Advertisement
SKIP THIS

सउल नेपाल गुम्बाले ल्होसार ल्हाब्सोल कार्यक्रम मनाए


थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बा दक्षिण कोरियाले  ल्होसार ल्हाब्सोल बिशेष कार्यक्रम मार्च ६ तारिख आईतबार मनाएको छ ।

दक्षिण कोरियाको योङ्गीन शहरको वाउजङ्सा (गुम्वा) आफैंमा एक प्रसिद्भ पर्यटकीय धार्मिक स्थलका रूपमा चिनिन्छ ।

नेपालबाट बुद्धको प्रतिमा ल्याई राखिएको धार्मिक तथा पर्यटकीय धार्मिक स्थल योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인) मा २१४९ औं जल् बाघ वर्ग ल्होसार नयाँ वर्षको अवसरमा ल्होसार ल्हाब्सोल बिशेष पूजापाठ गरि मनाएको सउल नेपाल गुम्वाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । पूजाको केही दिन अगावै बुद्ध प्रतिमा स्थल वरिपरी सरसफाइ तथा लुङता दार्ज्यु तथा नेपालको झण्डा फेरिएको समेत जानकारी दिनुभयो ।

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको संयोजन तथा नेपाल बौद्ध परिवारको सहकार्य र नेपाली दुताबास कोरियाको संरक्षकत्वमा संचालित “बुद्ध प्रतिमा स्थापना अभियान २०१८” सन् २०१८ जनवरी देखि शुरु भएको अभियानले २०१९ मे १२ तारिखका दिन वाउछङ्गसा गुम्बामा बुद्द जयन्तीको अवसरमा बुद्द प्रतिमा स्थापना गरि अभियान सम्पन्न गरिएको थियो ।

वाउछङ्गसा गुम्बा योङ्गीन, नेपाली दुताबास सौल, नेपाली सम्पर्क समिति कोरिया, नेपाल बौद्ध परिवार कोरिया, कोरियन एअर लाइन्स, अभियन्ताहरु, कोरियाली तथा नेपाली समुदायको विशेष आर्थिक भौतिक नैतिक सहयोगले बुद्ध प्रतिमा स्थापना अभियान सफल भएको थियो ।

आ-आफ्नो देशको धर्म कला सांस्कृति र परम्परा अनुसार मन्ने तरिकाहरू केही फरक पर्न सक्दछ । त्यसैगरी औंसीका दिन सरसफाई र भोलिपल्ट नयाँ वर्षको स्वागत गरिने भएतपनि  दक्षिण कोरियाको छुट्टीको अवसर पारेर कार्यक्रम गरिएको समेत प्रमुख लामाले बताउनुभयो  ।

ल्होसार (नयाँ वर्ष) पहिलो दिन मान्ने मान्यजनहरू, गुरू, बुवाआमा, इष्टामित्र, घरपरिवारबीच एकआपसमा रमाईलो गरी शुभकामना (आशिर्वाद/मोलम) अदानप्रदान गरि मनाइन्छ ।

त्यसै गरेर लोसार (छेपा-सुं) तृतीय- पूह्री सम्ममा धार्च्योगका साथै लुङताहरू विभिन्न बौध्द मन्त्र छापेको लुङत, पन्चरंगी ध्वजाहरू अग्लो अग्लो डाँडामा वा आफ्नो घर–घरमा धार्च्योग् चढाउने लुङता हावालाई चढाई ल्हाब्सोल भगवानहरू प्रति जय जयकार गरिन्छ ।

कार्यक्रममा सम्पूर्ण स्वदेश तथा बिदेशमा रहेका नेपाली, कोरियन बौध्दमार्गीहरू संगको अपसमा भाइचारा कायम हुँदै नेपाल र कोरियाबीच समेत शान्ति, सम्झौता छिट्टै कायम भै विश्वशान्ती छाइयोस भन्ने उध्देश्यले ल्हाब्सोल कार्यक्रम आयोजना गरिएकोले दुइ देशको नागारिकबोच सुमधुर सम्बन्ध र सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य र विश्वशान्ति कायम राख्नका निम्ती ल्होसार ल्हाब्सोलको बिशेष महत्व रहेको पाइन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...