Advertisement
SKIP THIS

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगलागी पीडित परिवारलाई आर्थिक सहयोग


ताप्लेजुङ ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले मिरिङ्देन गाउँपालिका दोभान बजारका अग्नि पीडितलाई ७ लाख ६५ हजार ५ सय २५ रुपैयाँ सहयोग रकम वितरण गरेको छ । आगलागीबाट ४८ घरघुरी र डेरा गरी बस्ने १० घर परिवार गरी जम्मा ५८ विस्थपित परिवारलाई १३ हजार २ सय रुपैयाँका दरले राहत वितरण गरिएको थियो।

मिरिङ्देन गाउपालिका अध्यक्ष गणेश चोङबाङ लिम्बुकाे रोहवरमा ताप्लेजुङ सम्पर्क समिति कोरियाका उपाध्यक्ष बिजु माबो र एनआरएन दक्षिण कोरिया ख्यङसानबोक्दो शाखाका अध्यक्ष भेषराज दाहालले सहयोग रकम हस्तान्तरण गरेका थिए। राहत वितरण कार्यक्रममा स्थानीय स्तरका सरोकार निकायहरू, प्रहरी प्रशासन, रेडक्रस शाखा प्रमुख र स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।

समितीले तत्काल राहत संकलन कार्यदल गठन गरि दीर्ज काङ्भा, शंकर राई, मनिता तामाङ, जय खड्का, सृजु इदिङ्गो, रामकुमार राई, विनोद साैदेनको संयोजकत्वमा आर्थिक रकम संकलन गरेको थियो। उक्त अभियानमा विशेष सहयोग गर्नुहुने किरात याँक्थुङ चुम्लुङ बुसान शाखाका अध्यक्ष दीवा वरूम्हाङ लिम्बु लगायत सम्पूर्ण
सहयोगी महानुभावहरुलाई अध्यक्ष सागर माङ्मूले धन्यवाद ज्ञापन गरेका छन्।

गत फाल्गुन १८ गते मेरिङ्देन गाउँ पालिकामा अवस्थित जिल्लाको दोस्रो ठुलो दोभान बजारमा अचानक बिजुली सट भइ आगलागी भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...