स्वभावले हिटलर बुवाः हार्दिक श्रदाञ्जली, काँध थाम्ने आमा र परिवारमा धैर्यधारण शक्ति मिलोस


शनिबारको दिन ओभरटाइम काममै बिहानको ९ बजे परिवारको मेसेन्जरमा फोन आयो बुवा बित्नुभयो । एकछिन केही बोलिन, के भन्छौं भनेर पुनः सोधें । हो भाउजुले खबर दिनुभएको बनेपाबाट छोरी र म जान लागेको श्रीमतीको जवाफ आयो ।

गाँउमा दाइलाइ फोन गरे । मलाइ कुर्न सक्नुहुन्छ म सोमबार मंगलबारसम्ममा उडान मिति सारेर आउछु । छोराले काँध थाप्नुपर्छ । दाइले बुवाको अवस्थाले गाह्रो छ, सल्लाह गरेर खबर गर्छु भन्नुभयो । बुवा ४ महिना यता फोक्सो क्यान्सरले हस्पिटल-घर-हस्पिटल गर्दै उपचारत हुनुहुन्थ्यो ।

तत्कालै मैले HRD परामर्श केन्द्रमा फोन गरेँ । शनिवार भएकोले कोरियन परामर्शकर्ताले फोन उठायो । बुवाको खबरले म आजभोलि तत्कालै नेपाल जानुपर्ने भयो के छ प्रवधान भनेर ।

सुरूमा त बुझेनन् मेरो भनाइ पछि बिस्तारै भने, कुरा बुझेपछि तत्कालै अनलाइनबाट निवेदन डकुमेन्टहरू पठाए पनि छुट्टीको दिन भएकोले सोमबार मात्र हुने बतायो । म निरास भएँ । मैले बुवालाइ काँध नि थाप्न नपाउला जस्तो भयो ।

कोरोनाले गर्दा झण्डै ४ बर्ष लामो परदेशको बसाइ जुलाइको पहिलो हप्तासम्मको भिषा थियो । म ४ बर्ष १० महिना, १ बर्ष र ५० दिनको थप कोरोना भिषा । घर जान आत्तुर थिए । तैपनि बुवाको अवस्थाले मन आत्तिएर जुन २२ मा कार्यकाल सकाएर स्वदेशफिर्ती प्रकृया सबै पूरा पश्चात १२ दिन बाँकी छ । साइलो भाइ २०१५ र म २०१६ मा कोरिया प्रवेश गरेको हामीले परिवार खुशी रहोस् भन्ने चाहना र कोसिस सधैं गरिरह्यौं ।

दाइलाई फोनमा सोमबार वा मंगलबार जसरी नि आउछु । दाइले  गाँउले दाजुभाइ सँग सल्लाह गर्दा आइतबारभन्दा बढी समय बुवालाइ राख्न नमिल्ने कुरा भएछ । प्रकृया मिलाएर आउनुभनेपछि मैले नमिल्ने भए त जबरजस्ती गर्न मिल्दैन । मन अमिलो पार्दै स्वीकार्नुको शिवाय केही बोल्न र गर्न सकिएन ।

बनेपाबाट निस्कीसकेका आमाछोरीलाइ फोन गरेर भने राम्रोसंग जानु । मैले बुवा मरेपछि नि काँध थाप्न नपाउने । म अभाग्यमानी छोरो मंगलबार नेपाल आइपुग्छु भने । तपाइको साटो म छुँ, म थाप्छु बुवालाइ काँध, बिस्तारै ढुक्कले आउनुहोस् जे गर्नुपर्छ म गर्छु चिन्ता नगर्नु भनिन् । उनको ती ओजिलो शब्दले मन अलि हलुका भयो । सहास पाएँ,परदेशी न परे काम गर्दै मनलाइ सम्हालें ।

यो परिस्थितीमा आफू र परिवार सम्हाल्नुपर्छ लागेर बुवाको मेसेन्जरमा एक्टिभ देखेर फोन गरे बहिनीले फोन उठाइन तर डाको छोडेर रोइ । त्यतिखेर मसंग बोल्ने कोही थिएन । त्यतिकैमा फोन राखेँ ।

