Advertisement
SKIP THIS

स्याङ्जामा हुने “प्रथम एलादी महोत्सव २०७८” को तयारी अन्तिम चरणमा


बोम्जन गुरुङ

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा प्रथम एलादी महोत्सव २०७८ हुने भएको छ । “धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण, सम्बर्द्धन, कृषि, हस्तकला साथै ग्रामीण पर्यटनको प्रबर्द्धन” भन्ने महोत्सवको मूल नारा लिएर संगम युवा क्लबको आयोजना तथा स्थानीय आमा समूह र बाबा समूहको विशेष सक्रियतामा यही मंसिर २४ गतेदेखि २८ गतेसम्म ५ दिने सो महोत्सव हुने भएको हो ।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेको उक्त एलादी गाउँ र आसपासको क्षेत्रमा महोत्सवले गाउँको आर्थिक, सामाजिक पक्षमा मात्र नभई मौलिक तथा साँस्कृतिक संरक्षण र सम्बर्द्धनमा समेत टेवा पुर्याउने उद्धेश्यले सो महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष प्रशान्त गुरुङले बताए ।

उक्त ग्रामीण भेगमा उत्पादित ताजा र अर्गानिक तरकारी, सुन्तला, कफि एवम् अदुवा लगायतको खाध सामाग्रीको प्रदर्शन साथै विक्री वितरणको व्यवस्था गरिएको र पशुपालनबाट आत्मनिर्भर रहेका किसानहरुलाई प्रोत्साहन हुने गरी मासु तथा दूधजन्य पदार्थको विक्रीको साथै महोत्सव मार्फत प्रचारप्रसारको व्यवस्था मिलाईएको मूल आयोजक समितिका प्रतिनिधि कमल गुरुङले जानकारी गराए ।

महोत्सवको लागी आर्थिक सहयोग संकलन अभियान, स्टल निर्माण, प्रचारप्रसार, विभिन्न संघसंस्था, प्रशासन र सम्बन्धित निकायसँग समन्वय गर्दै तयारी अन्तिम चरणमा पुगेको र व्यापारको लागी स्टल बुकिङ्ग खुल्ला भएको आयोजकले जनाएको छ । महोत्सवमा दर्शकको उपस्थितिसँगै थप रौनकता बढाउन सजावट र सरसफाईलाई विशेष ध्यान दिईएको र सो क्षेत्रको धार्मिक, साँस्कृतिक झाँकी, हस्तकला, विभिन्न जातिहरुको भेषभूषा, स्थानीय कृषि उपजको प्रदर्शनी, उपलब्ध श्रोत साधन महोत्सवको मुख्य आकर्षण रहेको आयोजक प्रतिनिधि सुशिल गुरुङले थपे ।

महोत्सवका मुख्य आकर्षणहरु :

१) ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरुको लाईभ दोहोरी प्रस्तुति
२) घाँटु, कृष्ण चरित्र (मारुनी) जस्ता मौलिक पहिचान बोकेका कलाहरुको विशेष प्रस्तुति
३) ग्रामिण परिवेश र जनजीवन झल्किने परम्परागत हस्तकलाका सामाग्रीको प्रदर्शनी
४) स्थानीय कृषि उपज र वस्तुहरुको प्रदर्शनी
५) प्रथम एलादी Grouping Dance Competition
६) ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति
७) चर्चित पोख्रेली कोरियोग्राफर समूहको नृत्य प्रस्तुति
८) साविकको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता
९) स्थानीय मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम/इलेक्ट्रिक पिङ्ग

सिद्धार्थ राजमार्गको पोखरा-बुटवल अन्तर्गत वालिङ नगरपालिकाको त्रियासी वा रामबाच्छाबाट खहरे, रत्ने हुँदै करिब ७ किलोमिटरको पक्की/कच्ची सडकपछि उक्त महोत्सव स्थलमा पुग्न सकिने र महोत्सव सभ्य र भव्य सम्पन्न गर्न आर्थिक, भौतिक सहयोगको अपेक्षा गर्दै “प्रथम एलादी महोत्सव २०७८” अवलोकनका लागी महोत्सव मूल आयोजक समितिले सम्पूर्णमा अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा श्रमिक तथा विद्यार्थी हेल्प डेस्क सञ्चालनमा आउने
  • कोरियामा वुद्धिचाल प्रतियोगिता हुँदै, विजेतालाई १० लाख वन पुरस्कार
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...