Advertisement
SKIP THIS

कोरियाले विदेशी विद्यार्थी लोभ्याउने नीति लिँदै


नोमराज गुरुङ्

सोल -कोरिया सरकारले विदेशी विद्यार्थीको संख्या बढाउने लक्ष्य लिएको छ । उसले हालैमा कोरियामा अध्ययनरत ८४ हजार विद्यार्थीहरुको संख्यालाई बढाएर २०२३ सम्म २ लाख पुर्याउने र  अन्तर्राष्ट्रिय विद्यार्थी मैत्री कलेज बनाउने लक्ष्य लिएको हो ।

 

 

मंगलबार सम्पन्न क्याबिनेट मिटिङ्मा यहाँको शिक्षा मान्त्रालयले २०११ यता कोरियामा घटिरहेको विदेशी विद्यार्थीहरुको संख्यालाई पुन बढाउन र यहाँको शैक्षिक बातावरणलाई पुर्नताजकी बनाउन नयाँ नीति र कार्यक्रमको प्रस्ताव समेत गरेको छ ।

 

 

विशेषगरी मन्त्रालयले यहाँका कलेजहरुलाई विदेशी विद्यार्थीहरुको लागि कलेजमा छुट्टै विभाग खोल्न अनुमति दिने नीति लिने जनाएको छ ।

 

 

त्यस्तै मन्त्रालयले विदेशी विद्यार्थीहरुलाई लक्षित गर्दै प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अँग्रेजी बेस विज्ञान र ईन्जिनियरिङ् अध्ययापन गराई स्थापित शैक्षिक कार्यक्रम ल्याउन कलेजहरुलाई सहयोग गर्ने प्रतिबद्धता लिएको छ ।

 

 

मन्त्रालयले विदेशी विद्यार्थीहरुबाट कोरियामा मास्टर डिग्री गरी सर्टिफिकेट लिए पनि सोही योग्यता अनुसारको काम पाउन नसकेको एउटै गुनासो आएको समेत उल्लेख गरेको छ । बरोजगारी समस्यालाई हल गर्नको लागि मन्त्रालयले ‘सरकारी रोजागार सहयोग कार्यक्रम’ अन्तर्गत अरु धेरै कम्पनीहरु थपिने समेत बताएको छ ।

 

 

३ वर्ष यता कोरियामा अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको संख्या घटिरहेको जनाउँदै मन्त्रालयले २०११ मा ८९ हजार ५ सय ३७ विदेशी विद्याथी रहेकोमा २०१४ मा आईपुग्दा घटेर ८४ हजार ८ सय ९१ पुगेको उल्लेख गरेको छ ।

 

 

मन्त्रालयको अनुसार राजधानी सोलभन्दा बाहिरका कलेजहरुमा विदेशी विद्यार्थीहरुको उपस्थितिको स्थिति अझै खराब रहेको छ । यसको कारण अन्तर्राष्ट्रिय स्तरका १० कलेजहरु नै राजधानी सोलमा केन्द्रीत हुनु रहेको बताईएको छ ।

 

 

अगामी वर्षहरुमा राजधानी सोल बाहिरका कलेजहरुलाई विदेशी विद्यार्थीहरुको आकर्षण बढाउने विशिष्ट योजना र स्पष्ट दृष्टिकोण सहितको निर्देशिका तयार गर्नका लागि सरकारले प्रत्येक कलेज र कलेजको छुट्टै विभागलाई १६ लाख डलर दिने समेत जनाएको छ ।

यसको पहल स्वरुप शिक्षा मन्त्रालयले यसैवर्षदेखि शैक्षिक संस्थानहरुलाई ६ हप्ते शैक्षिक कार्यक्रमको प्रायोजन गरिदिने तर सो कार्यक्रममा १ सय विद्यार्थीहरु एशियाली राष्ट्रहरुबाट सहभागी गराउनुपर्ने र सहभागीहरुले राजधानी बाहिरका कुनै एउटा कलेजको अध्ययन भ्रमणको अनुभव लिने मौका दिनुपर्ने समेत उल्लेख गरेको छ ।

 

 

६ हप्ते शैक्षिक कार्यक्रमको लागि मन्त्रालयसँग आबद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रि संस्थाहरुसँग सहकार्य गरी मन्त्रालयले प्रभावकारी रुपमा बजारीकरण अभियान समेत गर्ने बताईएको छ ।

 

 

‘धेरै भन्दा धेरै विदेशी ट्यालेन्टहरुलाई कोरिया आईपुग्नु महत्वपूर्ण हो ।’ मन्त्रालयले भनेको छ , ‘त्यसैले हामीले कोरियाको उच्च शिक्षालाई सुधार गर्न र उत्कृष्ट बनाउन हामीले मिहनत गर्नेछौं ।’

 

 

विश्वभरीबाट नै विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको कुल संख्या मध्य कोरियामा जम्मा २ प्रतिशत मात्रै विदेशी विद्यार्थीहरु भर्ना हुने गरको मन्त्रालयले जनाएको छ । तुलनात्मक रुपमा यूके र अष्ट्र्ेलियामा क्रमश १८ र १९ प्रतिशत विदेशी विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि पुग्ने गरेको बताईएको छ ।

 

 

शिक्षा मन्त्रालयले आफुले लिएको अगामी शैक्षिक नीति सफल भए २०२३ सम्ममा विदेशी विद्यार्थीहरुको अहिले भएको २ प्रतिशत उपस्थितिलाई ५ प्रतिशतमा पुर्याइने बताइएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...