Advertisement
SKIP THIS

नेपाल आदिवासी जनजाति महासंघको सातौं महाधिवेशन सम्पन्न अध्यक्षमा विक्रम रानामगर


नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सातौं महाधिवेशन आईतबार सम्पन्न भएको छ । महाधिवेशनबाट विक्रम रानामगर(वाईवी) को अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।
कार्यसमितिमा उपाध्यक्षहरु आङसोनाम शेर्पा र विशन राई, महासचिव प्रितम लिम्बू, सचिवमा देवेन्द्र काङमा लिम्बू रहेका छन् । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्यहरुका पद भने खाली छन् । सदस्यहरुमा दिपक मगर, रविन बान्तवा र सूर्य रुम्बा रहेका छन् ।
कोरोना महामारीका कारण जुम अनलाईन मार्फत भएको कार्यक्रम नेपाली राजदुतावासका कार्यवाहक राजदुत रामसिं थापा, विभिन्न देशका महासंघका प्रतिनिधिहरु र कोरियामै रहेका विभिन्न जातिय तथा क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए भने प्रवासी मजदुर युनियन(एमटुयू)का अध्यक्ष उदय राईलाई सम्मान पनि गरिएको थियो ।

एक करोड ५० लाख वनको आदिवासी उत्थान कोष
महासंघले कोरियामा नेफिन हाउस दीर्घकालीन लक्ष्य अन्तरगत १ करोड ५० लाख वनको आदिवासी उत्थान कोषको स्थापना गर्ने भएको छ । कोषबाटै नेपालका जेहेन्दार विद्यार्थीलाई छात्रबृद्धि दिनुको साथै विभिन्न सामाजिक कार्यमा समेत यो रकम प्रयोग हुनेछ । ‘यस कोषको संचालनको लागि महासंघको विधानको अधिनमा रहेर कार्यविधि वनाउने महासंघका निवर्तमान अध्यक्ष युगेल शेर्पाले बताए । हामीले यस कोषलाई व्यबस्थित र पारदर्शी वनाउन कोष संचालन कार्यविधि बनाउने भएका छौं । कार्यविधि अनुसार नै कोषको संचालन हुनेछ ।’ उनले भने ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...