पाईकरमा अमृत पौडेल (बागलुङ समाज) र उत्कृष्ट लिबेरोमा गोपाल पुन (नेपाल मगर संघ थेगु शाखा) ले प्रमाण पत्र र मेडल सहित जनही पचास हजार कोरियन वोन सहित पुरस्कृत भए ।

बागलुङ समाजले समाज स्याङ्जा परिवार (हरियो) लाई र नेपाल मगर संघ थेगु शाखाले आन्सङ्ग भलिबल टिमलाई हराउँदै फाईनलमा प्रवेश गरेको थियो । “स्वस्थ जीवनको लागी खेल” भन्ने प्रतियोगिताको नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले आयोजित सो प्रतियोगितामा २१ टिमले सहभागिता भएको र पुरस्कार वितरण कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रीय अध्यक्ष विजय थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रतियोगिता सफल पार्न आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णमा आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक “रजत जयन्ती” मनाउने
  • गायक छेटुप मोक्तनको ल्होछार दाङगे म्युजिकभिडियो सर्वाजनिक
  • कोरियामा एक हप्तामा चार नेपालीको मृत्यू
  • बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...