Advertisement
SKIP THIS

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल,काेरिया शाखाकाे दाेस्राे बार्षिक साधारण सभा सम्पन्न


२०२१ जनवरी १८ तारिख आईतबारका दिन राष्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,दक्षिण कोरिया शाखाको दोस्रो बार्षिक साधारण सभा भर्चुअल जुम मार्फत सम्पन्न भएकाेछ।
प्रतिष्ठान कोरिया शाखाका अध्यक्ष जीतन भाई श्रीसको सभापतित्वमा भएकाे बार्षिक साधारण सभामा केन्द्रीय बरिष्ठ उपाध्यक्ष चर्चित लोक दोहोरी गायिका रिता थापा मगर प्रमुख अतिथि रहेका थिए। साथै बैदेशिक शाखा बार्षिक साधारण सभा संयोजक केन्द्रीय सदस्य गायक तथा संगीतकार राम कृष्ण बममल्ल विशेष अतिथिका रूपमा रहेका थिए।
प्रतिष्ठानका सचिब आर के पौडेलको संचालनमा रहेको सभा उपाध्यक्ष सुरज केसीले स्वागत मन्तब्य दिएका थिए भने सदस्य रेबु लामिछाने,सल्लाहकार द्वय मित्र बन्धु काफ्ले,शैलेश राना मगर साथै संरक्षक सिपी मगरले क्रमश बार्षिक साधारण सभा सफलताकाे शुभकामना मन्तब्य दिएका थिए।
बर्ष भरिको संागठानिक प्रतिवेदन सचिब आर के पौडेल र आर्थिक प्रतिवेदन सह-कोषाध्यक्ष बिष्णु पाण्डे लक्कीले पालै पालो पेश गरेका थिए।
कोरोना कहर संगै यसरी भर्चुल जुम मार्फत बार्षिक साधारण सभा सम्पन्न गरेकोमा धन्यबाद दिदै आगामी दिनमा प्रतिष्ठान कोरिया अझै मजबुद बन्दै जाओस् भन्दै केन्द्रीय उपाध्यक्ष रिता थापा मगरले शुभकामना दिएका थिए।
मगर संघ कोरियाका अध्यक्ष टेक पुन मगरले प्राविधिकका रूपमा सहयोग गरेका थिए।
कोरोनाले बिश्व नै तहस नहस पारेको बेला प्रतिष्ठान कोरियालाई पनि प्रत्यक्ष रूपमा नछुटो राख्न सकेन। प्रतिष्ठान काेरिया शाखाले गर्नु पर्ने धेरै कामहरू र योजनाहरू हुदा हुदै पनि अधुरै रहेको बताउदै उपस्थित सबै जनालाई धन्यवाद दिदै सभा अध्यक्ष जीतन भाई श्रीसले बार्षिक साधारण सभा समापन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...