Advertisement
SKIP THIS

एनआरएनए कोरियाको अध्यक्षमा बिपिन कुमार गुरुङले उम्मेदवारी दिने ।


बोम्जन गुरुङ २१ मे २०२० कोरिया ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशन (२०२१-२०२३) हुने भएपछि बढ्दो गर्मीसँगै सदस्यता वितरण प्रक्रिया र चुनावी माहौल तातिदै गईरहेको छ । कोरोनाको संक्रमण र जोखिमको कारण इलेक्ट्रोनिक भोटिङ सिस्टमबाट सञ्चालन हुने उक्त महाधिवेशनका लागि समाजसेवी बिपिन कुमार गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

सन् २००१ मा कोरिया प्रवेश लगत्तै थुप्रै सामाजिक क्षेत्रमा निरन्तर आफ्नो सक्रिय उपस्थिति देखाउदै आइरहेका गुरुङले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको पूर्व वरिष्ठ उपाध्यक्षको रुपमा रहेर अनुभव बटुलिसकेका छन् । समाजसेवाको पाटोलाई फराकिलो बनाउँदै उनी जनसम्पर्क समिति कोरियाको सल्लाहकार तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, बागलुङ समाज दक्षिण कोरियाको संरक्षक, ब्याडमिन्टन संघ दक्षिण कोरियाको अध्यक्ष, तमु धींको केन्द्रीय सल्लाहकारको रुपमा आबद्ध रहेर कोरियास्थित नेपाली जनसमुदायमा एक परिचित व्यक्तित्व र सफल व्यवसायी समेत हुन् ।

समाजसेवा, असल चरित्र, जनसमुदायमा स्वच्छ र प्रभावशाली छवि लगायतको मूल्यांकनका आधारमा नेपाली राजदूतावास सउलको सिफारिस सँगै गुरुङ २०२० कोरिया सउल महानगरपालिका मानार्थ नागरिकता र यो वर्ष सउल लायन अफ द ईयर २०२१ बाट सम्मानित भएका छन् । विगतदेखि वर्तमानसम्म एनआरएनए सँग प्रत्यक्ष जोडिएर संस्थागत उद्धेश्य, मूल्य, मान्यता र गतिविधिलाई अत्यन्त नजिकबाट नियालेका गुरुङले यो पटकको अधिवेशनमा अध्यक्ष पदमा आफ्नो जित सुनिश्चित रहेको दावी गरे । यही मे २२ तारिकसम्म अनिवार्य सदस्यता प्राप्त गर्नुपर्ने र आफ्नो मताधिकार सुरक्षित गर्नुहुन अनुरोध गर्दै भारी मतले अध्यक्ष पदमा विजयी गराउनुहुन कोरियामा रहनुहुने समस्त दाजुभाई, दिदीबहिनीहरु समक्ष हार्दिक अपिल गरेका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशनको मिति छिट्टै सार्वजनिक गरिने जानकारीमा आएको छ । उक्त महाधिवेशनमा भाग लिन सदस्यता आवेदन प्रक्रिया पूरा गरेपछि मात्र आफ्नो मताधिकार सुरक्षित हुनेछ । यही मे महिनाको २२ तारिक राती १२ बजेसम्म मोबाईलबाट SMART NRNA एप डाउनलोड सदस्यता प्राप्त गर्न सकिनेछ । सदस्यता आवेदन सम्बन्धी सम्पूर्ण प्रक्रियाको जानकारी एनआरएनए दक्षिण कोरियाको आधिकारिक फेसबुक पेजबाट उपलब्ध गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...