Advertisement
SKIP THIS

प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रवि प्रताप घिसिङ


प्रदेश नम्बर ३ (बागमती प्रदेश) एकता समाज दक्षिण कोरिया को दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कार्यसमितिको अध्यक्षमा रवि प्रताप घिसिङ निर्वाचित भएका छन् ।

आइतबार भर्जुअल माध्यम जूम मार्फत सम्पन्न उक्त अधिवेशन औपचारिक कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम मार्फत मुख्य मन्त्रीले समाजको आफ्नै वेवसाइट समेत उद्घाटन गरेका थिए ।

अध्यक्ष किशोर ब्लोन नियोगको अध्यक्षतामा भएको उक्त औपचारिक कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका सबै क्षेत्रीय संस्थाहरुको प्रतिनिधिको सहभागीता रहेका थिए ।

अधिवेशनको बन्दसत्र मार्फत समाजको नयाँ कार्यसमितिको निर्वाचित भएको हो । अध्यक्ष घिसिङ सहित वरिष्ठ उपाध्यक्षमा सुरज दर्लामी, उपाध्यक्षमा जयराम ढुंगाना, अङ्कित कर्की र मनोज कुमार सुवेदी निर्वाचित भएको हो ।

साथै महासचिवमा गोकुल प्रसाद ढंगोल, सचिवमा रहर लामा र उत्तम खनाल, कोषाध्यक्षमा
सुरेश थिङ, सह-कोषाध्यक्षमा सागर लामा रहेका छन् ।

सदस्य तथा जिल्ला संयोजकमा नुवाकोट समाजको तर्फबाट रमेश श्रेष्ठ रहेका छ्न । अन्य सदस्य तथा जिल्ला संयोजक पछि क्षेत्रीय संस्थाहरुले पठाए बमोजिम हुने जनाएको छ ।

नव निर्वाचित अध्यक्ष घिसिङले संगठन कुनै एक ब्यक्तिले मात्र चलाउने हैन सामुहिक रुपमा सबैको सहकार्यमा मात्र सफलता पाउने भन्दै सबैको साथ र सहयोगमा संस्था र प्रदेश नम्बर ३ को सफलताको लागि उचित कार्यहरू गर्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...