Advertisement
SKIP THIS

हलेसी रनिङ कप गाङबुक वेलबिङ सेन्टरमा हुने


फोनिज कोरिया संवाददाता

सोल-खोटाङ सेवा समाज कोरियाले खेलकूद बिकास तथा आपतकालिन राहत कोष निर्माण सहयोगार्थ आगामी जुलाई १२ तारिख आईतबारको दिन आयोजना गर्न गई रहेको हलेसी रनिङ कप गाङबुक वेलबिङ सपोर्ट सेन्टरमा हुने भएको छ |

 

कोरियामा फैलीरहेको मर्सका कारण पहिलो तोकिएको स्थानमा परिवर्तन गरिएपछि सुयो यकको ३ न. गेटबाट माउलबस ९, ११ न.को चढेर 강북 웰빙 스포츠 센터 Gangbuk wellbeing sport center मा ओर्लिएपछि पुग्न सकिने आयोजकले जनाएका छन् | स्थान परिवर्तनका कारण पुगेका क्षति प्रति आयोजकले क्षमा याचना गरेको छ |

 

यस अघि समाजले गत जुन २८ तारिख आईतबारको दिन राजधानी सोलको तोङदेमुन स्थित लक्ष्मी रेष्टुरेण्टमा सम्पन्न गोलाप्रथा कार्यक्रममा उपस्थित सहभागी १६ टीमकै प्रतिनिधिहरुको उपस्थितिमा खेल टाईशीट प्रकाशन गरिसकेको छ ।

 

समाजका अध्यक्ष अमृत राईले दिएको जानकारी अनुसार कूल १६ टीमले सहभागिता जनाएको यस आयोजनामा समय अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बिहान ठीक ९ बजेदेखि खेल संचालन गरिने छ । टाईशीट अनुसार आयोजनाको पहिलो खेल आयोजक टीम खोटाङ सेवा समाज र गुल्मी सम्पर्क समिति बिच प्रतिष्प्रर्धा हुने छ भने दोश्रो खेल पर्वत प्रवासी सेवा समाज र स्याङजा परिवार बिच प्रतिष्प्रर्धा हुने छ ।

halesi

यस आयोजनामा समाबेश गरिएको भाग्यशाली चिट्ठामा लेखिएको मिति जुलाई ५ तारिख भएको भएता पनि उक्त चिट्ठाको नतिजा खोटाङ हलेसी रनिङ कप २०१५ आयोजना दिन अर्थात जुलाई १२ तारिख खोलिने छ । खेलकूद बिकास तथा आपतकालिन राहत कोष निर्माण गर्ने लक्ष सहितको यस आयोजनामा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु, बुद्दीजिवी ,ब्यापार व्यवसायीहरु, बिधार्थी ,पत्रकार लगायत सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थित भई भब्य रुपमा सफल पारि दिनु हुन हार्दिक अनुरोध गरिएको छ ।

 

स्थान:

Line -4 को 수유 역 को ३ न. गेट हिडेर १० मिनेट अथवा माउल बसको ९ र ११ नो चढेर 강북 웰빙 스포츠 센터 अघि ओर्लिने

हलको नाम :- 강북 웰빙 스포츠 센터 Gangbuk wellbeing sport center

 

बिस्तृत जानकारीको लागि :-

अमृत राई -०१०४६१६८४५५

चित्र गुरुङ -०१०५९४२०१४५

रामप्रसाद राई -०१०४४३६९८०८

अनुप राई -०१०६४४५३७५२९

अरुण राई – ०१०८४४३९७९४

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...