Advertisement
SKIP THIS

पीएसजीले काेच फेर्दैछ ?


एन्टोनियो कसानो धेरै बोलिरहन्छन्, त्यसैले उनले बोलेका हरेक कुरा पत्याउने कि नपत्याउने भन्नेमा शंका हुन्छ । तर पेरिस सेन्ट जर्मेनमा माउरिसियो पोचेटिन्होबारे उनको पछिल्लो टिप्पणीले भने निकै चर्चा बटुलिरहेको छ भने पार्क डेस प्रिन्सेसको डग आउटमा अब जिनेदिन जिदान आउने चर्चा चुलिएको छ ।

गत हप्ता पीएसजी लिग वानमा रेनसँग २–० ले स्तब्ध बन्यो । उक्त परिणामपछि क्लबमा पोचेटिन्होको समर्थन र उनको कामप्रति विश्वास गर्ने धेरै जना नरहेको देखिएको छ । ‘पोचेटिन्होको पीएसजीमा समय निकै कम छ,’ क्रिस्टियन भिएरीको ट्वीचमा रहेको बोबो टिभी च्यानलमा कसानोले भने, ‘मानिसहरुले उनीबारे निकै नराम्रो कुराहरु सुनाएका छन् । मैले निकै नराम्रो हल्लाहरु सुनेको छु ।’

‘उनी निकै राम्रो मानिस हुन्, तर कोच… उनी एक मिनेट पनि रणनीतिक छलफल गर्दैनन् र खेलाडीहरूले पनि यसको माग गरिरहेका हुन्छन् । बरु उनले खेलाडीहरुलाई कसरी खेल्ने भनेर सुझाव मागिरहेका हुन्छन्,’ उनले भने, ‘मैले जे सुने मलाई नै विश्वास लागिरहेको छैन । उनले अहिलेसम्म च्याम्पियनहरूलाई प्रशिक्षण गरेका छैनन् र उनलाई निकै कठिन भइरहेको छ । जहाँसम्म मैले सुनेको छु, यस्तै चल्ने हो भने उनी त्यहाँ धेरै टिक्दैनन् । जिजुमाथि आँखा राखिराख्नु ।’
रियल म्याड्रिड छाडेयता जिदानको नाम युभेन्टस् र फ्रान्ससँग जोडिँदै आएको छ । तर पीएसजी पनि उनको सम्भावित गन्तव्यमा थपिएको छ । रियल पुगेपछि उनी ‘सुपरस्टार’ हरुको अंहकारलाई व्यवस्थापन गर्न सफल भएका थिए भने लस ब्लाङ्कोसलाई लगातार तीनवटा च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि सफल भएका थिए ।
रियलमा गेराथ बेल, करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डो थिए भने पीएसजीमा अहिले किलियान एम्बाप्पे, नेयमार र लियोनेल मेस्सी छन् जसको व्यवस्थापन पोचेटिन्होले गर्न सकिरहेका छैनन् । यदि पीएसजीलाई सुपरस्टारहरुको व्यवस्थापन गर्ने कोही व्यक्ति चाहिएको हो भने त्यसका लागि जिदान सही व्यक्ति हुनसक्छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...