Advertisement
SKIP THIS

विश्वका ओखलढुंगेलीहरुको सहयोगमा ओखलढुंगामा पहिलो पटक चार आइसियु बेड सहयोग


विश्वभरी छरिएर रहेका ओखलढुंगेलीहरुको सहयोगमा ओखलढुंगा जिल्लामा पहिलो पटक आइसियु बेड (सघन शैया) उपलब्ध भएको छ । “कोभिड १९ बिरुद्ध ओखलढुंगेली विश्वब्यापी संजाल”द्धारा संचालित अभियानबाट सो सामग्री प्रदान गरिएको हो । सामुदायिक अस्पताल, सोब्रुमा २ वटा र जिल्ला अस्पताल रुम्जाटारमा २ वटा आइसियु बेड हस्तान्तरण गरिएको संजालका सदस्य सचिव श्रीराम गुरुङले जानकारी गराए ।

सिद्धिचरण नगरपालिका प्रमुख मोहन श्रेष्ठ तथा उपप्रमुख इच्छा कुमारी गुरुङ र उद्योग वाणिाज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र मास्के लगायतको सहयोगमा स्वास्थ्य सामग्री छनौट, खरीद र व्यवस्थापन गरी हस्तान्तरण गरिएको थियो ।

ओखलढुंगा जिल्लामा बढ्दो कोरोना महामारीलाई रोकथाम गर्न विश्वभरी छरिएर रहेको ओखलढुगेलिहरुलाई गोलबद्ध गरी विश्वव्यापी संजाल गठन गरीएको हो । युकेका शिबजी श्रेष्ठको संयोजकत्वमा कोरियाबाट श्रीराम गुरुङ सदस्य सचिव र अमेरिकाबाट दिनबन्धु प्रमी कोषाध्यक्ष सहित १५ देशका संयोजक सदस्य रहने गरी संजाल गठन गरिएको छ ।

विश्वव्यापी संजालको संयोजक सदस्यहरुमा ओखलढुंगा जिल्ला समाज युकेका बरिष्ठ उपाध्यक्ष नारायण गुरुङ र महासचिब प्रेम तामांग रहेका छन् भने विभिन्न देशमा गठित ओखलढुंगा सेवा समाजका अध्यक्षहरु सोही देशका संयोजक रहेका छन् । जसमा क्रमशः फडिन्द्र अधिकारी दक्षिण कोरिया संतोस बानिया जापान , भिम तामाङ कतार र आयुष्मा गुरुङ साइप्रसका संयोजक रहेका छन् ।

साथै ओखलढुंगा एकता सेवा समाज मलेसियाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ , अमेरिका र क्यानाडाबाट दिनबन्धु प्रेमी, अस्ट्रेलियाबाट अम्विका श्रेष्ठ , बेल्जियम र नेदरल्यान्डबाट सुवास गुरुङ , हङकङबाट नरेन्द्र गुरुङ , युएइबाट जितेन्द्र गुरुङ , साउदीबाट सुबाश मोक्तान , कुवेतबाट श्याम पराजुली , इजरायलबाट निरा गुरुङ , पोचुर्गलबाट यज्ञ मगर र भारतबाट पेसल राज बुढाथोकीको संयोजकत्व रहेको छ ।

यस संजालद्धारा संचालित अभियानबाट संकलित आर्थिक सहयोग मार्फत जिल्लामा आवश्यक स्वास्थ्य सामग्री पठाउनेक्रम जारी छ । तुरुन्तै जिल्लाका ८ पालिकामा ४० लिटरको ५।५ अक्सिजन सहयोग गर्ने तयारीमा रहेका संजालले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...