कम्पनीको मेनेजर र साहुलाइ सुनाए । म सोमबार मंगलबार नेपाल जान्छु आज र भोलि छुट्टी भएकोले भने दुबैले दुखद खबर चिन्ता नलोउ भने । साहुले टिकट खोज, भनेपछि मैले ट्राभलको ध्यान राई दाइ लाइ सबै सुनाए मलाई सोमबार मंगलबारको टिकट मिलाइदिनुस् । उहाँले नि दुखित हुदैं सोमबार ट्रान्जिट उडानले मंगलबार मात्र पुग्छ बरू मंगलबार कोरियन एयरमा जानु भन्नुभएपछि हुन्छ भने ।

थेग्छेन छ्योईलिङ सउल गुम्बाको कुन्साङ दोर्जे लामा गुरूलाई बुबाको नाममा बात्ती बालिदिनुहुन अनुरोध गरें ।  उहाँले मैले जानेको विधी पूरा गरिदिन्छु, यो समयमा धैर्य गर्न पनि सम्झाउनुभयो, नून तेल बार्नु नपर्ने, फूलमाला, खादा नलाउने र मासुजन्य खाना बार्नु भएमा राम्रो भनेर सल्लाह दिनुभयो ।

त्यतिबेला सम्ममा दिउसोको खाना खाने समय भयो, किचेन छिरे सागलाई पकाएर दहीसंग रूचेजति भात खाए । साथीहरूले तयारी मासु र दालसंग । हाम्रो गाउँ तिर भए नून, तेल बार्नु पर्थ्यो ।

काम सकेपछि साथीहरूसंग साझँ ५ बजेतिर बजार निस्के, जुस, फलफूल र दूध लिएर चाडैं फर्के ।

घरमा फोन गरेको सबैको आवाज मधुरो थियो । भाइले आमासंग बोल्ने भनेपछि आमाको आवाज फोनमा सुनियो, मधुरो स्वरमा आमा हिजोमात्र कुरा भएको, तपाई र मेरो आज यस्तो भयो । हाम्रो… भने मैले । आमाको मधुरो हुदैं भक्कानिएको स्वर सुनियो ।

खै के गर्ने, बुबाले राम्रोसंग बस्नु, ४ भाइ छोरा छ जसले माया गर्छ उहीसंग बस्नुभन्यो अब म त हारिसके मर्छु राम्रोसंग बस् भनेको…. बुबाले । आमाको रोदन सहितको स्वरले मैले नि आफूलाई सम्हाल नै सकिएन । बिचरा मेरी आमा पनि आफ्नो जिवनसाथी बुवाले छोडेर जानुहुदाँ के सम्हाल्न सक्नुहोला ।

म पनि सात महिनामा जन्मेकी बुवाले टपरी राखेर हुर्काएको रोगी पछि तिम्रो बुवाले उपाचार गरेर यति सम्म आईपुग्यो, म पो अगाडी….. भन्दै हुनुहुन्थ्यो । त्यस्तो होइनभनेर सम्झाउदै थिए… मेरो आवाज सुनेर आमाले दाइ, भाइ र तिम्रो नि बुहारी छिन् । बिस्तारै राम्रोसंग आउ, भगवानलाई सम्झेर आउनु यस्तै रहेछ भनेर मलाई उल्टै सम्झाउनुभयो । साहासी मेरी आमालाई धैर्य धारण गर्ने शक्ति मिलोस् भगवान…

शुक्रबार दिउसोँ आमाले छोरा… बुवा अब धेरै बाँच्नुहुन्नजस्तो छ, के नेपाल आउन सक्छौं ! भन्नुहुदाँ आमा…. कम्पनीमा कामदार कम छ, कामको चाप छ, जुन २२ को टिकटलाई त किन छिटो जान लागेको ढिलो जाँदा हुन्न भनेर सोधिरछ, अब केही दिन त छ, त्यति कुर्योभने त पुन कोरियामा प्रवेश गर्न मिल्छ आमा…म अर्को बुधबार आईपुग्छु भने । फोन गर्दै गर्नुभने, त्यसो भएत ठिकै छ त यता नेपाल आउनेलाई फर्किन गाह्रो छ, नयाँलाई त्यति गाह्रो हुदों रहेछ, त्यही मितिमा आउदाँ हुन्छ भनेर फोन राखिएको थियो ।

