Advertisement
SKIP THIS

तामाङ पर्यटन संजालद्वारा नवनिर्वाचित जनप्रतिनिधि हरुलाई सम्मान


पर्यटन क्षेत्रमा आवद्ध समग्र तामाङहरुको साझा संस्था “तामाङ रिमठिम पर्यटन संजाल” को आयोजनामा यस संस्थामा प्रत्यक्ष – परोक्षरुपमा आबद्ध रहेका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

यहि २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्बाचनमा देशभरका बिभिन्न पालिकाहरुको विभिन्न महत्त्वपूर्ण पदहरुमा निर्बाचित भएर आएका जनप्रतिनिधि हरुलाई संस्थाको तर्फबाट बधाई, शुभकामना एवं सम्मान कार्यक्रम आज पा:लु रेस्टुरेन्ट लाजिम्पाटमा भब्यताकासाथ सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अम्बर बम्जन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष श्री सन्तबिर लामा तामाङ रहेका थिए । तामाङ समाजका अग्रज ब्यक्तित्वहरु, पर्वतारोही, पर्यटन ब्यवसायी, ट्रेकिङ गाइड र टुरगाइडहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा पर्यटन पेशामा आबद्ध भएका सातजना निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको र आगामी दिनमा पनि समुदायको हितमा महत्त्वपूर्ण योगदान पुर्याउने र उत्प्रेरित गर्ने विभिन्न पात्रहरुलाई सम्मान गरिने संस्थाका संस्थापक सचिव नरध्वज तामाङ “क्षितिज” ले बताए ।

आज सम्मानित हुनुहुने जनप्रतिनिधि :
१. जगत लामा : मेयर – बेलकोटगढी नगरपालिका, नुवाकोट
२. सन्तमान लामा : अध्यक्ष – तादी गाउँपालिका, नुवाकोट
३. नकुर दोङ तामाङ : वडाध्यक्ष, तादि – १, नुवाकोट
४. निरध्वज लामा : वडाध्यक्ष, रोशी – ५, काभ्रे
५. बसन्त तामाङ : वडाध्यक्ष, रोशी – १२, काभ्रे
६. पेम्बा लामा लोप्चन : वडाध्यक्ष, तेमाल – ४, काभ्रे
७. प्रेम ब. लामा : वडाध्यक्ष, तेमाल- ६, काभ्रे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...