Advertisement
SKIP THIS

कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने


वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन दिन सकिने शाखाको आज जारी सूचना उल्लेख गरिएको छ । आवेदकले https://eoers.epsnepal.gov.np मार्फत आवेदन फाराम भर्न सकिने छ ।

ई.पि.एस.कोरिया शाखा ग्वार्कोले भाषा परिक्षा कृषि तथा पशुपालन क्षेत्रको परिक्षालार्ई पहिलो चरण २०७९ बैशाख २६ देखि जेठ १३ दोश्रो चरण  जेठ १४ देखि अषाढ १६ गतेसम्म अनलाईनमार्फत परिक्षा सञ्चालन गर्ने भएको छ ।  साथै उत्पादनमुलक क्षेत्रको पहिलो चरण २०७९ आषाढ २० देखि भाद्र १० दोश्रो चरण भाद्र १६ देखि असोज २१ गतेसम्म परिक्षा हुनेछ । साथै एक दिनमा ४ सिफ्ट गरी परीक्षा संचालन हुने साथै आवेदक संख्याका आधार र अन्य विविध कारण आईपरेमा परीक्षा तालिका फेरबदल हुन सकिने समेत उल्लेख गरिएको छ ।

शाखाले यस वर्ष रोष्टरमा सूचीकृत गर्न अनुमानित उतीर्ण संख्या ९६५४ जना गरिएकोमा उत्पादन क्षेत्रतर्फ ६९१३ तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ २७४१ कोटा निर्धारण गरेको छ ।

नेपाल सरकार , श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया , रोजगार तथा श्रम मन्त्रालय बीच सम्पन्न समझदारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत गणतन्त्र कोरियामा इच्छुक योग्य नेपाली नागरिकलाई कामदारका रुपमा पठाउदै आएकोमा विश्वभरको कोरोना महामारीले २ वर्ष यता भाषा परिक्षा गर्न सकिरहेको थिएन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...