इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह


सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ।

नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो । साथैसरकारले इपिएसअन्तर्गत नेपालका लागि कोटा संख्या बढाउन आग्रह पनि गरेको छ।

बैठकमा दुई पक्षबिच कोभिड-१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवद्र्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बताए।

‘दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदान महत्वपूर्ण रहेको स्वीकार गर्दै दुवै पक्षले रोजगार इपिएससम्बन्धी समझदारी पत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्नेमा सहमति जनाएका छन्,’ परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं नेपाली प्रतिनिधिमण्डलका नेता थापाले भने।

बैठकमा नेपाल–कोरिया सम्बन्धको समग्र पक्षबारे विचारविमर्श हुनाका साथै दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नतामा जोड दिइएको थियो। छलफलका क्रममा दुवै पक्षले संयुक्त राष्ट्रसंघ र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लगायत क्षेत्रीय तथा बहुपक्षीय तहमा पारस्परिक लाभका क्षेत्रमा सम्भावित सहयोगबारे पनि विचार आदान प्रदान गरेका थिए।

थापा नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीको सहभागिता थियो भने र कोरियाली प्रतिनिधिमण्डलमा दक्षिण एसियाली तथा प्रशान्त मामिला ब्यूरोका महानिर्देशक सङ्ग्र्योल लीसहित कोरियाली परराष्ट्र मन्त्रालय, कोरियाली दूतावासका अधिकारी, कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपाल कार्यालयका देशीय निर्देशक र प्रतिनिधि सहभागी थिए। रासस

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने
  • फोनिज कोरियाको तेस्रो अधिवेशन मार्च ११ मा हुने
  • मगर संघको अधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

    जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी ...

    कोरियामा कामदारलाई वैकल्पिक बिदा

    कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय ...

    कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

    कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...