सामान्य परिवारको बुवा १६ बर्षको सानै उमेरमा बिहे भएपश्चात एक दशक बर्षबढी भुटानतिर पलायन हुनुभएको आमाले प्रसंगमा कुरा निकाली राख्नुहुन्छ । सन्तानका सबैको छोराछोरी हुर्किसकेकाले बाँकी आफ्नो सन्तान नहुदाँ आफ्नै परिवारको सदस्यहरूले समेत तुच्छ शब्द (अपताली) ले गाली गर्नुहुन्थ्यो बुवाआमासंग ।

आमाबुवा २९ बर्षको हुदाँ जेठा सन्तान दाइको जन्मले परिवारमा खुसीको सिमा रहेन । अहिले म माइलो छोरा हामी चारभाइ छोरा र एक बहिनी गरी पाँच सन्तान उहाँको । तीन दाजुभाइको बिहे भैसक्यो दाइको २ छोराहरू मेरो १ छोरी छ, नातीनातिनी हजुरबुबा उहाँ ।

पेशाले सिकर्मी डकर्मी, जडिबुटी औषधीमा विज्ञ र अधिकतम समय पूजारी, धामी झाक्री झारफुक गर्नुहुन्थो । बुवाले परिवार खासै ध्यान दिनुभए जसो लाग्दैन तैपनि स्वभावले हिटलर बुवा हुनुहुन्थो । अवाज सुन्ने बित्तिकै सबैजना चुपचाप हुने गर्दथ्यौं ।

बस्तुभाउ देखि मनिस बिरामी हुदाँ  आफ्नो स्वास्थ्य, समय र स्थानको कुनै प्रवाह नगरी सके जानेको विधीः पूजापाठ र मन्छाउन पुग्नुहुन्थ्यो । दिउँसो समयमा टाढैबाट नाम लिएर बोलाउने, धेरैले घरमै बोलाउन आउथ्यो । फोनको सुबिधा भएयता फोनबाटै बोलाउनुहुन्थ्यो । यति सम्मकी बोलाउदा काभ्रेदेखि काठमण्डौंसम्म २-४ घण्टा १/२ दिनको समय मिलाएर धाउनुहुन्थ्यो ।

आफ्नो सन्तान, परिवार र नातागोताले सम्झाएको छेउ टेर्नुभएन । तीन दाजुभाइ र तीन दिदीहरू सन्तानको माइलो छोरा बुवा एक्लै हुनुहुन्थ्यो उहाँ पनि आज बिहानको साँढे ४ बजे ६१ बर्षको उमेरमा परलोक हुनुभयो । धेरैलाई औषधी उपाचार र जीवन दिनु भएका बुवा सानैदेखि हक्की स्वभाव बुवा गाँउ, समाज, लेकबेशीको धर्मकर्म मै आफ्नो जिबन बिताउनुभयो ।

मेरी आमालाई कालो अक्षर भैसी बराबरकी हुनुहुन्छ । क ख ग र १ २ ३ मात्र पढ्नलेख्न आउने बुबाले औपचारिक शिक्षा लिनुपर्छ, शैक्षिक रूपमा अघि बढ् म छु र तिमीहरू ईमानदार र मिहेनती बन्नुपर्छ भन्ने शिक्षक हुन मेरा आमाबुवा  । बाटो देखाउनुभयो हामीले संघर्ष गर्यौं । फालस्वरूप आज समाजले फालनोको छोराले जसरी पढ्नु, प्रगाति गर्नुपर्छ भनेर तपाईको नाम लिन्छन् ।

बुवा शरीरमा शक्त्ति हुन्जेल समाज सेवा र कुलतमा फस्नु भयो । अन्ततः भगवानको प्रिय हुनुभो । सायद सबैले सम्झिरहनु हुन्छ। हजुर अमर हुनुहुन्छ । हार्दिक श्रदाञ्जली हिटलर बुवा (मादले माइला) ।

 

लेखकः दुध लोप्चन, दक्षिण कोरिया, २०२२ जुन १० शनिबार

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सलनालमा सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न
  • कवि पराजित पोमूको ‘म द्धारा मेरो निर्माण’को विमोचन
  • कवि पराजित पोमूको कविता संग्रह म द्धारा मेरो निर्माणको सार्वजानिक जनवरी २२ मा हुने
  • सलनालमा “सुम्निमा पारुहाङ साहित्य साँझ ” हुने
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...