Advertisement
SKIP THIS

२२ बर्षिया छोरीको दुइटै मृगौला फेल भएपछि कान्छ्मानलाई सास्ती, युवा मञ्चले सुरु गरे सहयोग अभियान


काभ्रेपलान्चोक तेमाल गाउँपालिका- ९ पालुघाटका ५९ बर्षिया कान्छामान तामाङ गाउँमै खेती किसान गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए। दुःख गरेरै भएपनि छोराछोरीलाई अध्ययन गराए । ऋण गरेरै तीन छोरीहरुको बिबाह पनि गराइदिए । घरमा भएका छोराछोरी पनि आफ्नो खुट्टामा उभिने भइसक्यो भन्ने लागेको थियो उनलाई । सबैले गरी खाने भए पछि आफूलाई कसो सहयोग नगर्लान् भन्ने मनमा थियो । यसैमा कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन गरेपछि बिहान कमाएर बेलुकीको छाक टार्नुपर्ने कान्छामानलाई सास्ती पार्यो ।

यसमाथि २२ बर्षिया छोरीको दुबै मृगौला फेल भएपछि उनलाई ठूलो बज्रपात आइपर्यो । आफ्नो परिवारको छाक टारौं कि छोरीको उपचार गरौं ? ‘खै जेठो छोरा र कान्छी छोरीले काम त गर्छन् तर उनिहरु आफै खान मात्रै ठिक्क हुदोरहेछ । कान्छो छोरा भरखर ९ कक्षा पढ्दै छ । मेरो अब खेती बाहेक केही पेसा छैन । बिबाह गरेर पठाउनु पर्ने छोरी यस्तो भयो । मेरो आफ्नो छाक टार्न मात्र पनि गारो छ । कसरी उपचार गर्ने छोरीको ?’ आफ्नो दुखेसो पोखे कान्छमानले । ‘कसैले सहयोग गरे भने उपचार होला नभए खै कसरी बचाउन सकिन्छ र मेरी छोरी ?’ आँखा टिल्पिलाउँदै गला अबरुद्ध पार्दै भने ।

२२ बर्षिया रञ्जना तामाङ कलिलो उमेरमा नै दुबै मृगौला फेल भएपछि पर्ने मानासिक प्रभाव छदैछ । साथी संगीसँग खेल्ने घुम्ने रमाइलो गर्ने र आफ्नो सुनौलो भविस्यको सपना देख्नु पर्ने यो उमेरमा भक्तपुरको साँगुरो कोठा र अस्पतालको सैयामा सिमित हुनुपरेको छ । हप्ताको २ चोटि डायलिसिसको लागि मानव अंग प्रत्यारोपण केन्द्र जाने र भक्तपुरको कोठामा आएर त्यतिकै टोलाएर बस्नु बाहेक अरु कुनै बिकल्प छैन । हिजो संगै खेलेका र रमाएका सबै साथीहरु बाट टाढा भैसके अब । दुखाई धेरै भयो भने जतिखेर पनि अस्पताल डौडाउनु पर्छ । हप्ताको २ पटकको डायलिसिसको खर्च त सरकारले बेहोर्छ तर औषधि, खान र बस्ने खर्च कसरी जुटाउने ? खान्छामानलाई यसै कुराले बारम्बार सताइरहन्छ । मृगौला प्रत्यारोपणको त सम्भावना नै देखेको छैन उसले ।

कान्छामानको दुःखलाई पालुघाट गाउँकै केही युवाहरुले सुरु गरेको युथ फोरम पालुघाट(युवा मञ्च पालुघाट)ले थोरै भएपनि मलम लगाउने कोसिस गरेकोछ । मञ्चले अभियानको सुरुवात स्वरुप संकलित रकम रु ५०७०५ (पचास हजार सात सय पाँच) हस्तान्तरण गरेको छ । शनिबार (चैत्र ७) का दिन तेमाल ९ का वडा सदस्य कान्छ लामा र पत्रकार सुदिन लामा, लगायत अनलाइन कर्मिहरुको रोहवरमा उक्त रकम बिरामी रञ्जना तामाङ्को हातमा हस्तान्तरण गरिएको हो ।

संकलित रकममा ललिता लामा र निरमाया लामाको पहलमा १८ हजार ७ सय ५ रुपैयाँ संकलन भएको थियो भने मञ्चले अफ्नो सदस्यहरु मध्येबाट थप संकलन गरि पहिलो प्रयास स्वरुप यसरी आर्थिक सहयोग गरेको अभियानता निमा छिरिङ लामाले बताए । साथै यो अभियान जारी रहने र सम्पुर्णमा सहयोग गर्नुहुन अर्का अभियानता सिंग बहादुर तामाङले आव्हान गरे ।

इच्छुक सहयोगी मनहरुले सहयोग गर्नका लागी बिरामीको दाइ हर्कमान लामा(9808460369) वा युवा मञ्च पालुघाटका अभियानताहरुलाई सिधै सम्पर्क गरेर पनि सहयोग गर्न सकिने छ ।

साथै मञ्चका सदस्य तथा सहयोग संकलन अभियानता पदम बहादुर लामाले दक्षिण कोरिया बाट पनि सहयोग संकलन अभियान संचालन गरेकाे छ । दक्षिण कोरियामा रहेका मनकारी सहयोगीहरुले Lama padam bahadur/IBK BANK- A/c no. 22142398102011 मा सहयोग गर्न सकिने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...