Advertisement
SKIP THIS

स्वर्गीय पिताको सम्झनामा छोराहरुले गरे समाजलाई जिन्सी सहयोग ।


बोम्जन गुरुङ
०२ असोज २०७८

बुटवल उपमहानगरपालिका वडा नं. १७ मोतीपुर स्थित एक परिवारका चार दाजुभाई छोराहरुले स्वर्गीय पिता ह. ना. सु. तोक बहादुर गुरुङको स्मृति र वार्षिक पुण्य तिथिको अवसर पारेर आफ्नो समाजलाई एक थान त्रिपाल सहित दश थान प्लाष्टिक टेबल सहयोग गरेका छन् । स्वर्गीय गुरुङकी धर्मपत्नी खिममाया गुरुङ, छोराहरु ढाल बहादुर गुरुङ (मुख्या सुभा) टेक बहादुर गुरुङ, दिनेश गुरुङ (कोले), कमल गुरुङले एक अनौपचारिक कार्यक्रमका विच उक्त सामाग्रीहरु सामूहिक हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रमम गहौं भिर्कोट आँधिखोला तमु सेवा समाजका अध्यक्ष गौसरी गुरुङ, उपाध्यक्ष जितमाया गुरुङ, सहसचिव खिमा (बनु) गुरुङ, कोषाध्यक्ष धनमाया गुरुङ लगायत अन्य पदाधिकारी र सदस्यहरु, बाबा समूहका प्रतिनिधिहरु तथा समाजका अग्रज व्यक्तित्वहरु उपस्थित रहेका थिए । उक्त कार्यक्रममा ढाल बहादुर गुरुङ (मुख्या सुभा) ले हरेक सुख दुःखमा समाजसँगै रहने सौभाग्य मिलेकोमा खुशी व्यक्त गर्दै अझ दुःखको बेला समाजको साथ, सहयोग र सहकार्यको निमित्त हार्दिक आभार व्यक्त गरे । अरु माध्यमबाट समाजलाई सहयोग आउने गरेपनि पितृको सम्झना र पुण्य तिथिको अवसरमा यो सहयोग जुटेको पहिलो पटक भएको र आगामी दिनहरुमा समाजको हित, उन्नतिको लागि यस्तै सहयोग आउने अपेक्षा सहित अवधारणाको विकास भएको समाजको अध्यक्ष गौसरी गुरुङले बताईन् ।

स्वर्गीय गुरुङको परिवार मूलघर स्याङ्जा वालिङ-७, केवरे बनकट्टा घर भई बसाईसराईको सिलसिलामा करिब २५ वर्ष अघि मोतीपुर आएका थिए । स्व. गुरुङ भारतीय सेना निवृत अवकास प्राप्त थिए । उनी समाजका अभिभावक, सल्लाहकार साथै अति सक्रिय सामाजिक व्यक्तित्व थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...