Advertisement
SKIP THIS

दक्षिण कोरियाबाट काभ्रेका लागि स्वास्थ्य सामग्री सहयोग


काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको पहलमा संकलित सहयोग रकम रु ४ लाख २५ हजार पाँच सय बराबरको स्वास्थ सामाग्रीहरु जिल्ला प्रशासन कार्यलय तथा संकट ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

बिहिवार (जुन 10) जिल्ला प्रशासन कार्यलय काभ्रेको प्राङ्गणमा एक कार्यक्रम गरि प्रमुख जिल्ला अधिकारी(सिडिओ) एवं जिल्ला संकट व्यवस्थापन संयोजक शिवराम पोखरेल सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झा लगायतको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

सहयोग सामग्रीहरुमा २६ वटा अक्सिजन सिलिन्डर, पि.पि.ई सेट २६ थान र मास्क ५२ प्याक रहेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै सिडिओ पोखरेलले बिदेशमा पुगेर पनि आफ्नो ठाउँमा परेको समस्यालाई बुझेर यसरी सहयोग गरेकोमा धन्यवाद दिएका थिए । “नेपालमा अहिले संक्रमण छ । त्यसमा पनि महामारी र धान्नै नसक्ने गरि संकटको अवस्था भएको बेलामा यसरी सहयोग गरेकोमा कोरियामा रहेका जिल्ला बासी सम्पुर्णमा हार्दिक धन्यवाद !” पोखरेलले भने । साथै उपलव्ध सहयोग सामग्रीहरु सबै स्थानीय तहहरुमा आवस्यकताको आधारमा समान रुपले वितरण गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

सिलिन्डर लगायतको सामग्रीहरुको खरिदका लागि नेपालमा रहेका संस्थाका संरक्षक सल्लाहकार यम श्रेष्ठ र सचिब चिरञ्जीवी तिमल्सिना लगायतले सहयोग गरेका थिए । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा भने पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकारहरु रामकृष्ण आचार्य, श्रमदिप चौलागाईं, तपस तामाङ लगायत संस्थाका शुभचिन्तक बिजय बस्नेत, विमल तामाङ र साङ्गे छिरिङ्ग लामा लगायतको सहभागीता रहेको थियो ।

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको पहलमा यहाँ रहेका सम्पुर्ण काभ्रेलीहरुमा सहयोगका लागि आव्हान गरेका थिए । आफ्नो मातृभुमीलाई परेको पिडालाई अलिकति भएपनि मल लगाउन सकिन्छ कि भन्ने हेतुले सहयोगका लागि संस्थागत पहल गरेको अध्यक्ष सानू लामाले फोनिज कोरियालाई बताएका छन् । “करिब २ हप्ता मात्र चलाएको यस अभियानमा संस्थाको सम्पुर्ण पदाधिकारी, संरक्षक, सल्लाहकार र कोरियामा रहेका सम्पुर्ण काभ्रेली र गैर काभ्रेलीले समेत सक्रिय सहभागीता जनाएकोमा मेरो ब्यक्तिगत र संस्थाको तर्फबाट सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।’ लामाले भने । संकलित रकमबाट जिल्लाको १३ वटै स्थानीय निकायहरुमा ४० लिटरको २/२ वटा अक्सिजन सिलिन्डर, पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पिपिई) २/२ थान र केही मास्क पुग्नेगरी खरिद गरिएको लामाले बताए । साथै नेपालमा रहेर यस अभियानलाई अन्तिम रुप दिन महत्त्वपूर्ण योगदान दिनुहुने सम्पुर्णलाई पनि अध्यक्ष लामाले धन्यवाद व्यक्त गरेका छन् ।

सन २०११ मा स्थापना भएको यस संस्थाले नेपालमा विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहयोग गर्दै आएको छ । संस्थाले कोरोनाको पहिलो लहरको समयमा पनि सहयोग गरेको थियो । पहिलो लहरको कोरोना महामारिमा सस्थाको तर्फबाट जिल्लाको सबै स्थानीय निकायहरुमा खोलिएको क्वारेन्टाइन तथा आइसुलेसनका लागि खाने पानीको ब्यवस्थापन गर्न २० वटा पानी ट्याङ्कीको व्यवस्था गरिएको थियो । उक्त सहयोग सामग्री भने धुलिखेल नगरपालिकामार्फत सबै स्थानीय तहहरलाई आवस्यकताको आधारमा हस्तान्तरण गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...