Advertisement
SKIP THIS

आफ्नो गाउँको भवन पुनर्निर्माणमा जागरुक हुँदै लमजुङ हिलेका बासिन्दा ।


लमजुङको गुरुङ गाउँ १२ थर हिलेमा समिति भवन पुनर्निर्माणको लागि एकताको अपिल ।

वि.सं. २०५२ सालमा श्री जन-कल्याण आमा समूह १२ थर हिलेको पहलमा समिति भवन निर्माण गरिएको थियो । सायदै १२ थर भेगकै पहिलो समिति भवन थियो जन कल्याण आमा समूह भवन । गाउँलेको आवश्यकता अनुसार बिस्तारै हरेक गाउँहरुमा समिति भवनहरु निर्माण हुँदै गए । उक्त भवनबाट गाउँलेहरुले धेरै लाभ उठाउन सफल भए तर परिवर्तनशिल समयको मागसँगै विभिन्न कारणहरुले गर्दा त्यसपछि भने पुनर्निर्माण हुन सकिरहेको थिएन । बदलिंदो समाजसँगै मानिसहरु बसाईसराई हुने क्रम हिले गाउँमा पनि रोकिएन । केही पढेलेखेका, कमाउनेहरु सबै शहर बजार झर्न थालेपछि गाउँमा बुढा पाका र असक्षम व्यक्तिहरु मात्र रहन पुगे जसले गर्दा यस्ता सामजिक कार्यहरुमा नयां सोच र शक्तिको अभाव खट्किनु स्वभाविक पनि हो । जीर्ण अवस्थामा गइसकेको समिति भवन धेरै नै साँघुरो पनि भएको कारणले गाउँलेहरुले नयाँ भवनको विकल्प खोजिरहेका थिए , सबैको मनमा भवन बनाउनुपर्छ भन्ने भावना नभएको पनि होइन तर समस्या थियो नेतृत्वको । यसै क्रममा हिले गाउकै ज्ञानेन्द्र गुरुङ नेतृत्वको भुमिकामा देखा परे पछि शुरु भएको हो “श्री जन-कल्याण आमा समूह उपभोक्ता समिति भवन पुनर्निर्माण अभियान ”

रोजगारीको शिलशिलामा १० वर्ष बिदेश बसेर आफ्नो गाउँ फर्किएपछि गाउँघरमा देखिएका परिवर्तन र तिनले निम्त्याएका समस्याहरु देखेपछि ज्ञानेन्द्र गुरुङलाई खासै निन्द्रा आउन छाडेको थियो । आफ्नो गाउँघर प्रतिको मायाले दिएको जिम्मेवारीको भारी बोक्न पछि नहट्ने युवाले यस्तै कथाको सेरोफेरोमा रहेर गुरुङ भाषाको सन्देशमुलक चलचित्र “बारा-पोखरी” पनि निर्माण गरिसकेका छन् भने कोभिडको कारणले रिलिजको पर्खाईमा रहेको छ । गाउँमा देखिएका केही समस्याहरु मध्ये मुख्य समस्याको रुपमा उनले समिति भवनलाई देखे र सामजिक भवन निर्माणको लागि सरकारबाट बजेट केही मात्रमा सहयोग मिले पनि सम्पूर्ण लागत लिन नमिल्ने कुरा थाहा पाएपछि उनले अर्को विकल्प रोजे । गाउले दाजुभाइ, दिदीबहिनीहरुसँग सरसल्लाह गरेपछि सबैको साथ सहयोग मिल्छ भन्ने कुरामा विश्वस्त उनले त्यसै अनुरुप अघि बढे । देश विदेशमा छरिएर रहनुभएका हिले गाउँका केही अग्रज र केही साथीहरु सँगग कुरा राख्ने बित्तिकै सबैको उतिकै साथ र हाैसला पाएपछि ज्ञानेन्द्रको सोच सिंङ्गो गाउँलेको अभियानमा परिणत भई अघि बढिसकेको छ ।

कर्मले जहाँ जता डोराएर लगेता पनि आफ्नो पुर्खाको थलो गाउँघरलाई माया मार्न नहुने र सक्दो हेरचाह गर्नुपर्छ भन्ने सम्पूर्ण गाउँलेको मनभित्र गुम्सिएर बसेको सोच आज एकताको ढिक्का बनेर बाहिर आएको छ । आफुले सकेको आफ्नो ईच्छा र गच्छे अनुसारको नगद सहयोग गरि भवन पुनर्निर्माणको लागि सम्पूर्ण गाउँलेहरु जुटिसकेका छन् । चालू वर्ष २०७८ मा नै सम्पुर्ण निर्माण कार्य सकाई आउँदो २०७९ साल बैशाख पूर्णिमामा भब्य उद्घाटन गर्ने गृहकार्य तिव्र रुपमा अघि बढिसकेको यस अभियानमा सम्बन्धित सबैजना जोडिनुहुन गाउँलेहरुले अनुरोध गर्नु भएको छ । सहयोग रकम संकलन अभियान भएको हुनाले भवनको निर्माण लागत कति लाग्छ भन्ने कुराको खुलासा भने अहिले नै यति उति भनी भन्न नसकिने बताउनुभएको छ ।

देश विदेशमा छरिएर बस्नुभएका हिले गाउका सम्पूर्ण लगायत हिले गाउँलाई माया गर्नुहुने छोरी ज्वाइँ , सोल्टी सोल्टिनी, भान्जा भान्जीहरुलाई पनि यस अभियानबारे जानकारीका साथै स्वागत गर्न चाहन्छाैं ।

(संयोजक : ज्ञानेन्द्र गुरुङ – हाल काठमाडाैं)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...