Advertisement
SKIP THIS

कास्की परिवार कोरियाको सातौं अधिवेशनबाट आरती ह्योल्मो नेतृत्वको कार्यसमिति चयन


बोम्जन गुरुङ
२० सेप्टेम्बर २०२१, सउल कोरिया ।

कास्की परिवार दक्षिण कोरियाको आसन्न सातौं अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । आइतबार प्रविण गिरीको सभापतित्व र गण्डकी प्रदेश सभा सदस्य सदस्य अर्थमन्त्री माननीय रामजी प्रसाद बरालको प्रमुख आतिथ्यतामा सो अधिवेधन सम्पन्न भएको हो ।

संस्थाको उपाध्यक्ष आरती ह्योल्मोको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष प्रविण गिरीले संस्थाको प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण संस्थाका सहकोषाध्यक्ष सूर्यप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । “संगठित समूह नै परदेशको सहारा हो’ भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको कास्की परिवारको सातौं अधिवेशनमा विशेष अतिथिहरुमा संस्थाका संरक्षक खोम प्रसाद गुरुङ, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालका अध्यक्ष गोविन्द पौडेल, नेपाली राजदूतावास दक्षिण कोरियाकी श्रम सहचारी रमा भट्टराई, कास्की जिल्लाका विभिन्न गाउँपालिका प्रमुखहरु गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका निवर्तमान अध्यक्ष यज्ञराज सुवेदी, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, कोरियस्थित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले महाधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

उदघाटन सत्रपछिको बन्द सत्रमा संस्थाका संरक्षक खोम प्रसाद गुरुङ संयोजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । कास्की परिवार दक्षिण कोरियाको सातौं अधिवेशनबाट अध्यक्षमा आरती ह्योल्मो, वरिष्ठ उपाध्यक्ष डा. किशन क्षेत्री, उपाध्यक्ष सन्तोष पौडेल, उपाध्यक्ष हिसप श्रेष्ठ, सचिव भरत सुवेदी, सहसचिव अशोक कुमार थापा, सहसचिव पुष्पकमल बराल, कोषाध्यक्ष सूर्यप्रसाद अधिकारी, सहकोषाध्यक्ष लोक बहादुर पुन र सदस्यहरुमा रामचन्द्र अधिकारी, राजेश सुवेदी, शिव पुन, शंकर गुरुङ सर्वसम्मत चयन भएका छन् ।

जूम भर्चुअलमा हिसप श्रेष्ठको विशेष प्राविधिक सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका सचिव विनोद दाहालले गरेका थिए । कास्की परिवार दक्षिण कोरियाको सातौं ऐतिहासिक महाधिवेशलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष र जूम भर्चुअल मार्फत जोडिएर उपस्थित समस्त महानुभावहरुलाई कास्की परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...